- विकेटनेपाल, पुष-७ , शनिवार
भैरहवा ग्ल्याडीएटर्सका भारतीय खेलाडी रभी इन्दर सिंह आज सम्पन्न एभरेस्ट प्रिमियर लिग टि-२० को उत्कृस्ट खेलाडी चुनिएका छन्।
रभीले प्रतियोगितामा कुल ३३७ रन बनाउनुको साथै २ विकेट समेत लिएका थिए। प्लेयर अफ द सिरिज घोषित उनले टिभी एस अपाचे आरटिआर मोटरसाइकल प्राप्त गरे।
प्रतियोगितामा एक शतक र एक अर्धशतक बनाउने क्रममा रभीले पोखरा राइनोज बिरुद्धको पहिलो खेलमा १२५ रनको बिशाल शतक बनाएका थिए जुन यो सिजनकै एक मात्र शतकको रुपमा रह्यो। त्यस इनिंगमा उनले मात्र ६० बलमा १० छक्का र ८ चौका प्रहार गरेका थिए जसको मदतले पोखराले दिएको २१५ रनको लक्ष्य भैरहवाले पछ्याएको थियो। यस्तै उनले काठमाडौँ किंग्स-११ संगको खेलमा ८६ रन ( ६१ बल , ६ चौका र ४ छक्का ) बनाएका थिए।

प्रतियोगितामा रभीको प्रदर्शन :-
बिरुद्ध पोखरा राइनोज – १२५* ( ६० बल, १० छक्का र ८ चौका )
बिरुद्ध चितवन टाइगर्स – २५ रन ( २१ बल , ३ चौका ) , २ विकेट ( ३-०-२३-२ )
बिरुद्ध बिराटनगर वारियर्स – १२ रन ( १६ बल , १ चौका )
बिरुद्ध काठमाडौँ किंग्स-११ – ८६ रन ( ६१ बल , ४ छक्का र ६ चौका )
बिरुद्ध ललितपुर प्याट्रीएट्स – २५ रन ( १५ बल, २ छक्का र ३ चौका )
बिरुद्ध चितवन टाइगर्स ( इलिमीनेटर ) – ४ रन ( ३ बल, १ चौका )
बिरुद्ध काठमाडौँ किंग्स-११ ( क्वालीफायर ) – ३१ रन ( १९ बल , १ छक्का र ३ चौका )
बिरुद्ध ललितपुर प्याट्रीएट्स ( फाइनल ) – २९ रन ( ३२ बल, १ छक्का , १ चौका )
भारत पन्जाबका रभी इन्दरले यस अघि पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको प्रतिनिधित्व गरेका थिए र प्रतियोगिताको फाइनल खेलमा चितवन राइनोज बिरुद्ध ९० रनको इनिंग खेल्दै टिमको जितमा अहम योगदान दिएका थिए। रभीनै फाइनल खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।
लगातार तेश्रो पटक बिदेशी खेलाडीनै उत्कृस्ट
नेपाली फ़्रेञ्चाइज लिगमा पहिलो पटक बिदेशी खेलाडी अनिवार्य गत सिजन एभरेस्ट प्रिमियर लिग देखिनै गरिएको थियो।
ईपिएल पहिलो सिजन २०१७ : ईपिएलको गत सिजन हंगकंग खेलाडी बाबर हायात उत्कृस्ट खेलाडी घोषित भएका थिए। बिराटनगर वारियर्सको लागि खेल्दै उपाधि जिताउने क्रममा ७ खेलमा ३ अर्धशतक मदतले ३१३ रन बनाएका थिए।

धनगढी प्रिमियर लिग दोश्रो सिजन २०१८ : यस्तै धनगढी प्रिमियर लिगको गत सिजन पनि पहिलो पटक बिदेशी खेलाडीहरु खेल्दा युएई खेलाडी रोहन मुस्तफा उत्कृस्ट खेलाडी चुनिएका थिए। टिम चौराहालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मुस्तफाले प्रतियोगितामा ९ विकेट लिनुको साथै १९८ रन पनि बनाएका थिए।

पोखरा प्रिमियर लिग २०१८ : यसरी बर्ष कार्तिकमा सम्पन्न पोखरा प्रिमियर लिगको उत्कृस्ट खेलाडी सन्नी पटेल घोषित भएका थिए। चितवन राइनोज टिमको प्रतिनिधित्व गरेका पटेलले प्रतियोगितामा कुल १० विकेट लिनुको साथै १९४ रन समेत बनाएका थिए।

( फिचर फोटो – पहिलोपोस्ट )