EPL Final : पोखराको कमजोर ब्याटिंग, चितवनलाई सामान्य लक्ष्य

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल टि-२० ) को फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिम पहिलो पटक लिगको फाइनल पुगेका हुन्।

टियु अन्तर्राष्ट्रिय मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पोखराले १७.५ ओभरमा १११ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको छ। पोखराको लागि असेला गुनरत्नेले सर्वाधिक ३४ रन, रिचर्ड लेभीले २६ रन ताता कप्तान बिनोद भण्डारीले २२ रन योगदान दिए।

पोखरा ओपनर लेभी र रावलले ३७ रनको ओपनिंग साझेदारी गरेका थिए। चौंथो ओभरमा लेभीलाई करिम जनतले क्याच आउट गरे। लगत्तै ओभरमा रित गौतमलाई कमल सिंह ऐरीले क्याच आउट गराए। छैठौं ओभरमा उत्कृस्ट लयमा रहेका सहान अराचिगेलाई कप्तान सोमपालले क्याच आउट गराउदै चितवनलाई खेलमा हावी गराए। बिपिन रावललाई पनि जनतले क्याच आउट गराए। पाँचौ विकेटको लागि असेला गुनरत्नेले बिनोद भण्डारीसंग ४५ रन जोडे। १४ औं ओभरमा गुनरत्नेलाई सेक्कुगे प्रसन्नाले क्याच आउट गराए। लगत्तै ओभरमा लयमा रहेका विवेक यादवलाई कमलले क्याच आउट गराए भने सोहि ओभरमा लोकेश बम पनि क्याच आउट भए। त्यसपछि पोखरा खेलमा फर्कन सकेन।

चितवन टाइगर्सको बलिंगमा कमल सिंह ऐरीले ४ विकेट ( ३.५-०-२०-४ ) लिए भने सेक्कुगे प्रसन्ना ( ३-०-१३-२ ) र करिम जनतले ( ३-०-१५-२ ) समान २ विकेट लिए। सोमपाल कामि ( ३-०-२२-१ ) र सागर ढकालले ( ३-०-२४-१ ) ले समान १ विकेट लिए।

चितवनले पहिलो क्वालीफायरमा पोखरा राइनोजलाई पराजित गरेर फाइनल पुगेको थियो भने पोखराले दोश्रो क्वालीफायरमा भैरहवालाई पराजित गर्दै फाइनल पुगेको हो।

ईपीएलको विजेताले नेपाली घरेलु क्रिकेटकै सर्वाधिक ५० लाख पुरस्कार पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy