- विकेटनेपाल , १८ असोज – बिहिबार
एभरेस्ट प्रिमियर लिग टी-२० ( इपिएल ) को तेस्रो संस्करण डीसेम्बर ८ देखी २२ सम्म ( मङ्सिर २२ – पुष ७ ) काठमांडौमा आयोजना हुने भएको छ। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिताको अधिकारिक मिति घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा इपिएल निर्देशक आमिर अख्तरले यो पटक इपिएललाई भब्य बनाउन निम्न कुराहरु गरिरहेको बताएका छन् –
दर्शक बढाउन १३ बाट १५ दिन
यो पटक प्रतियोगिता १३ बाट बढाएर १५ दिन इपिएल आयोजना गर्नेछौ। १५ दिन बनाउदा उद्घाटन देखि फाइनलसम्म ३ वटा शनिबार पर्ने जसले गर्दा अझै धेरै दर्शकहरु मैदानमा उपस्थित हुने अपेक्षा छ। अझ सकभर प्लेअफ चरणको खेलहरु एक दिनमा एउटा मात्रै गर्ने समेत प्रयास गरिनेछ।
आईसीसी प्रभावित
क्रिकेट विकास, प्रबर्धन लगायत कुराहरु समाबेस गरेर ४६ पृष्ठ राखिएको अघिल्लो बर्षको इपिएल आयोजनाको बिभिन्न कोणबाट विश्लेषण गरिएको रिपोर्ट आईसीसीलाई पठाएका थियौ जसलाई हेरेर आईसीसीले पनि प्रभावित भएको जवाफ पठाएको छ। प्रतियोगितालाई आईसीसीको अनुमतिको लागि २० हजार डलर तिरीसकेका छौ र नोभेम्बरसम्म अनुमति पाईसक्ने बिश्वास छ।
राम्रो बिदेशी खेलाडी र बिदेशी प्रशिक्षक ल्याउन जोड
यो पटक बिदेशी खेलाडी राम्रो स्तरको ल्याउन जोड दिईरहेका छौ। जुन महिना देखिनै बिदेशी खेलाडी टिमहरुले घोषणा गरिसकेका छन्। बिदेशी खेलाडी मात्रै हैन बिदेशी प्रशिक्षक समेत ल्याउन प्रयास भइरहेको छ। बिदेशी प्रशिक्षकहरु आउदा त्यसले ग्लोबल रुपमा नेपाली क्रिकेट प्रस्तुत गर्नेछ।
कोहि राम्रो खेलाडीहरु पैसाको लागि मात्रै नभई नेपालमा केहि भइरहेको छ र दर्शकहरुको क्रेजको कारण पनि आउन चाहीरहेका छन्। दशैंसम्म बिदेशी खेलाडीहरुको घोषणा भइसक्नेछ। यो पटक बिदेशी खेलाडीहरुको लागि खेल बाहेक घुम्ने प्याकेजहरु समेत राख्नेछौ।
बिदेशी कमेन्टेटर
प्रतियोगितामा यो पटक बिदेशी अंग्रेजी कमेन्टेटर ल्याउन प्रयास गर्दैछौ र नाम चलेका व्यक्तित्वहरुलाई प्रतियोगिताको दौरान ल्याउने प्रयास गर्दैछौ। २०१६ देखि १७ को सिजनमा धेरै परिवर्तन गरेका छौ र २०१८ मा अझै मनोरंजनमा जोड दिंदैछौँ।
पुरस्कार हैन स्तर
पुरस्कार राशिको रेसमा हामि छैनौ। पहिला त्यो आकर्षक कुरा थियो होला तर म अब क्रिकेटको स्तर र मनोरंजनमा ध्यान दिने छौ। पुरस्कार राशि बढ्नेछ तर क्रिकेटको हिसाबले हेर्ने हो भने बिदेशी प्रशिक्षक हफ्ता दिन अगाडी आएर २०-२५ दिन नेपाल बस्ने हो भने प्राइज मनी भन्दा त्यो महत्वपूर्ण हुन्छ।
एभरेस्ट प्रिमियर लिगमा कुल ६ टोलिरहेका छन् जसमा चितवन टाईगर्स, बिराटनगर वारियर्स, भैरहवा ग्लाडीएटर्स, पोखरा राइनोज, काठमाडौँ किंग्स ११ र ललितपुर प्याट्रीएट्स रहेका छन्। पछिल्लो संस्करण जस्तै यो पटक पनि प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीहरु प्लेयिंग ११मा राख्नुपर्नेछ।
गत बर्ष फर्भेज महरुफ़, आसिफ अलि, बाबर हायात, अंशुमन रथ, योगेश नागर, पुनित मिश्रा जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिग खेलेका थिए। गत सिजनको फाइनलमा पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्लाडीएटर्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो।