ललितपुरलाई ईपिएल टि-२० को उपाधि

  • विकेटनेपाल, पुष-७ , शनिवार 

भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीएट्सले एभरेस्ट प्रिमियर लिग टि-२० को उपाधि जितेको छ। योसंगै ज्ञानेन्द्र मल्लले इतिहासमै पहिलो पटक आफ्नो कप्तानीमा फ़्रेञ्चाइज प्रतियोगिताको उपाधि दिलाएका छन्।

उपाधि सहित ललितपुरले २५ लाख रुपैयाँ प्राप्त गर्यो भने भैरहवाले १० लाख प्राप्त गर्यो। प्रतियोगिताको प्लेयर अफ द सिरिज भैरहवाका रभी इन्दर सिंह घोषित भए जसले टिभीएस बाइक प्राप्त गरे। उनले प्रतियोगिताकै सर्वाधिक रन बनाउने क्रममा ८ खेलमा ३३७ रन बनाए।  यस्तै फाइनल खेलको प्लेयर अफ द म्याच ललित राजबंशी घोषित भए।

लगातार दोश्रो पटक भैरहवा ईपिएलको फाइनलमा पराजित हुन पुग्यो। भैरहवा गत बर्ष फाइनलमा बिराटनगर वारियर्ससंग १ रनले पराजित भएको थियो।

फाइनलमा पहिले ब्याटिंग गर्दै ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा भैरहवाले पाँचौ ओभरमा ओपनर प्रदिप ऐरिलाई गुमाउन पुग्यो। २२ बलमा ४ चौका र १ छक्का प्रहार गरेका ऐरिलाई योगेन्द्र कार्कीले क्याच आउट गराए। ३३ रनमा पहिलो विकेट गुमे पछि अर्का ओपनर रायन टेन डेस्काटे पनि छैठौं ओभरमा १४ रन बनाएर ललित राजबंशीको बलमा क्याच आउट हुन पुगे।

 

४९ रनमा २ विकेट गुमेपछि रभी इन्दर सिंह र आरिफ शेखले तेश्रो विकेटको लागि २३ रनको साझेदारी गरे। आरिफ शेख १२ औं ओभरमा १२ रन बनाएर पवन सर्राफको बलमा स्टम्प हुँदा भैरहवाले तेश्रो विकेट गुमायो।

आरिफको विकेटपछि ब्याटिंग गर्न आएका कप्तान शरद भेसावकर र रभी इन्दर सिंहले चौथो विकेटको लागि ३२ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। २९ रन बनाएका रभी १६ औं ओभरको पहिलो बलमा पवन सर्राफको बलमा क्याच समातिन पुगे। उनले ३२ बलमा १ चौका र १ छक्का हिर्काए।

रभी इन्दरको विकेट पछि लगत्तै ओभरमा १४ रन बनाएका शरद भेसावकरलाई ललित राजबंशीले बोल्ड गर्दै पाँचौ विकेट दिलाए। त्यसै ओभरमा मोहम्मद नबिद पनि राजबंशीकै शिकार भए जसले २ चौका मदतले १० रन बनाएका थिए।

नबिदको विकेट पछि लगातार विकेट गुमाउने क्रममा रोहित पौडेल ( ७ ) , कुशल मल्ल ( १६ ) र भुवन कार्की ( १ ) रनमा आउट हुन पुगे। फलस्वरुप भैरहवाले ९ विकेट गुमाएर २० ओभरमा १४१ रन मात्र बनाउन सक्यो।

ललितपुरको लागि प्लेयर अफ द म्याच समेत चुनिएका ललित राजबंशीले ३ विकेट ( ४-०-१७-३ ) लिए। यस्तै योगेन्द्र सिंह कार्की ( ४-०- २९-२ ) र पवन सर्राफ ( ४-०-२६-२ ) ले २/२ विकेट लिए।

ललितपुरको ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको ललितपुरले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि जयकिशन कोल्सावाला र गौरभ तोमरले ४१ रन जोडे।

छैठौं ओभरमा तोमर टेन डेस्काटेले क्याच आउट गराउदै भैरहवाको विकेटको खाता खोले। तोमर २३ रन बनाएर आउट भए जुन क्रममा १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यसपछि ब्याटिंग गर्न आएका कप्तान ज्ञानेन्द्र मल्ल १० रन बनाएर आठौँ ओभरमा आउट भए। १ छक्का  उनलाई शरद भेसावकरले क्याच आउट गराए। त्यसपछि पवन सर्राफ ( ५ रन ) पनि रन आउट हुन पुग्दा ललितपुर ७१/३ ( १०.२ ओभर ) को अवस्थामा पुग्यो।

Jay Kishan Kolsawala
Jay Kishan Kolsawala

त्यसपछि सन्दिप जोरा र कोल्सावालाले चौथो विकेटको लागी ३९ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। जोरा १४ औं ओभरमा भुवन कार्कीको बलमा क्याच आउट हुन पुगे जस अघि उनले ११ बलमा २ छक्का र १ चौका मदतले २४ रन बनाए।

त्यसपछि ब्याटिंगमा आएका सन्नी पटेल पनि १ रन बनाएर कृष्ण कार्कीको बलमा क्याच आउट भए। ११ रन बनाएर कुशल भुर्तेललाई पनि कृष्ण कार्की कार्कीले आउट गरे।

Krishna Karki
Krishna Karki

जयकिशन कोल्सावाला पनि अर्धशतक पुरा गरेर आउट भए। ५२ बलमा उनले ३ छक्का र ३ चौका प्रहार गरेका उनलाई पनि कृष्ण कार्कीले पेभिलियन फर्काए।

त्यसपछि लगातार विकेट गुमाउने क्रममा तल्लो क्रममा सोनु तामांग ३ , योगेन्द्र कार्की ३ तथा राशिद खान खाता नखोली आउट भए।

भैरहवाको लागि कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिंदा २ ओभरमा १५ रन खर्चिए। यस्तै मोहम्मद नबिद ( ४-०-३२-२ ) र रायन टेन डेस्काटेले ( ३.१-२-२१-२ ) २/२ विकेट लिए।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]