EPL T20 : लाइभ, विदेशी खेलाडी र टिम, खेलतालिका ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग अर्थात् ईपीएल टि-ट्वान्टी सेप्टेम्बर २५ तारिख ( असोज ९ गते ) देखि कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाली क्रिकेटको महाकुम्भ सुरु हुँदै गर्दा प्रतियोगिताबारे सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ।

ईपीएल आयोजना मिति : सेप्टेम्बर २५ देखि अक्टोबर ९ ( असोज ९ गते देखि २३ गते सम्म )

खेल हुने मैदान : सबै खेलहरु कीर्तिपुर स्थिति टियु अन्तर्राष्ट्रिय मैदानमा खेलिनेछन्।

सहभागी ६ टिमहरु : ललितपुर पेट्रिएट्स, भैरहवा ग्ल्याडीएटर्स, काठमाडौँ किंग्स-११, चितवन टाइगर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज

पुरस्कार राशि : विजेतालाई ५० लाख रुपैयाँ, उप-विजेतालाई : १५ लाख रुपैयाँ , अन्य व्यक्तिगत पुरस्कार घोषणा भएको छैन

प्रत्यक्ष कहाँ हेर्ने : नेपालमा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण अधिकार पाएको छ। यस्तै डिजिटल राइट ओएसआर स्पोर्ट्ससंग छ जसले नेपालमा युट्युबमा प्रत्यक्ष प्रशारण  देखाउनेछ। फ्यानकोड ( Fancode ) यापबाट पनि लिग शशुल्क विश्वभरबाट हेर्न सकिनेछ। प्रतियोगिताको विदेशमा प्रत्यक्ष प्रशारण गर्ने अधिकार मरुन मिडियाले लिएको छ जसले हालसम्म कुन देशमा कुन च्यानलबाट लिग हेर्न सकिने बताएको छैन। अस्ट्रेलियाको अधिकार फक्स क्रिकेटले लिएको छ।

दर्शकलाई प्रवेश छ ? टिकट कहाँ पाइन्छ : दर्शकले मैदानमा प्रवेश गर्न पाउनेछन्। टिकट अनलाइन खरिद गर्न प्रभु पे ( Prabhu Pay ) याप प्रयोग गर्नुपर्नेछ। मैदानमा पुगेर समेत टिकट काट्न सकिनेछ।

खेलतालिका : यहाँ क्लिक गर्नुस अथवा तल फोटोमा हेर्नुस

प्रतियोगिताको फर्म्याट – लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । सहभागी ६ टिमले एक अर्कासंग लिग चरणमा एक/एक खेल खेल्ने छन्। लिग चरणमा अंकतालिकामा उत्कृस्ट हुने टिम र दोश्रो हुने टिम बीच पहिलो क्वालीफायर हुनेछ जसको विजेता सोझै फाइनल पुग्नेछ। यस्ता लिग चरणमा तेश्रो र चौंथो हुने टिम बीच इलिमीनेटर हुनेछ जसको विजेताले दोश्रो क्वालीफायरमा पहिलो क्वालीफायरमा पराजित हुने टिमसंग फाइनल प्रवेशको लागि खेल्नेछ।

कुन टिमको कप्तान को : ललितपुर पेट्रिएट्सको कुशल भुर्तेल, भैरहवा ग्ल्याडीएटर्सको शरद भेसावकर, काठमाडौँ किंग्स-११ को सन्दिप लामिछाने, चितवन टाइगर्सको सोमपाल कामि, बिराटनगर वारियर्सको करन केसी, पोखरा राइनोजको बिनोद भण्डारी

अघिल्लो संस्करणको विजता टोलिहरु :  २०१६ – पन्चकन्या तेज ( कप्तान – शरद भेसावकर ) , २०१७ : बिराटनगर वारियर्स ( कप्तान – पारस खड्का ) , २०१८ : ललितपुर पेट्रिएट्स ( कप्तान – ज्ञानेन्द्र मल्ल )

कुन टिममा को-को विदेशी खेलाडीहरु कुन देशका छन् : 

