नेपाली क्रिकेटको महाकुम्भ इपिएल टि-२० शनिवार देखि ( सम्पूर्ण जानकारी एकै ठाउँ )

  • विकेटनेपाल, मङ्सिर २०, बिहिवार 

शनिवारबाट राजधानीमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ( इपिएल ) टि-२० क्रिकेट सुरु हुँदैछ।

शनिवार प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो १ बजे पारस खड्का कप्तानीको विराटनगर वारियर्स र ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रीयट्स प्रतिस्पर्धा गर्दैछन्।  दुबै टोलि अघिल्लो संस्करणमा अन्तिम-४ मा पुगेका थिए भने विराटनगरले प्रतियोगिताको उपाधिनै उचालेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने प्रतियोगिताको प्रत्येक खेलको प्रत्यक्ष प्रशारण एपीवान एचडीले गर्नेछ भने नेपालफ्लिक्स एप मार्फत पनि हेर्न सकिनेछ। खेलको स्कोर अपडेट र अन्य एक्सक्लुसिभ अपडेट विकेटनेपालमा हुनेछ।

खेल हेर्न जाने साधारण दर्शकको लागि टिकट शुल्क १०० रुपैयाँ राखिएको छ भने बिद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिंदै ५० रुपैयाँ तोकिएको छ। दर्शकहरुले टिकट डिजीपे (DigiPay) को मोबाइल एप्प्लीकेसन/वेबसाईटबाट तथा मैदानमै पुगेर पनि पनि लिन सक्नेछन्।प्रतियोगिताका लागि दर्शकलाई मनोरन्जन प्रदान गर्न वेलायतबाट इन्डियन प्रिमियर लिगमा गरिसकेका ६ जना चियरलिडर्स नेपाल आएका छन्।

इपिएलको विजेता टोलि र अन्य टिम तथा उत्कृस्ट खेलाडीहरुले पाउने पुरस्कार बारे अहिलेसम्म आयोजकले घोषणा गरेको छैन।

प्रतियोगिताको फर्म्याट र खेल तालिका 

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

Fixture of TVS EPL 2018

प्रतियोगिताको समुह चरणमा प्रत्येक टिमले एक-अर्कासंग १-१ पटक खेलीसकेपछि अंकतालिकाको शिर्ष दुई हुने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् जुन खेलको बिजेता टोलि सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै समुह चरणमा तेश्रो र चौथो हुने टोलिले इलिमीनेटर खेल्नेछन् जसको विजेताले पहिलो क्वालीफायरको विजेतासंग दोश्रो इलिमीनेटर खेल्नेछ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ।

इपिएलमा सहभागी टिम र कप्तानहरु  

१. बिराटनगर वारियर्स ( कप्तान – पारस खड्का ) , २. भैरहवा ग्ल्याडीएटर्स ( कप्तान – शरद भेसावकर ) , ३. ललितपुर प्याट्रीएट्स ( कप्तान – ज्ञानेन्द्र मल्ल ) , ४. चितवन टाईगर्स ( कप्तान – पृथु बास्कोटा ) , ५. काठमाडौँ किंग्स-११ (  कप्तान – सोमपाल कामि ) , ६. पोखरा राइनोज ( कप्तान- कायल कोट्जर )

EPL 2018 Winner Trophy
इपिएल विजेताले पाउने ट्रफी

कुन टिममा को-को खेलाडी छन् ? 

