ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल

एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का सबैखाले गतिविधि बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

गत हप्ता मात्र क्यानले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल ट्वान्टी–२० क्रिकेट लिगबाहेक कुनै पनि फ्रेन्चाइज लिगलाई मान्यता नदिने घोषणा गरेसँगै नेपाली क्रिकेटमा नयाँ तरंग सिर्जना हुन पुग्यो । देशमा एक मात्र आधिकारिक फ्रेन्चाइज लिग सञ्चालन गर्ने र त्यसबाहेक कुनै पनि लिगलाई मान्यता नदिने क्यानले स्पष्ट पारेका थियो । त्यससँगै इपिएलका फ्रेन्चाइज टोलीले आफ्नो अस्तित्व समाप्त पार्ने चेस्टा क्यानले गरेमा उनीहरूका गतिविधिमा पनि कर्पोरेट सहयोग नगर्ने या बहिस्कार नै नगर्ने चेतावनी दिएका छन् ।

सोमबार इपिएलका आयोजकसहित ६ फ्रेन्चाइज टोलीले संयुक्त पत्रकार सम्मेलन गर्दै क्यानलाई सो किसिमका चेतावनी दिएका हुन् । कुनै पनि किसिमका विवाद सिर्जना गर्ने पक्षमा आफूहरू नरहेको उल्लेख गर्दै फ्रेन्चाइज टोलीले नेपाल ट्वान्टी–२० लिगसँगै इपिएललाई पनि मान्यता दिन अपिलसमेत गरेका छन् । ‘हाम्रो उद्देश्य क्यानले स्विकृति दिएको लिगमा अवरोध पु¥याउनु होइन । यहाँ कुनै पनि किसिमका विवाद सिर्जना गर्ने पक्षमा पनि हामी छैनौं । हाम्रा गतिविधिलाई अवरोध नहोस् भन्ने मात्र हाम्रो चाहना हो,’इपिएलका प्रमुख आमिर अख्तरले भने ।

फ्रेन्चाइज टोलीले भने क्यानको निर्णबाट नीजि क्षेत्र धेरै निराशा भएको उल्लेख गरे । ‘क्यानको निर्णयबाट हामी निराश र स्तब्ध छौं । क्यान निलम्बित हुँदा वा कोभिड–१९ का कारण सम्पूर्ण गतिविध ठप्प भएका समय हामीले गरेको योगदानप्रति क्यानले अन्याय गर्यो । घरेलु लगानीमा सञ्चालित लिगलाई मान्यता नदिने निर्णयले गर्दा नेपाली कर्पोरेट क्षेत्रमा निराशापूर्ण सन्देश प्रवाह भएको छ,’इपिएलका फ्रेन्चाइजले भनेका छन् । इपिएलले आफ्नो सामाजिक सञ्जालमार्पmत आगामी नोभेम्बर १२ देखि पाँचौं संस्करण गर्ने घोषणा गरेको थियो ।

यद्यपि, क्यानले भने इपिएललाई स्विकृति नदिइएको स्पष्ट पार्दै देशमा एक मात्र आधिकारिक फ्रेन्चाइज हुने प्रष्ट पार्यो । साथै इपिएलको योगदान मूल्यांकन गर्ने उद्देश्यअनुरूप उनीहरूलाई क्षेत्रीय अवधारणाको लिगका रूपमा अनुमति दिने संकेतसमेत क्यानले गरेको थियो । त्यसप्रति भने टोली चासो देखाएन । साथै उनीहरूले नेपाली क्रिकेट विकासमा आफूहरूको भूमिका महत्वपूर्ण रहेको प्रति क्यानले नजरअन्दाज गरेको आरोप लगाए ।

‘हामी कर्पोरेट क्षेत्र ठूलो आम्दानी गर्न यहाँ आएका थिएनौं । अफ्ठयारो समयमा पनि क्रिकेट विकासमा हामीले योगदान ग¥यौं । तर, क्यानले त्यसको बेवास्ता गरेको छ । यो निर्णयले गर्दा नीजि क्षेत्र नै खेलकुदमा लगानी गर्न ससंकित हुनुपर्ने वातावरण सिर्जना भएको छ,’ललितपुर प्याट्रियोट्सका मालिक किशोर महर्जनले भने, ‘यस्ता गतिविधिले गर्दा नीजि क्षेत्र खेलतर्पm लाग्न निरुत्साहित हुनेछन् ।’

आफ्नो अस्तित्व समाप्त पार्ने काम क्यानले गरेमा आगामी दिनमा क्रिकेटमा स्पोन्सर गर्नका लागि आफू मातहत कम्पनीलाई पनि आग्रह गर्न नसकिने चेतावनी पनि महर्जनले दिए । चितवन टाइगर्सका मालिक किशोर भट्टराईले व्यावसायिक खेलकुदबारे ऐनमा समावेश नहुनाले यस किसिमका समस्या उत्पन्न भइरहेको धारणा राखे ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy