- विकेटनेपाल, पुष-७ , शनिवार
एभरेस्ट प्रिमियर लिग टि-२० को तेश्रो संस्करणको उपाधि ललितपुर प्याट्रीएट्सले जितेको छ। फाइनलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्लले फ़्रेञ्चाइज क्रिकेट इतिहासमा पहिलो प्रतियोगिताको उपाधि हात पारे। खेलमा पहिले ब्याटिंग गर्दै ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो।
फोटोहरुमा हेर्नुस कस्तो रह्यो ईपिएल टि -२० फाइनल –
टस हारेर ब्याटिंग गरेको ललितपुरले १५५ रनको योगफल तयार गरेको थियो। ओपनर जय किशन कोल्सावालाले सर्वाधिक ५७ रन बनाए। भैरहवाको बलिङ्गमा कृष्ण कार्कीले ३ तथा रायन टेन डेस्काटे र मोहम्मद नबिदले २/२ विकेट लिए।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो। प्रदिप ऐरिले ३४ तथा रभी इन्दर सिंहले २९ रन बनाए भने ललितपुरको बलिङ्गमा ललित राजबंशीले ३ विकेट तथा योगेन्द्र सिंह कार्की र पवन सर्राफले २/२ विकेट लिए।
( फोटो – सकुश केसी / विकेटनेपाल र ललितपुर प्याट्रीएट्स फेसबुक )