EPL-T20 2021 : कुन टिममा को-को खेलाडीहरु छन्

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) सेप्टेम्बर २५ तारिख देखि सुरु हुँदैछ। यो सिजन पनि लिगको उपाधिको लागि ६ शहरको प्रतिनिधित्व गर्ने टोलिहरु एकआपसमा प्रतिस्पर्धा गर्दैछन्। डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स सहित लिगमा भैरहवा ग्ल्याडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र काठमाडौं किंग्स-११ टिम सहभागी रहेका छन्। ईपीएलको विजेता टिमले नेपाली क्रिकेटकै सर्वाधिक पुरस्कार रकम ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ।

ईपीएलले मंगलबार लिगमा सहभागी ६ वटै टिममा खेल्ने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। सम्पूर्ण टिमहरुले विदेशी खेलाडीहरुको नाम पनि घोषणा गरिसकेको छ। प्रत्येक टिमले आफ्नो अन्तिम-११ मा ३ जना विदेशी खेलाडीहरु समाबेश गर्नुपर्ने नियम रहेक छ। लिगमा सहभागी टिम र खेलाडीहरुको सूची यसप्रकार रहेका छन्-

१. ललितपुर पेट्रिएट्स : डिफेन्डिङ च्याम्पियन टिमको नेतृत्व राष्ट्रिय टिमका कप्तानी कुशल भुर्तेलले गर्दैछन्। टिममा विदेशी खेलाडीको रुपमा अफगानिस्तानका अलराउण्डर अज्मतुल्लाह ओमरजाई, श्रीलंकन ब्याट्सम्यान ओशाडा फर्नान्डो र शनदुन विराक्कोडी र भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी रहेका छन्। टिममा राष्ट्रिय क्रिकेटरहरु कुशल भुर्तेल, सन्दिप जोरा, ललित राजबंशी, राशिद खान समाबेश रहेका छन्। पूर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेत टिममा प्रशिक्षकको रुपमा आबद्ध छन्।

कुशल भुर्तेल( कप्तान ),सुर्य तामांग, पवन सर्राफ, सन्दिप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई(✈️), ओशाडा फर्नान्डो(✈️), शनदुन विराक्कोडी (✈️)र मिक्यो दोर्जी (✈️) 

२. भैरहवा ग्ल्याडीएटर्स : शरद भेसावकर कप्तानीको टिममा राष्ट्रिय क्रिकेटरहरु आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ रहेका छन्। टिममा बंगलादेशका ब्याट्सम्यान तामिम इक्बाल, श्रीलंकान ब्याट्सम्यान उपुल थारांगा र फास्ट बलर धम्मिका प्रशाद र मलेसियन अलराउण्डर शर्भिन मुनिएन्डी रहेका छन्। टिमको प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके रहेका छन्।

शरद भेसावकर ( कप्तान )  ,आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, दुर्गेश गुप्ता, बिकाश आग्री, तुल बहादुर थापा, मौसम ढकाल, तामिम इक्बाल (✈️), उपुल थारांगा (✈️), धम्मिका प्रशाद (✈️) , शर्भिन मुनिएन्डी (✈️)

३. पोखरा राइनोज : टिममा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, सुनिल धमला, बिक्रम सोब रहेका छन् भने युवा खेलाडीहरु रित गौतम, लोकेश बम, बिबेकक यादव, नन्दन यादव, अर्जुन कुमाल समाबेश छन्। विदेशी खेलाडीको रुपमा टिममा दक्षिण अफ्रीकाका रिचर्ड लेभी, वेस्टइन्डिजका फास्ट बलर केसरिक् विलियम्स, श्रीलंकाका अलराउण्डर असेला गुनरत्ने, पूर्व श्रीलंकन यु-१९ क्रिकेटर सहान अरचिगे रहेका छन्। टिमको कप्तानी कसले गर्ने राइनोजले घोषणा गरेको छैन। टिमको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक उमेश पटवाल तथा बलिंग प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन रहेका छन्।

बिनोद भण्डारी( कप्तान ), सुनिल धमला, रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, सुशन भारि, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देब शाह, बिपिन खत्री, रिचर्ड लेभी(✈️)केसरिक् विलियम्स(✈️), असेला गुनरत्ने(✈️), सहान अरचिगे(✈️)

४. चितवन टाइगर्स : सोमपाल कामि कप्तानीको टिममा दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम जस्ता राष्ट्रिय क्रिकेटर रहेका छन्। टिमले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका मोहम्मद शाहजाद र अफगानिस्तानका अलराउण्डर करीम जनत , श्रीलंकान लेग स्पिनर सेक्कुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भीरनदिप सिंहलाई आवद्ध गरेको छ। टिमको प्रशिक्षकमा भारतीय प्रशिक्षक पुरु सिंह रहेका छन्।

सोमपाल कामि( कप्तान ), दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप सुनार, देभ खनाल, हसिम अन्सारी, आदील खान, खडक बोहरा, गौतम केसी, भिम शार्की, सागर ढकाल, मोहम्मद शाहजाद(✈️), करीम जनत(✈️), सेक्कुगे प्रसन्ना(✈️), भीरनदिप सिंह(✈️)

५. बिराटनगर वारियर्स : पारस खड्काको अनुपस्थितिमा बिराटनगरको कप्तानी करन केसीले गर्नसक्नेछन्। टिममा आसिफ शेख, अनिल शाह, रामनरेश गिरि जस्ता राष्ट्रिय क्रिकेटर तथा सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल जस्ता युवा क्रिकेटरहरु छन्। टिमले विदेशी खेलाडीको रुपमा जिम्बाबेका स्टार अलराउण्डर सिकन्दर राजा, क्यानडाका ब्याट्सम्यान रायन पठान, वेस्टइन्डिजका ओपनिंग ब्याट्सम्यान चन्द्रपौल हेमराज र श्रीलंकान ब्याट्सम्यान दिलशान मुनाविरालाई अनुबन्ध गरेको छ। टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका मनोज कटवाल रहेका छन्।

करन केसी ( कप्तान ) , बसन्त रेग्मी,आसिफ शेख, अनिल शाह, रामनरेश गिरि, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, सोनु देबकोटा, प्रतिश जिसी, अनुज चुनारा, सन्तोष यादव, सिकन्दर राजा(✈️), रायन पठान(✈️), चन्द्रपौल हेमराज(✈️), दिलशान मुनाविरा(✈️)

६. काठमाडौँ किंग्स-११ : सन्दिप लामिछाने कप्तानीको टिममा विदेशी खेलाडीको रुपमा विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी रहेका छन्। टिममा राष्ट्रिय टिमका युवा पेसर गुल्सन झा, सुबास खकुरेल, राजु रिजाल, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया समाबेश रहेका छन्। विदेशी खेलाडीको रुपमा टिममा अफ्रिदी पछि जिम्बाब्वेका अलराउण्डर रायन बर्ल, अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमनुल्लाह गुर्बज र सिंगापुरका जनक प्रकाश रहेका छन्। टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका कलाम अलि रहेका छन्।

सन्दिप लामिछाने ( कप्तान ) , अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी(✈️), जनक प्रकाश(✈️), रायन बर्ल(✈️), रहमनुल्लाह गुर्बज (✈️)





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]