सन्दिपको उत्कृस्ट बलिङ्ग मद्दतले ललितपुरको पहिलो जित

Sandeep Lamichhane
  • विकेटनेपाल, मङ्सिर-२३  – आइतबार 

सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग गरेपछि एभरेस्ट प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा ललितपुर प्याट्रीएट्सले चितवन टाइगर्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

ललितपुरले शनिबार सम्पन्न उद्घाटन खेलमा बिराटनगर वारियर्ससंग ३ विकेटको पराजय बेहोरेको थियो।

टियु मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै ललितपुर प्याट्रीएट्सले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १३२ रन मात्रै बनाउन सक्यो जसपछि ११ रनको पराजय बेहोर्न पुग्यो।

सन्दिपको उत्कृस्ट बलिङ्ग 

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको चितवनले पहिलो ३ विकेट १६ रनको योगफलमै गुमाउन पुगेको थियो। दिलिप नाथ ( १ ) , पल स्टरलिङ्ग ( १ )   , जोन सिम्पसन ( १३ ) रन बनाएर आउट हुन पुग्दा चितवन समस्यामा पुग्यो।

चौथो नम्बरमा ब्याटिंगमा आएका दिपेन्द्र ऐरि र पाँचौ नम्बरमा आएका पृथु बास्कोटाले त्यसपछि चितवनको इनिंग सम्हाले। ४४ रनको साझेदारी गरे पछि पृथु २६ रन ( २९ बल, ३ चौका ) बनाएर ललित राजबंशीको बलमा क्याच आउट हुन पुगे। त्यसपछि दिपेन्द्र ऐरिले पाँचौ विकेटको लागि भिम शार्कीसंग ३७ रनको साझेदारी गरे पनि आक्रामक ब्याटिंग गरेका भिमले २१ रन ( ९ बल , २ छक्का र १ चौका ) भन्दा बढी बनाउन सकेनन्। उनलाई सन्नी पटेलले एलबिडब्लु धरापमा पारे।

Bhim Sharki
Bhim Sharki

भीम आउट हुँदा टिमलाई १८ बलमा ४४ रन आवस्यक थियो। त्यसको दबाब दीपेन्द्र ऐरिले पनि झेल्न सकेनन् र १८ औं ओभरमा गौरभ तोमरको बलमा बोल्ड हुन पुगे। ऐरिले ४१ रन बनाउन ४५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

ऐरिको विकेट पछि जर्ज स्कटले इनिंगको १९ औं ओभरमा सन्दिप लामिछानेलाई २ छक्का प्रहर गर्दा जितको लागि टाइगर्सलाई अन्तिम ओभरमा २१ रन आवस्यक थियो। अन्तिम ओभरमा चमत्कार हुन सकेन र २० ओभरमा चितवनले १३२/८ रन मात्रै बनाउन सक्यो।

ललितपुरको बलिङ्गमा इपिएलको यो सिजन आफ्नो अन्तिम खेल खेलेका सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। प्लेयर अफ द म्याच समेत चुनिएका उनले पल स्टरलिङ्ग, जोन सिम्प्सन र कमल ऐरिको विकेट लिए।

ललितपुरको लागि अर्का लेग स्पिनर सन्नी पटेलले २ ( ४-१-१७-२ ) तथा गौरभ तोमर ( ४-१-२४-१ ) र ललित राजबंशीले ( ४-०-२९-१ ) विकेट लिए।

सन्दिप जोराको आक्रामक इनिंग 

यस अघि ललितपुर प्याट्रीएट्सले टस जितेर ब्याटिंग गर्दै चितवन टाइगर्सलाई १४४ रनको लक्ष्य प्रस्तुत थियो।

टस जितेर ब्याटिंग रोजेको ललितपुरले ओपनर कुशल भुर्तेललाई छैठौं ओभरमा जर्ज एन्ड्रुको बलमा गुमाउन पुग्यो जसले ३ रन बनाए। ५.३ ओभरमा २३ रन बनाउदा पहिलो विकेट गुमाएपछि धैर्यतापुर्वक ब्याटिंग गरिरहेका जयकिशन कोल्सावाला दशौँ ओभरमा पल स्टरलिङ्गको बलमा आउट भए। उनले २० रन बनाउन ३० बलमा १ प्रहार गरे।

तेश्रो नबरमा ब्याटिंग गर्न आएका गौरभ तोमार ३० रन ( २९ बल, २ चौका र २ छक्का ) बनाएर ललित भण्डारी आउट भए।

१३ औं ओभरमा ६१/३ को योगफलमा पुगेको ललितपुरको इनिंगलाई त्यसपछि सोनु तामांग र सन्नी पटेलले सम्हाले। चौथो विकेटको लागि सोनु र सन्नीले २५ बलमा ४८ रनको साझेदारी गरेपछि सन्नी १९ रन ( १ बल, १ छक्का ) बनाएर १७ औं ओभरमा आउट हुन पुगे।

Sundeep Jora
Sundeep Jora

अघिल्लो खेलमा चौथो नम्बरमा ब्याटिंग गर्दै सर्वाधिक ४९ रन बनाएका कप्तान ज्ञानेन्द्र मल्लले पनि सन्नीकै बाटो समात्ने क्रममा ३ रन मात्रै बनाउन सके।

ज्ञानेन्द्रको विकेटपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका सन्दिप जोरा र सोनुले छैठौं विकेटको लागि २८ रनको साझेदारी गर्दै टिमलाई राम्रो योगफलसम्म पुर्याए।

आक्रामक इनिंग खेल्ने क्रममा सन्दिपले ८ बलमा १ चौका र ३ छक्का मदतले २५ रन बनाए। इनिंगको अन्तिम ओभरमा सन्दिपले कमल सिंह ऐरिलाई ३ छक्का प्रहार गरेका थिए। सोनु तामांगले अविजित ३५ रन बनाउने कममा २४ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

फलस्वरुप ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रनको योगफल तयार गर्यो।

चितवन टाइगर्सको बलिङ्गतर्फ जर्ज स्कटले सर्वाधिक २ विकेट ( ३-१-२४-२ ) लिए भने पल स्टरलिङ्ग, ललित भंदैर र कमल सिंह ऐरिले समान १ विकेट लिए। महँगो सावित भएका कमलले ४ ओभरमा ३० रन खर्चिए जुन क्रममा अन्तिम ओभरमा मात्रै २० रन खर्चिन पुगे।

प्लेयिंग ११ ( ललितपुर प्याट्रीएट्स ) – जयकिशन कोल्सावाला, कुशल भुर्तेल, गौरभ,  तामांग, पवन सर्राफ, सन्नी पटेल, सन्दिप जोरा, ज्ञानेन्द्र मल्ल ( कप्तान ) , रशिद खान, सन्दिप लामिछाने, ललित राजबंशी

प्लेयिंग ११ ( चितवन टाईगर्स ) – जर्ज स्कट, जोन सिम्प्सन, पल स्टरलिङ्ग, दिपेन्द्र ऐरि, दिलिप नाथ, पृथु बास्कोटा ( कप्तान ) , कमल सिंह ऐरि, ललित सिंह भण्डारी, सागर ढकाल, शाहब आलम, भिम शार्की





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]