EPL : फाइनल प्रवेशको लागि भैरहवा र पोखरा बीच प्रतिस्पर्धा

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग अन्तर्गत दोश्रो क्वालीफायरमा बिनोद भण्डारी कप्तानीको पोखरा राइनोज र शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १२:१५ बजे दिउसो सुरु हुनेछ।

पहिलो क्वालीफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्सले पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने आज दोश्रो क्वालीफायरमा जित्ने टिमले चितवनसंग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिवार खेलिनेछ। बुधबार सम्पन्न इलिमीनेटरमा भैरहवाले काठमाडौँ किंग्स -११ लाई १६ रनले पराजित गर्दै दोश्रो क्वालीफायरमा पोखरासंगको भेट पक्का गरेको थियो।

लिग चरणमाको अंकतालिकामा भैरहवा र पोखराको अंक समान हुँदा नेट रन रेटमा भैरहवा अघि थियो। तर पोखराको ३ वटा जित र भैरहवाको २ वटा जित हुँदा धेरै खेल जितेको आधारमा पोखराले पहिलो क्वालीफायरमा स्थान बनाएको थियो।

पोखरा राइनोज हालसम्म ईपीएलको फाइनल प्रवेश गरेको छैन भने भैरहवाले यस अघिको दुई वटै संस्करणको फाइनल पुगेता पनि उपाधि जित्न भने चुकेको थियो। गत सिजन भैरहवा फाइनलमा ललितपुर पेट्रिएट्ससंग तथा त्यस अघि बिराटनगर वारियर्ससंग पराजित भएको थियो। पोखरा गत सिजन पहिलो चरणबाट बाहिर भएको थियो।

पोखरा र भैरहवा बीच लिग चरणमा भएको खेलमा पोखराले पहिले ब्याटिंग गर्दै ७ विकेट गुमाउदा मात्र ६५ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध हुँदै दुवै टोलिले एक/एक अंक बाँडेका थिए। खेलमा देब्रे हाते पेसर दुर्गेश गुप्ताले ३ विकेट लिएका थिए।

चितवनसंग पहिलो क्वालीफायरमा पोखरा ईपीएल इतिहासकै कम ६६ रनमै समेटिन पुगेको थियो। फाइनल प्रवेशको लागि पाएको दोश्रो मौकामा पोखराले आफ्नो ब्याटिंगमा सधार गर्नुपर्नेछ। कप्तान बिनोद भण्डारी लगातार फ्लप भैरहेका छन् भने ओपनिंगमा सुनिल धमलाले पनि लय देखाएका छैनन्। विवेक यादव प्रतियोगितामा राम्रो लयमा देखिएका छन् जोबाट टिमले धेरै आशा गरेको छ। यादवले चितवनसंग लिग चरणको खेलमा अविजित ५३ तथा काठमाडौँ किंग्स-११ संग अविजित ४१ रन बनाएका थिए भने ३ विकेट समेत लिएका थिए।

अर्कोतर्फ भैरहवा लिगमा एक मात्र अपराजित टोलि हो जो निकै सन्तुलित देखिएको छ। कप्तान शरद भेसावकर, प्रदिप ऐरी, उपुल थाराँगा, क्कुशल मल्ल जस्ता ब्याट्सम्यान लयमा हुँदा टिमको ब्याटिंग निकै बलियो छ। भेसावकरले काठमाडौँ किंग्स-११ बिरुद्ध इलिमीनेटरमा २० बलमा ४९ रन बनाएका थिए। थारांगाले खेलेको सबै खेलमा ३० माथिको रन बनाएका छन् जुन क्रममा तिन खेलमा अविजित रहेका थिए। भैरहवाको ब्याटिंगलाई रोक्नु पोखराको बलरहरुको लागि चुनौतीपूर्ण देखिन्छ। पोखराका दुई फास्ट बलर बिक्रम सोब र नन्दन यादवले लय देखाएता पनि अन्य बलरहरु विकेट लिन सकीरहेका छैनन्।

अर्कोतर्फ भैरहवाको बलिंगमा अनुभवी श्रीलंकन बलर धम्मिका प्रशाद, अविनाश बोहरा, दुर्गेश गुप्ता , कुशल मल्ल, आरिफ शेख नियमित विकेट निकालीरहेका छन्। यो अवस्थामा पोखराको ब्याट्सम्यानहरुलाई भैरहवाको बलिंग सामना गर्न सहज पक्कै हुनेछैन।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]