सन्दिप जोरा र सोनु तामांगको आक्रामक इनिंगले ललितपुरले बनायो १४३ रन

Sundeep Jora

टियु मैदानमा जारि एभरेस्ट प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा ललितपुर प्याट्रीएट्सले टस जितेर ब्याटिंग गर्दै चितवन टाइगर्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिंग रोजेको ललितपुरले ओपनर कुशल भुर्तेललाई छैठौं ओभरमा जर्ज एन्ड्रुको बलमा गुमाउन पुग्यो जसले ३ रन बनाए। ५.३ ओभरमा २३ रन बनाउदा पहिलो विकेट गुमाएपछि धैर्यतापुर्वक ब्याटिंग गरिरहेका जयकिशन कोल्सावाला दशौँ ओभरमा पल स्टरलिङ्गको बलमा आउट भए। उनले २० रन बनाउन ३० बलमा १  प्रहार गरे।

तेश्रो नबरमा ब्याटिंग गर्न आएका गौरभ तोमार ३० रन ( २९ बल, २ चौका र २ छक्का )  बनाएर ललित भण्डारी आउट भए।

१३ औं ओभरमा ६१/३ को योगफलमा पुगेको ललितपुरको इनिंगलाई त्यसपछि सोनु तामांग र सन्नी पटेलले सम्हाले। चौथो विकेटको लागि सोनु र सन्नीले २५ बलमा ४८ रनको साझेदारी गरेपछि सन्नी १९ रन ( १ बल, १ छक्का ) बनाएर १७ औं ओभरमा आउट हुन पुगे।

अघिल्लो खेलमा चौथो नम्बरमा ब्याटिंग गर्दै सर्वाधिक ४९ रन बनाएका कप्तान ज्ञानेन्द्र मल्लले पनि सन्नीकै बाटो समात्ने क्रममा ३ रन मात्रै बनाउन सके।

ज्ञानेन्द्रको विकेटपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका सन्दिप जोरा र सोनुले छैठौं विकेटको लागि २८ रनको साझेदारी गर्दै टिमलाई राम्रो योगफलसम्म पुर्याए।

आक्रामक इनिंग खेल्ने क्रममा सन्दिपले ८ बलमा १ चौका र ३ छक्का मदतले २५ रन बनाए। इनिंगको अन्तिम ओभरमा सन्दिपले कमल सिंह ऐरिलाई ३ छक्का प्रहार गरेका थिए। सोनु तामांगले अविजित ३५ रन बनाउने कममा २४ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

फलस्वरुप ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रनको योगफल तयार गर्यो।

Sonu Tamang
Sonu Tamang

चितवन टाइगर्सको बलिङ्गतर्फ जर्ज स्कटले सर्वाधिक २ विकेट ( ३-१-२४-२ ) लिए भने पल स्टरलिङ्ग, ललित भंदैर र कमल सिंह ऐरिले समान १ विकेट लिए। महँगो सावित भएका कमलले ४ ओभरमा ३० रन खर्चिए जुन क्रममा अन्तिम ओभरमा मात्रै २० रन खर्चिन पुगे।

ललितपुरले शनिवार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा बिराटनगर वारियर्ससंग ३ विकेटको हार बेहोरेको थियो।

प्लेयिंग ११ ( ललितपुर प्याट्रीएट्स ) – जयकिशन कोल्सावाला, कुशल भुर्तेल, गौरभ,  तामांग, पवन सर्राफ, सन्नी पटेल, सन्दिप जोरा, ज्ञानेन्द्र मल्ल ( कप्तान ) , रशिद खान, सन्दिप लामिछाने, ललित राजबंशी

प्लेयिंग ११ ( चितवन टाईगर्स ) – जर्ज स्कट, जोन सिम्प्सन, पल स्टरलिङ्ग, दिपेन्द्र ऐरि, दिलिप नाथ, पृथु बास्कोटा ( कप्तान ) , कमल सिंह ऐरि, ललित सिंह भण्डारी, सागर ढकाल, शाहब आलम, भिम शार्की





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]