इपिएल टि-२० : आज २ वटा खेल हुँदै

  • विकेटनेपाल, मङ्सिर-२३

एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत आइतबार २ वटा खेलहरु हुँदैछन्।

पहिलो खेलमा बिहान ९ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रीएट्स तथा दोश्रो खेलमा दिउसो १ बजे भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने प्रतियोगिताको प्रत्येक खेलको प्रत्यक्ष प्रशारण एपीवान एचडीले गर्नेछ भने नेपालफ्लिक्स एप मार्फत तथा युट्युबमा समेत हेर्न सकिनेछ। खेलको स्कोर अपडेट र अन्य एक्सक्लुसिभ अपडेट विकेटनेपालमा हुनेछ।

प्रतियोगिता अन्तर्गत शनिवारको उद्घाटन खेलमा ललितपुर प्याट्रीएट्सले बिराटनगर वारियर्ससंग ३ विकेटको पराजय बेहोरीसकेको छ र आज चितवन टाइगर्स बिरुद्ध जितको खोजिमा हुनेछ। सन्दिप लामिछाने, सन्दिप लामिछाने तथा गौरब तोमरको स्पिन तथा ज्ञानेन्द्र मल्ल,  सन्दिप जोरा, जयकिशन कोल्सावाला जस्ता ब्याट्सम्यानहरुको उपस्थितिले टिम बलियो बनेको छ।

पृथु बास्कोटा लामो समय पछि कुनै टिमको कप्तानी गर्दैछन् जसलाई पछिल्लो संस्करणको कमजोर प्रदर्शन बिर्साउने चुनौती रहेको छ। अर्कोतर्फ ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्सले पनि पहिलो खेलमा हार पछि दोश्रो खेल जित्दै कम्ब्याक गर्न चाहन्छ। टाइगर्समा चर्चित आयरल्याण्ड क्रिकेटर पल स्टरलिङ्ग रहेका छन् भने दिपेन्द्र ऐरि, ललित सिंह भण्डारी, भिम सार्की, दिलिप नाथ जस्ता राष्ट्रिय क्रिकेटरहरु रहेका छन्।

ललितपुर प्याट्रीएट्स : ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दिप लामिछाने, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुमित झा, सुन्दिप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामाङ, कमल खत्री , बिदेशी खेलाडी : सन्नी पटेल (भारत), गौरब तोमर (भारत), जयकिशन कोल्सावाल (भारत)

चितवन टाइगर्स : पृथु बास्कोटा (कप्तान), दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित सिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम, सागर ढकाल, आदिल खान, भिम सार्की, सन्दिप सुनार, अकाश थापा , बिदेशी खेलाडी : पल् स्टर्लिंग (आयरल्याण्ड), जोन् सिम्प्सन (इंग्ल्याण्ड), जर्ज स्कट (इंग्ल्याण्ड)

अर्कोतर्फ पछिल्लो संस्करण फाइनल पुगेको शरद भेसावकरको टिम भैरहवाले दिउसो १ बजे सुरु हुने खेलमा पोखरा राइनोजको सामना गर्दैछ।

पोखराको कप्तानी स्कटल्याण्डका कप्तान समेत रहेका कायल कोट्जरले गर्दैछन् भने टिममा दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभी पनि रहेका छन्। शक्ति गौचन, बिनोद भण्डारी, सुनिल धमला, सौरभ खनाल जस्ता खेलाडीहरु टिममा रहेका छन्।

अर्कोतर्फ भैरहवामा शरदसंगै राष्ट्रिय टिमका अन्य खेलाडीहरु आरिफ शेख, रोहित पौडेल,  भुवन कार्की, दिपेश श्रेष्ठ तथा कृष्ण कार्की, हरिशंकर शाह जस्ता खेलाडीहरु पनि छन्। बिदेशी खेलाडीको रुपमा युएई बलर मोहम्मद नबिद, नेदरल्याण्ड क्रिकेटर रायन टेन  डोस्काटे (नेदरल्याण्ड) र भारतीय खेलाडी रबि इन्दर सिंहको उपस्थितिले टिमलाई मजबुती दिएको छ।

भैरहवा ग्लाडीएटर्स : शरद भेषावकर(कप्तान), प्रदिप ऐरी, आरिफ सेख, रोहित कुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा , बिदेशी खेलाडी : मोहम्मद नबिद (युएई), रबि इन्दर सिंह, रायन टेन डोस्काटे (नेदरल्याण्ड)

पोखरा राइनोज : शक्ति गौचन, विनोद भण्डारी, सुशन भारी, सुनिल धमला, राजेश पुलामी मगर, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम शोब, नन्दन यादब , बिदेशी खेलाडी : कायल कोट्जर ( कप्तान ) (स्कटल्याण्ड) , रिचर्ड लेभी (दक्षिण अफ्रिका), पल् कोग्लिन (इंग्ल्याण्ड), सन्नी भिमसारिया (हंगकंग)





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]