काठमाडौं किंग्स ११ : सोमपाल कामी (कप्तान) , नरेश बुढाऐर, सिद्धान्त लोहनी, जितेन्द्र कुमार मुखिया, सागर पुन, राजु रिजाल, विक्रम कुमार भुषाल, अमरसिंह रौटेला, संसाद सेख, अमित श्रेष्ठ, नितेश थापा, पुरन विश्वकर्मा , बिदेशी खेलाडी : रोहन मुस्तफा (युएई), केभिन ओ ब्रायन (आयरल्याण्ड), प्रदिप साहु (भारत)

ललितपुर प्याट्रीएट्स : ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दिप लामिछाने, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुमित झा, सुन्दिप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामाङ, कमल खत्री , बिदेशी खेलाडी : सन्नी पटेल (भारत), गौरब तोमर (भारत), जयकिशन कोल्सावाल (भारत)

चितवन टाइगर्स : पृथु बास्कोटा (कप्तान), दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित सिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम, सागर ढकाल, आदिल खान, भिम सार्की, सन्दिप सुनार, अकाश थापा , बिदेशी खेलाडी : पल् स्टर्लिंग (आयरल्याण्ड), जोन् सिम्प्सन (इंग्ल्याण्ड), जर्ज स्कट (इंग्ल्याण्ड)

विराटनगर वारियर्स : पारस खड्का (कप्तान), बसन्त रेग्मी, अनिल कुमार साह, आशिफ सेख, आकाश विष्ट, हरिबहादुर चौहान, रामनरेश गिरी, प्रनित थापा, सुमित महर्जन, पुष्प थापा , बिदेशी खेलाडी : बाबर हयात (हंगकंग), स्मित पटेल (भारत), रोल्फ भान डर मर्वे (नेदरल्याण्ड), पल भान मिकिरिन (नेदरल्याण्ड)

भैरहवा ग्लाडीएटर्स : शरद भेषावकर(कप्तान), प्रदिप ऐरी, आरिफ सेख, रोहित कुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा , बिदेशी खेलाडी : मोहम्मद नबिद (युएई), रबि इन्दर सिंह, रायन टेन डोस्काटे (नेदरल्याण्ड)

पोखरा राइनोज : शक्ति गौचन, विनोद भण्डारी, सुशन भारी, सुनिल धमला, राजेश पुलामी मगर, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम शोब, नन्दन यादब , बिदेशी खेलाडी : कायल कोट्जर ( कप्तान ) (स्कटल्याण्ड) , रिचर्ड लेभी (दक्षिण अफ्रिका), पल् कोग्लिन (इंग्ल्याण्ड), सन्नी भिमसारिया (हंगकंग)

इपिएलको इतिहास 

सन् २०१६ बाट सुरु भएको एभरेस्ट प्रिमियर लिगको पहिलो सिजन टिमहरु लगानीकर्ताहरुको नामबाट खेलाईएको थियो। पहिलो संस्करण पन्चकन्या स्टिलको टिम शरद भेसावकर कप्तानीको पन्चकन्या तेजले जितेको थियो। उक्त प्रतियोगितामा बिशाल वारियर्स , जगदम्बा राइनोज, सगरमाथा लेजेन्डस, कलर्स एक्स-फ्याक्टर्स , पन्चकन्या तेज र कान्तिपुर गोर्खाज गरि ६ टोलिको सहभागिता रहेको थियो। प्रतियोगितामा खेलाडीहरुको चयन अक्सनबाट गरिएको थियो।

Biratnagar Warriors TVS EPL Champions
Biratnagar Warriors EPL Champions 2017

इपिएलको दोश्रो संस्करण २०१७ मा भने टिमको नामहरु बिभिन्न सहरहरुबाट राखिएको थियो। यही संस्करणबाट नेपाली क्रिकेटमै पहिलो पटक बिदेशी खेलाडीको रुपमा एक टिमले २ जना खेलाडी अन्तिम-११ राख्नै पर्ने अनिवार्य गरिएको थियो। श्रीलंकन राष्ट्रिय क्रिकेटर फर्भेज महरुफ़, हंगकंग राष्ट्रिय क्रिकेटर बाबर हायात, अंशुमन रथ जस्ता खेलाडीहरु तथा आइपीएल खेलेका पुनित बिस्ट जस्ता खेलाडीहरु २०१७ संस्करणमा खेलेका थिए। दोश्रो संस्करणको उपाधि पारस खड्का कप्तानीको टिम बिराटनगर वारियर्सले जितेको थियो।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]