ललितपुर पेट्रिएट्स – अज्मतुल्लाह ओमरजाई ( अफगानिस्तान ) , ओशाडा फर्नान्डो ( श्रीलंका ), शनदुन विराक्कोडी ( श्रीलंका ) र मिक्यो दोर्जी
भैरहवा ग्ल्याडीएटर्स : तामिम इक्बाल ( बंगलादेश ) , उपुल थारांगा ( श्रीलंका ) , धम्मिका प्रशाद ( श्रीलंका )  , शर्भिन मुनिएन्डी ( श्रीलंका )
पोखरा राइनोज :
केसरिक् विलियम्स ( वेस्टइन्डिज ), असेला गुनरत्ने ( श्रीलंका ), सहान अरचिगे ( श्रीलंका ) , रिचर्ड लेभी
चितवन टाइगर्स : मोहम्मद शाहजाद( अफगानिस्तान ), करीम जनत( अफगानिस्तान ), सेक्कुगे प्रसन्ना ( श्रीलंका ), भीरनदिप सिंह ( मलेसिया )
बिराटनगर वारियर्स : सिकन्दर राजा(जिम्बाब्वे ), रायन पठान ( क्यानडा ), चन्द्रपौल हेमराज( वेस्टइन्डिज ), दिलशान मुनाविरा ( श्रीलंका )
काठमाण्डौ किंग्स ११ : शहिद अफ्रिदी ( पाकिस्तान ), जनक प्रकाश ( सिंगापुर ), रायन बर्ल (जिम्बाब्वे ), रहमनुल्लाह गुर्बज ( अफगानिस्तान )

अन्तिम-११ मा कति जना विदेशी खेलाडी हुन्छन् : ३ जना

शाहिद अफ्रिदीले कति वटा खेल खेल्नेछन् : अफ्रिदीले काठमाडौँ किंग्स-११ को सुरुवात दुई खेल ( सेप्टेम्बर २५ तारिखमा ललितपुर पेट्रिएट्ससंग र सेप्टेम्बर २७ मा बिराटनगर वारियर्ससंग ) खेल्नेछन्।

विदेशी कमेन्टेटर को हुनेछन् ? भारतका चारु शर्मा, आयरल्याण्डका एन्ड्रयु लियोनार्ड, नेपालका परेश लोहनी , भारतका मिक्खेल भासवानी र अजय मेहरा

कुन टिममा को-को खेलाडीहरु छन् :

ललितपुर पेट्रिएट्स : कुशल भुर्तेल( कप्तान ),सुर्य तामांग, पवन सर्राफ, सन्दिप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई(✈️), ओशाडा फर्नान्डो(✈️), शनदुन विराक्कोडी (✈️)र मिक्यो दोर्जी (✈️) , प्रशिक्षक – राजु बस्नेत

भैरहवा ग्ल्याडीएटर्स : शरद भेसावकर ( कप्तान ) आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, दुर्गेश गुप्ता, बिकाश आग्री, तुल बहादुर थापा, मौसम ढकाल, तामिम इक्बाल (✈️), उपुल थारांगा (✈️), धम्मिका प्रशाद (✈️) , शर्भिन मुनिएन्डी (✈️) , प्रशिक्षक – पुबुदु दासानायके

पोखरा राइनोज : बिनोद भण्डारी, सुनिल धमला, रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, सुशन भारि, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देब शाह, बिपिन खत्री, रिचर्ड लेभी(✈️)केसरिक् विलियम्स(✈️), असेला गुनरत्ने(✈️), सहान अरचिगे(✈️) , प्रशिक्षक – उमेश पटवाल , बलिंग प्रशिक्षक – शक्ति गौचन

चितवन टाइगर्स : सोमपाल कामि, दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप सुनार, देभ खनाल, हसिम अन्सारी, आदील खान, खडक बोहरा, गौतम केसी, भिम शार्की, सागर ढकाल, मोहम्मद शाहजाद(✈️), करीम जनत(✈️), सेक्कुगे प्रसन्ना(✈️), भीरनदिप सिंह(✈️) , प्रशिक्षक – पुरु सिंह , स्यामसंग जंग थापा

बिराटनगर वारियर्स : करन केसी, आसिफ शेख, अनिल शाह, रामनरेश गिरि, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, सोनु देबकोटा, प्रतिश जिसी, अनुज चुनारा, सन्तोष यादव, सिकन्दर राजा(✈️), रायन पठान(✈️), चन्द्रपौल हेमराज(✈️), दिलशान मुनाविरा(✈️) , प्रशिक्षक : मनोज कटवाल

काठमाडौं किंग्स-११ : सन्दिप लामिछाने ( कप्तान ) , अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी(✈️), जनक प्रकाश(✈️), रायन बर्ल(✈️), रहमनुल्लाह गुर्बज (✈️) , प्रशिक्षक – कलाम अलि





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]