अन्य लिग खेलेका विदेशी खेलाडी इपिएल खेल्न नपाउने, यसो भन्छन् इपिएल निर्देशक आमिर अख्तर

यस अघि फेब्रुअरी २९ देखि सुरु हुने भनिएको एभरेस्ट प्रिमियर लिग अब नयाँ मितिमा हुने भएको छ। इपिएलले विहिबार प्रेस बिज्ञप्ति जारि गर्दै प्रतियोगिता अब मार्च १४ देखि २८ तारिकसम्म ( चैत्र १ देखि )  आयोजना हुने घोषणा गरेको छ। पुर्व घोषित मितिमा नेपालले थाईल्याण्डमा एसीसी टि-२० ( पूर्वी ) प्रतियोगिता खेल्ने हुँदा इपिएलले आयोजना मिति सार्नु परेको हो।

अन्य नेपाली घरेलु लिग खेलेका विदेशी खेलाडी इपिएलमा खेल्न नपाउने 

इपिएलको २०१८ देखि २०२० को सिजन बीचमा नेपालका अन्य घरेलु लिग खेलेका विदेशी खेलाडीहरुले इपिएल खेल्न नपाउने भएका छन्। इपिएलले जारि गरेको प्रेस बिज्ञप्तिमा इपिएल खेल्ने विदेशी खेलाडीहरुले इपिएलसंग एक्सक्लुसिभ रहने बताएको छ। यो निर्णयका कारण बाबर हायात, रोहन मुस्तफा, सन्नी पटेल जस्ता नेपाली घरेलु क्रिकेटमा चम्किएका नामहरु इपिएलमा नदेखिने भएका छन्।

पिपिएल र डिपीएल खेलेका रोहन मुस्तफा र बाबर हायात जस्ता खेलाडीहरु इपिएलको यो सिजन खेल्न पाउने छैनन्

यस्तै यो पटक इपिएल खेल्ने विदेशी खेलाडीहरुले आफ्नो देशको बोर्ड अथवा स्टेट बोर्डबाट एनओसी ( नो अब्जेक्सन सर्टिफिकेट ) अनिवार्य लिनु पर्ने भएको छ।

नयाँ ट्रेड र रिलिज नियम 

इपिएलले यो पटक ‘ए’ श्रेणीमा रहेका खेलाडीहरुलाई ‘ट्रेड’ को लागि खुला गरेको छ। ए श्रेणीमा राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित १८ जना खेलाडीहरु रहेका छन्। नेपाली राष्ट्रिय टिमको लागि तथा घरेलु क्रिकेटमा पछिल्लो समय नियमित राम्रो प्रदर्शन गरेका खेलाडीहरुलाई ‘ए’ श्रेणीमा चयन गरिएको हो।

‘ए’ श्रेणीमा रहेका खेलाडीहरुलाई कुनै पनि टिमले दुवै टिमको समझदारीमा आफ्नो टिममा ल्याउन पाउनेछन्। २ लाख रुपैयाँ खेलाडी ट्रेडको बेस प्राइस राखिएको छ जुन मूल्य भन्दा बढीममा खेलाडी ट्रेड भए उक्त मूल्यको ६० प्रतिशत रकम खेलाडीले र ४० प्रतिशत ट्रेड गर्ने टिमले पाउनेछ। कुनै पनि टिमले आफ्नो अधिकतम दुइ खेलाडी किन्न/बेच्न पाउनेछ। अर्को टिममा गएका खेलाडीको सट्टा ‘ए’ श्रेणी को खेलाडीनै भित्र्याउनु पर्ने भने छैन। २०२० जनवरी २ देखि ९ तारिकसम्म ट्रेड विन्डो खुला भएको इपिएलले बताएको छ।

इपिएलले यो सिजन ठुलो फड्को मार्नेछ – अमिर अख्तर 

अन्य लिग खेलेका विदेशी खेलाडीहरुलाई इपिएलमा नखेलाउने निर्णयबारे खेलनेपालसंग इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरले विकेटनेपालसंग धारणा राखेका छन्। अख्तरले यो पटक लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास गरिएको जसको लागि विदेशी खेलाडीको स्तर विदेशी दर्शकले पनि हेर्ने खालको हुनु पर्ने कुरामा विशेष जोड दिईएको छ।

“इपिएल यो पटक अन्तर्राष्ट्रिय च्यानल ‘डी स्पोर्ट्स’ ले प्रत्यक्ष प्रशारण गर्दैछ जसबाट लिगलाई हामीले भारत लगायत अन्य टेस्ट राष्ट्रमा समेत पुर्याउने प्रयास गरेका छौँ। इपिएलमा विदेशी दर्शकलाई समेत आकर्षित गर्नु हाम्रो लक्ष्य हो त्यसको लागि यो पटक प्रत्यक टिममा टेस्ट राष्ट्रको लागि खेलेका खेलाडी आइकोनिक खेलाडी हुनुपर्ने अनिवार्य गरेका छौँ। यो निर्णयले गर्दा यो पटक टेस्ट राष्ट्रको लागि खेलेका स्तरीय खेलाडीहरु इपिएल खेलाउने पहल भइरहेको छ।”

आमिर अख्तर ( एमडी. इपिएल )

“विदेशी दर्शकलाई आकर्षित गर्नको लागि र इपिएल हेर्न प्रोत्साहित गर्नको लागि विदेशी खेलाडीको स्तर निकै महत्वपूर्ण हुन्छ। अर्को तर्फ इपिएलको महत्व कायम गर्न समेत इपिएलमा एक्सक्लुसिभ रुपमा खेलाडीहरु खेलुन् भन्ने हामि चाहन्छौं। यो निर्णयले इपिएललाई देशको अन्य लिगहरुबाट विशेष बनाउने काम गर्छ।”

“खेलाडीहरुको ट्रेड नेपालमै पहिलो पटक खुला हुँदैछ जसले स्टार नेपाली खेलाडीहरु ठुलो मूल्यमा बिक्रि हुनेछन्।”

इपिएलमा ललितपुर पेट्रिएट्स, चितवन टाईगर्स, काठमाडौँ किंग्स-११, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज गरि ६ वटा टिम रहेका छन्। गत सिजन ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले प्रतियोगिताको उपाधि जितेको थियो।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]