ईपीएल विजेतालाई २५ लाख

  • विकेटनेपाल, पौष-२ 

काठमाडौं। तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको विजेता र उप–विजेताले पाउने रकम सार्वजनिक गरिएको छ। यस संस्करणमा ईपीएलको विजेताले २५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ।

आयोजक ईपीएलले प्रेस विज्ञप्ति निकाल्दै पुरस्कार रकम सार्वजनिक गरेको हो। यस्तै ईपीएलको उपविजेता टोलीले १० लाख पाउने छन् ।

गत संस्करणको विजेता टोलीले २१ लाख रकम प्राप्त गरेको थियो। यस संस्करणको विजेताले पाउने रकममा भने वृद्धि गरिएको हो ।
त्यस्तै प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस बाइक पाउने छन्।

पुरस्कार राशी बढाउने होडबाट बाहिरियो ईपिएल 

विजेता रकम वृद्धि गरे पनि घरेलु लिगको सर्वाधिक विजेता राशि घोषणा गर्ने होडबाट भने ईपिएल बाहिरिएको छ। यस अघि पोखरा प्रिमियर लिगले पहिलो संस्करणमा विजेतालाई २७ लाख रुपैयाँ  दिईएको थियो जुन नेपाली घरेलु क्रिकेटकै सर्वाधिक पुरस्कार राशि हो।

यस अघि धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगले प्रत्येक संस्करणमा विजेता राशिमा एकले अर्कालाई उछिन्दै आएको थियो जसमा पोखरा प्रिमियर लिग समेत सामेल भएको थियो।

एभरेस्ट प्रिमियर लिगले पहिलो संस्करण सन् २०१६ मा विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार राखेको थियो। त्यसपछि आयोजना भएको धनगढी प्रिमियर लिगले आफ्नो पहिलो संस्करणमा विजेतालाई १५ लाख रुपैयाँ दिएको थियो। त्यसपछि एभरेस्ट प्रिमियर लिगले आफ्नो दोश्रो संस्करणको विजेतालाई २१ लाख रुपैयाँ दिएको थियो जसलाई उछिन्दै धनगढी प्रिमियर लिगले आफ्नो दोश्रो संस्करणमा विजेतालाई २५ लाख रुपैयाँ प्रदान गरेको थियो। धनगढी प्रिमियर लिगलाई उछिन्दै कान्छो फ़्रेञ्चाइज टि-२० लिग पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार दियो।

घरेलु टि-२० लिगमा पुरस्कार राशिमा प्रतिस्पर्धा : ईपिएल पहिलो संस्करण – ५ लाख, डिपिएल पहिलो संस्करण – १५ लाख, ईपिएल दोश्रो संस्करण – २१ लाख, डिपिएल दोश्रो संस्करण – २५ लाख, पिपिएल पहिलो संस्करण – २७ लाख, ईपिएल तेश्रो संस्करण – २५ लाख





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]