EPL Final : पोखराको कमजोर ब्याटिंग, चितवनलाई सामान्य लक्ष्य

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल टि-२० ) को फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिम पहिलो पटक लिगको फाइनल पुगेका हुन्।

टियु अन्तर्राष्ट्रिय मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पोखराले १७.५ ओभरमा १११ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको छ। पोखराको लागि असेला गुनरत्नेले सर्वाधिक ३४ रन, रिचर्ड लेभीले २६ रन ताता कप्तान बिनोद भण्डारीले २२ रन योगदान दिए।

पोखरा ओपनर लेभी र रावलले ३७ रनको ओपनिंग साझेदारी गरेका थिए। चौंथो ओभरमा लेभीलाई करिम जनतले क्याच आउट गरे। लगत्तै ओभरमा रित गौतमलाई कमल सिंह ऐरीले क्याच आउट गराए। छैठौं ओभरमा उत्कृस्ट लयमा रहेका सहान अराचिगेलाई कप्तान सोमपालले क्याच आउट गराउदै चितवनलाई खेलमा हावी गराए। बिपिन रावललाई पनि जनतले क्याच आउट गराए। पाँचौ विकेटको लागि असेला गुनरत्नेले बिनोद भण्डारीसंग ४५ रन जोडे। १४ औं ओभरमा गुनरत्नेलाई सेक्कुगे प्रसन्नाले क्याच आउट गराए। लगत्तै ओभरमा लयमा रहेका विवेक यादवलाई कमलले क्याच आउट गराए भने सोहि ओभरमा लोकेश बम पनि क्याच आउट भए। त्यसपछि पोखरा खेलमा फर्कन सकेन।

चितवन टाइगर्सको बलिंगमा कमल सिंह ऐरीले ४ विकेट ( ३.५-०-२०-४ ) लिए भने सेक्कुगे प्रसन्ना ( ३-०-१३-२ ) र करिम जनतले ( ३-०-१५-२ ) समान २ विकेट लिए। सोमपाल कामि ( ३-०-२२-१ ) र सागर ढकालले ( ३-०-२४-१ ) ले समान १ विकेट लिए।

चितवनले पहिलो क्वालीफायरमा पोखरा राइनोजलाई पराजित गरेर फाइनल पुगेको थियो भने पोखराले दोश्रो क्वालीफायरमा भैरहवालाई पराजित गर्दै फाइनल पुगेको हो।

ईपीएलको विजेताले नेपाली घरेलु क्रिकेटकै सर्वाधिक ५० लाख पुरस्कार पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]