रिचर्ड लेभीको विस्फोटक ब्याटिंग, पोखराले बनायो इपिएल इतिहासकै ठुलो योगफल

Richard Levi
  • विकेटनेपाल, मङ्सिर-२३ , आइतबार  

दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले विस्फोटक इनिंग खेलीपछि पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिग इतिहासकै सबैभन्दा ठुलो योगफल तयार गरेको छ।

लिग अन्तर्गत तेश्रो खेलमा टस जितेर ब्याटिंग गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको योगफल तयार गरेको हो।

एभरेस्ट प्रिमियर लिगको तेश्रो संस्करण आयोजना हुँदै गर्दा कुनै पनि टिमले २०० रनको योगफल पार गरेको योनै पहिलो पटक हो। यस अघि लिगको पहिलो संस्करण २०१६ मा शरद भेसावकर कप्तानीकै टिम पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्स बिरुद्ध १८५ रनको योगफलनै इपिएलको सर्वाधिक योगफल थियो। त्यस खेलमा करन केसीले ५२ रन बनाएका थिए। सन् २०१७ को इपिएल दोश्रो संस्करणमा भने पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले चितवन टाइगर्स बिरुद्ध १७४ रनको योगफल तयार गरको थियो जुन खेलमा बाबर हायातले ८१ रनको इनिंग खेलेका थिए।

लेभीको विस्फोटक इनिंग 

टस जितेर पहिले ब्याटिंग रोजेको पोखरा राइनोजलाई ओपनिङ्ग ब्याटिंग गरेका रिचर्ड लेभीले विस्फोटक सुरुवात दिलाए। ओपनिङ्ग साझेदारीको रुपमा लेभी र कायल कोट्जरले ८.२ ओभरमै १०४ रन जोडे।

लेभी विस्फोटक ७९ रन बनाएर आउट हुँदा ३६ बलमा ७ छक्का र ७ वटै चौका प्रहार गरे। यस क्रममा उनले मात्र २३ बलमै अर्धशतक पुरा गरे। उनलाई कृष्ण कार्कीले क्याच आउट गराए पछि भैरहवाले राहतको स्वास फेरेको थियो।

लेभीको विकेट पछि अर्का ओपनर कोट्जरले सुनिल धमलासंग दोश्रो विकेटको लागि ७२ रनको साझेदारी गरे। धमला ३८ रन ( २१ बल, २ छक्का र १ चौका ) प्रहार गरेर आउट भए।

धमलाको विकेट पछि ओपनर कोट्जर पनि ४७ रन बनाएर अविनाश बोहराको बलमा आउट भए। उनले २७ बलमा २ छक्का र ४ चौका हिर्काए।

धमलाको विकेटपछि बिनोद भण्डारी ( ७ ) , राजेश पुलामी ( ३ ) ले लगातार विकेट गुमाए भने अन्तिममा पल कग्लिनले अविजित २० रन बनाउदै टिमको स्कोर २०० पार गराए। उनले १ चौका र १ छक्का प्रहार गरे।

Kyle Coetzer

भैरहवाको लागि बलिङ्गमा अविनाश बोहरा, कृष्ण कार्की, पुनित मेहरा र रायन टेन डेस्काटेले समान १ विकेट लिए। महँगो साबित हुने क्रममा भुवन कार्कीले ३ ओभरमा ३८ रन खर्चेर विकेट विहिन रहे। यस्ती किर्ष्ण कार्कीले ४ ओभरमा ५१ रन, रायनले ४ ओभरमा ४० रन तथा अविनाशले ४ ओभरमा ३३ रन खर्चिए।

को हुन् रिचर्ड लेभी ? 

पिएल खेल्ने सबैभन्दा ठूलो नामका रुपमा हेरिएका दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभी टि-२० क्रिकेटमा बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। ३० बर्षीय लेभीले सन् २०१२ मा न्युजील्याण्ड बिरुद्ध मात्र ४५ बलमा शतक बनाउंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। सो रेकर्ड पछि गएर दक्षिण अफ्रिकाकै डेभिड मिलरले तोड्न पुगे। लेभीले सोहि इनिंगकै क्रममा १३ छक्का प्रहार गरेका थिए जुन सो समयमा एकै टि-२० इनिंगमा ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का समेत थियो।

बिष्फोटक ब्याटिंगका लागि चिनिने लेभीको इनिंगपछि इन्डियन प्रिमियर लिगको टोलि मुम्बई इन्डीयन्सले ४ लाख डलरमा उनलाई टोलीमा समेत लिएको थियो। आइपिएल क्रिकेटमा मात्र ६ खेल खेल्ने मौका पाएका लेभीले कुल ८३ रन मात्र बनाउन सके।

त्यसयता दक्षिण अफ्रिकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका लेभीको नाममा १४१.३१ को बिष्फोटक स्ट्राइक रेटमा २३६ रन रहेको छ। यस्तै इंग्ल्याण्डको काउन्टी क्रिकेटमा समरसेट र बिभिन्न घरेलु टि-२० लिगमा उनले १९८ खेल खेल्दा ५०७० रन बटुलेका छन्। अन्तिम पटक लेभीलेले अन्तिम पटक सन् २०१२ मा न्युजिल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]