इपिएल लाइभ दिने विदेशी ब्रोडकाष्टरको घोषणा हुँदै, यो च्यानलको सम्भावना

फाल्गुन १७ देखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग ( इपिएल ) को तेश्रो संस्करणलाई पहिले भन्दा भव्य बनाउने दावी आयोजकले गरिरहेको छ। यो पटक प्रत्येक टिममा टेस्ट राष्ट्रको लागि खेलिसकेका खेलाडी अनिवार्य आइकोनिक खेलाडीको रुपमा समावेस गर्नुपर्ने घोषणा इपिएलले गरिसकेको छ। अर्को ठुलो आकर्षणको रुपमा आयोजकले पहिलो पटक प्रतियोगिताको विदेशी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने पनि बताएको छ।

इपिएल आयोजकले मंगलबार प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने विदेशी च्यानलको घोषणा गर्ने छ। आयोजकले दिउसो २ बजे सोल्टी होटलमा इपिएलको ग्लोबल ब्रोडकास्ट पार्टनर सार्वजनिक गर्ने बताएको छ।

कुन च्यानलले गर्ला लाइभ 

एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करण कान्तिपुर टिभीले प्रशारण गरेको थियो जसपछिको २ वटा संस्करण अन्नपूर्ण मिडियाको एपीवानले गरेको थियो। धनगढी प्रिमियर लिगको पनि प्रत्यक्ष प्रशारण एपीवानले गर्दै आएको छ। पोखरा प्रिमियर लिग हिमालय टिभीले देखाएको थियो।

विकेटनेपाललाई प्राप्त अपुस्ट जानकारी अनुसार बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, तथा गत वर्ष भारत,बंगलादेश र श्रीलंका सम्मिलित निधास ट्रफीको प्रशारण गरेको डी स्पोर्ट्सले इपिएलको प्रत्यक्ष प्रशारण गर्नेछ।

२०१७ देखि सुरु भएको डी सपोर्ट च्यानल भारत केन्द्रित च्यानल हो जसले क्रिकेट लगायत फुटबल, रेस्लिंग, गल्फ, रग्बी जस्ता खेलहरुको प्रत्यक्ष प्रशारण गर्दै आएको छ। धेरै नेपाली दर्शक डी स्पोर्ट्स भन्दा भारतीय सरकार च्यानल दुर दर्शनको डीडी स्पोर्ट्स पनि बुझेको पाइन्छ जुन गलत हो। डी स्पोर्ट्स डिस्कभरीको छुट्टै स्पोर्ट्स च्यानल हो।

विदेशी ब्रोडकाष्टरसंग सम्झौता कस्तो किसिमको हुने भने आज सम्झौता पछिनै थाहा हुनेछ। विदेशी च्यानल नेपाल आउदा ठुलो खर्च हुने गर्छ त्यसैले इपिएलले प्रत्यक्ष प्रशारण गरेबापत विदेशी ब्रोडकास्टरलाई मोटो रकम तिर्नुपरेको हुनसक्ने अनुमान गर्न सकिन्छ।

नेपालमा भने डी स्पोर्ट्स च्यानल लोकप्रिय च्यानल हैन त्यसैले डी स्पोर्ट्समा मात्र प्रशारण भए नेपाली दर्शकहरुलाई इपिएल हेर्न मुस्किल हुनसक्छ।

विदेशी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने सम्झौता हुँदा नेपाली च्यानलले प्रत्यक्ष प्रशारण गर्ने या नगर्ने भने प्रस्ट भएको छैन। अघिल्लो पटक जस्तो अंग्रेजीमा ९० प्रतिशत कमेन्ट्रि हुनेछ या दुइ च्यानलमा प्रत्यक्ष देखाएर नेपाली र अंग्रेजी दुवैमा प्रशारण गरिनेछ घोषणा पछि तय हुनेछ।

विदेशी ब्रोडकाष्टिङ हुँदा यो पटक नेपाली लिग निकै राम्रो स्तरमा हेर्न पाइने भने निश्चित छ। अघिल्लो सिजन इपिएल र डीपीएलको प्रत्यक्ष प्रशारण एपीवानले गर्दा २ वटा उच्चस्तरीय लेन्स भारतबाट ल्याइएको थियो जसले गर्दा क्रिजमा रहेका ब्याट्सम्यानहरुको दृश्य स्तरीय देखिएको थियो।

अघिल्लो पटक इपिएलमा विदेशी प्रस्तोता र कमेन्टेटर ल्याइएको थियो

गत वर्ष इपिएलले विदेशी कमेन्टेटर ल्याएको थियो भने अधिकांश कमेन्ट्रि अंग्रेजीबाट गरिएको थियो। यस्तै पहिलो पटक विदेशी चियरलिडर्सहरु समेत ल्याईएको थियो। प्रतियोगिताको व्यवस्थापनमा समेत विदेशी लिगमा काम गरिसकेका भारतीयहरुको संलग्नता रहेको थियो। यो पटक पनि त्यसैको निरन्तरता हुनेछ।

इपिएल आयोजकले अघिल्लो वर्ष मैदानमै पुगेर १ लाख दर्शकले खेल हेरेको र टिभी र अन्य श्रोत मार्फत ३० लाख जनाले खेल हेरेको दावी गरेको छ। यो पटक विदेशी च्यानलले प्रत्यक्ष प्रशारण गर्दा लिगका खेलहरु टिभीमा हेर्ने अन्तर्राष्ट्रिय दर्शकहरु पनि हुनेछन् जसले लिगलाई विश्वस्तरमा लान ठुलो भूमिका खेल्नेछ। यो कदम नेपाली खेलकुद जगतमै ठुलो प्रयोग हुनेछ।

यो पटक इपिएल मङ्सिर/पुस बाट फाल्गुनमा सारिएको छ। जाडो महिनामा आयोजना हुँदा दिन चाडै सकिने कारणले खेल बिहानै सुरु गर्नुपर्ने वाध्यता रहेको थियो। एकै दिन २ वटा खेल भएको दिन पनि अब खेल ढिला आयोजना गर्न सकिनेछ जसले खेल हेर्न पुग्ने दर्शकलाई राहत पुग्नेछ। यस्तै प्रतियोगिताको अवधिमा ३ वटा शनिवार पार्ने जसले गर्दा फ्यानहरुको संख्यामा अझ वृद्धि हुने आयोजकले विश्वास लिएको छ।

गत सिजन इपिएल ललितपुर पेट्रिएट्सले जितेको थियो

गत सिजन इपिएलको उपाधि ज्ञानेन्द्र मल्ल कप्तानीको टिम ललितपुर पेट्रिएट्सले जितेको थियो। अघिल्लो सिजनको टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका रिचर्ड लेभी पोखरा राइनोजबाट खेलेका थिए।यस्तै टेस्ट राष्ट्र आयरल्याण्डका पल स्टरलिङ्ग चितवन टाइगर्सबाट तथा आयरल्याण्डकै केभिन ओ ब्रायन काठमाडौँ किंग्स-११ बाट खेलेका थिए। टेस्ट राष्ट्र बाहेक नेदरल्याण्डका रोल्फ भानडर मर्वे, रायन टेन डोसेथे , पल भान मिकिरन खेलेका थिए। यस्तै युएईका रोहन मुस्तफा, मोहम्मद नबिद, हंगकंगका बाबर हायात जस्ता खेलाडी खेलेका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]