काठमाडौँलाई सहजै पराजित गर्दै भैरहवा ईपिएलको फाइनलमा

  • विकेटनेपाल, पुष-५ , बिहिबार 

दोश्रो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई पराजित गर्दै भैरहवा ग्ल्याडीएटर्स एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको शनिवार खेलिने फाइनलमा भैरहवा र ललितपुर प्याट्रीएट्सले प्रतिस्पर्धा गर्ने छन्।

खेलमा पहिले ब्याटिंग गर्दै काठमाडौँले १०० रन बनाए पछि लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्दै ६ विकेटको जित दर्ता गर्यो। यस अघि भैरहवाले इलिमीनेटरमा चितवन टाइगर्सलाई पराजित गरेको थियो। ललितपुर प्याट्रीएट्सले पहिलो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिबार १२:४५ बजे सुरु हुने बताईएको छ।

१०१ रनको लक्ष्य पछ्याउन ब्याटिंग गरेको भैरहवाको सुरुवात पनि राम्रो हुन सकेन। ओपनर प्रदिप ऐरि ३ रनमा तेश्रो ओभरमा रन आउट हुन पुगे। त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका आरिफ शेख पनि ५ रन बनाएर संसाद शेखको बलमा एलबिडब्लु आउट हुन पुगे।

Ryan Ten Doeschate ( Photo - Bhairahawa Gladiators - FB )
Ryan Ten Doeschate ( Photo – Bhairahawa Gladiators – FB )

तेश्रो विकेटको लागि रभी इन्दर सिंह र रायन टेन डेस्काटेले ४२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। डेस्काटे ४५ रन बनाएर १३ औं ओभरमा प्रदिप साहुको बलमा क्याच समातिए जस अघि उनले ३८ बलमा ५ चौका प्रहार गरे।

३१ रनको व्यक्तिगत योगफलमा १५ औं ओभरमा रभी इन्दर सिंहले पनि विकेट गुमाउन पुगे जुन अवस्थामा टिम जित नजिक पुगीसकेको थियो। राजु रिजाल र जितेन्द्र मुखियाको हातबाट २ पटक क्याच आउट गर्ने मौका काठमाडौँले गुमाउदा रभीले १९ बलमा ३ चौका र १  छक्का प्रहार गरे।

रभी आउट हुँदा ९१ रन भैरहवाले बनाईसकेको थियो। त्यसपछि रोहित पौडेलले अविजित ९ रन तथा शरद भेसावकरले अविजित ६ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। भैरहवाले ४ विकेट गुमाएर १७ ओभरमा लक्ष्य पुरा गर्यो।

काठमाडौँको लागि संसाद शेखले २ ( ४-०-३०-२ ) तथा प्रदिप साहुले १ विकेट ( ४-०-१५-१ ) लिए।

कुशल मल्लको उत्कृस्ट बलिङ्ग 

खेलमा काठमाडौँ किंग्स-११ ले टस हारेर ब्याटिंग गर्दै २० ओभरमा १०० रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

टस हारेर ब्याटिंग गरेको काठमाडौँ किंग्स-११ ले अत्यन्त खराब सुरुवात गर्ने क्रममा पहिलो ४ विकेट ३७ रनको योगफलमै गुमाउन पुग्यो।

छैठौं ओभरमा कप्तान रोहन मुस्तफालाई शरद भेसावकरले बोल्ड गर्दै काठमाडौँको विकेट पतन सुरुवात गरेका थिए। त्यसको अर्को ओभरमा नरेश बुढायरलाई कुशल मल्लले बोल्ड गर्दै दोश्रो विकेट दिलाए भने त्यही ओभरमा ओ ब्रायन ठुलो सट खेल्ने चक्करमा लंगअनमा क्याच समातिन पुगे। मुस्तफाले ६, नरेशले २ रन बनाए भने केभिन खाता नखोली आउट भए।

६.३ ओभरमा २९/३ भएको काठमाडौँलाई अझ समस्यामा पार्न ११ औं ओभरको दोश्रो बलमा कुशल मल्लले व्यक्तिगत तेश्रो विकेट लिने क्रममा १३ रन बनाएर संघर्ष गरिरहेका अमित श्रेष्ठलाई क्याच आउट गराए। ३२ बलमा अमितले १ चौका मदतले १३ रन बनाएका थिए।

पाँचौ विकेटको लागि प्रदिप साहु र डेब्यु गरेका सन्दिप रजालीले ३३ रनको साझेदारी गरे। २५ रन बनाएका साहुलाई अविनाश बोहराले १५ औं ओभरमा आउट गरे। त्यसपछि ब्याटिंग गर्न आएका सोमपाल कामिले ७ रनमा रन आउट हुन पुगे।

Kushal Malla
Kushal Malla

ट्यालेन्ट हन्टबाट टिममा स्थान बनाएका रजालीले पनि २७ रन ( २६ बल , १ चौका र १ छक्का ) बनाएर रन आउट हुन पुगे। त्यसपछि नवौं नम्बरमा ब्याटिंगमा आएका राजु रिजाल १ रन बनाएर नबिदको बलमा बोल्ड भए। त्यसपछि तल्लो क्रममा जितेन्द्र मुखिया ( २ ) र संसाद शेख ( ० ) ले पनि योगफलमा खास योगदान दिन नसक्दा टिम २० ओभरमा १०० रनमा अल आउट भयो। सिद्धान्त लोहनी ४ रनमा अविजित रहे।

भैरहवाको बलिङ्गमा यु-१६ राष्ट्रिय क्रिकेटर रहीसकेका कुशल मल्लले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा २० रन खर्चिए। यस्तै मोहम्मद नबिदले २ विकेट ( ४-०-२०-२ ) लिए भने  अविनाश बोहरा ( ३-०-१६-१ ) , शरद भेसावकर ( २-०-४-१ ) ले १/१ विकेट लिए। काठमाडौँले ३ विकेट रनआउटको रुपमा गुमायो।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]