EPL : छिटो अर्धशतकको रेकर्ड बनाउन चुके शरद, भैरहवाद्वारा काठमाडौँलाई चुनौतिपूर्ण लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत पहिलो इलिमीनेटरमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ प्रतिस्पर्धा गरिरहेका छन्। यो खेल जित्ने टिमले भोलि दोश्रो इलिमीनेटरमा फाइनल प्रवेशको लागि पोखरा राइनोजसंग प्रतिस्पर्धा गर्नेछ।

टियु अन्तर्राष्ट्रिय मैदानमा टस जितेर ब्याटिंग गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १८८ रन बनाउदै काठमाडौँलाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भैरहवाको ब्याटिंगमा कप्तान शरद भेसावकरले सर्वाधिक ४९ रन बनाए जुन क्रममा मात्र २० बल सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे। शरद ईपीएल इतिहासकै छिटो अर्धशतक बनाउन भने चुक्न पुगे। यसै प्रतियोगितामा ललितपुर पेट्रिएट्सका अज्मतुल्लाह ओमरजाईले बिराटनगर वारियर्स बिरुद्ध २१ बलमा अर्धशतक बनाउदै लिग इतिहासकै छिटो अर्धशतकको रेकर्ड बनाएका थिए।

यस्तै प्रदिप ऐरीले २७ बलमा ६ चौका र छक्का मद्दतले ३९, उपुल थारांगाले ३३ बलमा ५ चौका मद्दतले ३५, कुशल मल्लले २० बलमा ४ छक्का मद्दतले ३२ तथा आरीफ शेखले ८ बलमा १ चौका र १ छक्का मद्दतले १५ रन बनाए।

९५ रनमा ४ विकेट गुमेको अवस्थामा छैठौं नम्बरमा ब्याटिंगमा आएका शरदले कुशल मल्लसंग पाँचौ विकेटको लागि २९ बलमा ६१ रनको महत्वपूर्ण साझेदारी गरे। त्यस अघि प्रदिप ऐरी र उपुल थारांगाले दोश्रो विकेटको लागि ४७ रनको साझेदारी गरेका थिए।

काठमाडौँ किंग्स-११ को बलिंगमा सन्दिप लामिछाने ( ४-०-३६-२ ) , अशान प्रियन्जन ( ३-०-१७-२ ) ले समान २ विकेट लिए भने पहिलो पटक मौका पाएका शेर मल्ल , जितेन्द्र मुखिया र जनक प्रकाशले समान १ विकेट लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]