एभरेस्ट प्रिमियर लिगले पायो आईसीसीको मान्यता

everest premier leauge epl t20
  • विकेटनेपाल, २९ – कार्तिक

डिसेम्बर ८ देखि २२ सम्म ( मङ्सिर २२ – पुष ७ ) काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग ‘ईपीएल’ टि-२० प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले मान्यता दिएको छ।

एभरेस्ट प्रिमियर लिग आयोजकले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै प्रतियोगिता आईसीसीको मन्यप्ता प्राप्त भएको बताएको छ।

आईसीसीलाई मान्यता वापत २० हजार डलर लिग आयोजकले तिरेको र आवस्यक पर्ने सबै दस्ताबेजहरु समेत पठाएपछि आईसीसीले मान्यता दिएको बिज्ञप्तिमा उल्लेख छ।

आईसीसीलाई कुल २७ लाख ५० हजार नेपाली रुपैयाँ नेपाल राष्ट्र बैंकमार्फत आयोजकले बुझाएको छ। उक्त रकम आईसीसीले नेपाली क्रिकेटकै विकासको लागि प्रयोग गर्नेछ।

प्रतियोगितालाई मान्यता दिएपछि आईसीसीले आफ्नो मातहतमा रहेको राष्ट्रहरुलाई समेत पत्र पठाएको ईपिएल आयोजकले बताएको छ।

मान्यता पछि अब लिगमा बिदेशी खेलाडीहरु खेल्ने ढोका समेत खुलेको छ। गत बर्ष ईपिएल देखि नेपाली घरेलु क्रिकेटमा बिदेशी खेलाडीहरु अनिवार्य गरिएको थियो। गत सिजन जस्तै यो पटक पनि ठुला बिदेशी खेलाडीहरुले प्रतियोगिता खेल्ने पक्का गरिसकेका छन्।

टेस्ट राष्ट्र आयरल्यान्डका चर्चित खेलाडी केभिन ओ ब्रायन, हंगकंग खेलाडी बाबर हायात, स्कटल्याण्डका केल कोट्जर तथा इंग्ल्याण्ड यु-१९ क्रिकेटर जोन सिम्पसन जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिगमा बिभिन्न टिमहरुको प्रतिनिधित्व गर्नेछन्।

आईसीसीको नयाँ नियम अनुसार क्रिकेट बोर्ड प्रतिबन्धित रहेको अवस्थामा नेपालमा घरेलु प्रतियोगिता आयोजना गर्दा आईसीसीको मान्यता लिनुपर्छ।

यस अघि भर्खरै सपन्न पोखरा प्रिमियर लिग र गत बर्ष धनगढी प्रिमियर लिगले समेत २० हजार डलर र आईसीसीको प्रक्रिया पुरा गरेपछि आईसीसीको मान्यता पाएको थियो।

पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले गत बर्ष ईपिएल टी-२० उपाधि जितेको ठियो

एभरेस्ट प्रिमियर लिगमा कुल ६ टोलिरहेका छन् जसमा दिपेन्द्र ऐरि कप्तानीको चितवन टाईगर्स, पारस खड्का कप्तानीको बिराटनगर वारियर्स, शरद भेसावकर कप्तानीको भैरहवा ग्लाडीएटर्स, शक्ति गौचन कप्तानीको पोखरा राइनोज, सोमपाल कामि कप्तानीको काठमाडौँ किंग्स ११ र ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्स रहेका छन्। पछिल्लो संस्करण जस्तै यो पटक पनि प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीहरु प्लेयिंग-११ मा राख्नुपर्नेछ।

गत बर्ष फर्भेज महरुफ़, आसिफ अलि, बाबर हायात, अंशुमन रथ, योगेश नागर, पुनित मिश्रा जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिग खेलेका थिए। गत सिजनको फाइनलमा पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्लाडीएटर्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]