आज हुँदैछ एभरेस्ट प्रिमियर लिगको ३ ठुलो घोषणा

  • विकेटनेपाल, २३ भदौ

बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग टि-२० प्रतियोगिता को आज महत्वपूर्ण घोषणाहरु हुँदैछ।

राजधानीको याक एण्ड यति होटलमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रम माझ ६ वटा टिम, टिम मालिक तथा ६ वटा टिमका मार्क्यु प्लेयरको घोषणा हुनेछ। हालसम्म मार्क्यु प्लेयर को र कस्तो हुनेबारे आयोजकले केहि खुलासा गरेको छैन।

प्रतियोगितामा सहभागी हुने ६ वटा टिम काठमाडौँ, ललितपुर, भैरहवा, बिराटनगर, बिरगंज र पोखरा सम्बन्धित हुने यस अघिनै आयोजकले बताईसकेको भएतापनि नाम भने खुलासा गरेको थिएन। सम्बन्धित टिमका मालिकहरुको समेत घोषणा भएको छैन।

विकेटनेपाललाई जानकारी प्राप्त भए अनुसार योपालि एभरेस्ट प्रिमियर लिगमा सहभागी ६ मध्ये एक टिम बाहेक सबैको मालिक उही हुनेछन्। यसपालि कान्तिपुर टिमले सहभागिता नजनाउने अपुस्ट जानकारी प्राप्त भएको छ।

एभेरस्ट प्रिमियर लिगमा खेलाडीहरुको चयन अक्सनद्वारा गरिनेछ। प्रत्येक टिममा १ जना मार्क्यु खेलाडी हुनेछ भने प्रत्येक टिमले ३ जना विदेश खेलाडीहरु अनिबार्य सहभागी गराउनु पर्नेछ ।

आमिर अख्तर ( ईपीएल निर्देशक )

मार्क्यु खेलाडी को हुने भन्ने कौतुहलता सबैमा रहेको छ जुन रहस्य दिउसोनै खुलासा हुनेछ ।

डिसेम्बरमा आयोजना हुने प्रतियोगिताको मिति सार्वजनिक भएको छैन ।

ईपीएल बिजेता टिमले नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी २१ लाख रुपियाँ प्राप्त गर्नेछ l राउण्ड रोबिन लिग फर्म्याटमा आयोजना गरिने प्रतियोगिताको सबै खेलहरु टियु क्रिकेट मैदानमा आयोजना हुनेछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न एपीवानसंग ३ बर्षे सम्झौता भइसकेको छ । एपीवान टेलिभिजनले प्रतिबर्ष १ करोड रुपियाँमा एभरेस्ट प्रिमियर लिगसंग प्रशारण अधिकार खरिद गरेको हो l नेपाली क्रिकेट इतिहासमै यो सबैभन्दा ठुलो प्रशारण सम्झौता हो l

सम्बन्धित –

 





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]