पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता

  • विकेटनेपाल,असोज २२ – सोमबार 

कार्तिक ९ गते देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट मान्यता प्राप्त भएको छ।

योसंगै आइसीसीबाट मान्यता प्राप्त गर्ने पोखरा प्रिमियर लिग तेश्रो नेपाली घरेलु क्रिकेट प्रतियोगिता भएको छ। यस अघि धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगले आईसीसीको मान्यता पाउदै प्रतियोगिता आयोजना गरेको थियो।

मान्यता बापत आइ सीसीलाई लिग आयोजकले २० हजार डलर बुझाउनु पर्ने हुन्छ।

सोमबार पीपीएल आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रेस बिज्ञप्ति जारि गर्दै प्रतियोगितालाई आईसीसीले मान्यता दिएको बताएका हुन्। बिज्ञप्तिमा लामाले आईसीसीले मागेको सम्पूर्ण प्रक्रियाहरु पुरा गरेपछि मान्यता दिएको बताउदै खुसि समेत ब्यक्त गरेका छन्-

“आइसीसीको मान्यताले प्रतियोगितालाई आईसीसीको नीति-नियममा अझ राम्रो ढंगले अघि बढाउन प्रेरणा मिलेको छ।”

अनुमतिले अब पीपीएलमा बिदेशी खेलाडीहरु खेलाउने बाटो समेत खुलेको उनले बताएका छन्। आईसीसीको मान्यता बिना बिदेशी टिमहरुले खेलाडी पठाउदैनन् भने नेपाल क्रिकेट संघ नभएको अवस्थामा प्रतियोगिताले क्रिकेटको सर्वोच्च निकायको बैधानिकता पाउदैन।

पोखरा प्रिमियर लिगमा ६ वटा टिम सहभागी हुने छन् जस अन्तर्गत चितवन राइनोजको ओमार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

लिगको यसै महिना अक्सनमार्फत खेलाडी छनौट कार्य सकिएको छ भने बिदेशी खेलाडीहरुको घोषणा भने हुन बाँकी रहेको छ। प्रत्येक टिमले २/२ जना बिदेशी खेलाडीहरु राख्न पर्ने लिगको प्राबधान रहेको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy