इपिएलमा एकपछि अर्का चर्चित क्रिकेटर, जर्ज मुन्से पोखरा राइनोजमा

स्कटिस ब्याट्सम्यान हेनरी जर्ज मुन्सेलाई पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग(एपिएल) खेल्नका लागि क्लबमा अनुबन्धन गरेको छ । उसले सामाजिक सञ्जाल फेसबुकमार्फत मुन्सेलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

राइनोजले भनेको छ, ‘नेपालमै अत्याधिक पर्खाइमा रहेको प्रतियोगिता अझै रमाइलो हुने भएको छ। प्रतियोगितामा ए क्लास खेलाडीहरु समावेश हुँदै छन्।’ यस्तै मुन्सेले भनेका छन्, ‘म यो वर्षको एभरेष्ट प्रिमियर लिगमा भाग लिन उत्साहित छु। यो उत्कृष्ट प्रतियोगिता हुने भएको छ। म पोखराका तर्फबाट खेल्न पर्खिरहेको छु।’

एभरेस्ट प्रिमियर लिग (इपिएल) को चर्चा यसपटक अलि बढी नै छ । कारण हो इपिएलमा भित्रिएका एकपछि अर्का स्टार विदेशी खेलाडी ।

केही हप्ताअघि मात्र क्रिस गेलले इपिएल खेल्ने घोषणाले राम्रै चर्चा बटुल्यो । गेललाई भित्र्याउने टोली थियो पोखरा राइनोज । त्यसपछि पनि पोखराले वेस्टइन्डिजकै बलर केस्रिक विलियम्सलाई पनि भित्र्याएको थियो । राइनोजले बिहीवार अर्को विज्ञप्ति निकाल्दै स्कटल्यान्डका ओपनर ब्याट्सम्यान जर्ज मुन्सेलाई इपिएलका लागि अनुबन्धन गरेको बताएको छ ।

सन् २०१९ मा नेदरल्यान्डविरुद्ध शतक बनाएर १ सय २७ रनमा अभिजित रहेका मुन्से स्कटल्यान्डका देब्रे हाते ब्याट्सम्यान हुन् । २६ वर्षे मुन्सेले टिममा विशेष योगदान दिने विश्वास लिएको पोखरा राइनोजले लिएको छ।

यसअघि पनि विभिन्न टिमहरुले विभिन्न चर्चित खेलाडीहरु भित्र्याइसकेका छन् । वेस्ट इन्डिजका अलराउन्डर ड्वाने स्मिथ, श्रीलंकन बाँया हाते ब्याट्सम्यान उपुल थरंगा, अफगानिस्तानका विस्फोटक ओपनर मोहम्मद सहजाद लगायतका खेलाडीहरु भित्रिइसकेका छन्।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]