एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक ( फोटो फिचर )

  • विकेटनेपाल मङ्सिर-२०, बिहिवार

मङ्सिर २२ गते शनिवारबाट राजधानीमा सुरु हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि-२० को ट्रफी सार्वजनिक गरिएको छ। बिहिवार एक कार्यक्रमका बिच उपाधि बिजेताले प्राप्त गर्ने ट्रफी सहभागी ६ टिमका कप्तानहरुसंगै सार्वजनिक गरिएको हो।

ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी ६ टोलीका कप्तानहरु उपस्थित रहेका थिए। पारस खड्का ( विराटनगर वारियर्स ), शरद भेसवाकर ( भैरहवा ग्लाडीएटर्स ), ज्ञानेन्द्र मल्ल ( ललितपुर प्याट्रीयट्स ), सोमपाल कामी ( काठमाडौं किंग्स ११ ), पृथु बास्कोटा ( चितवन टाईगर्स ) र कायल कोट्जर ( पोखरा राइनोज ) ले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे।

इपिएल बिजेताको ट्रफी यस सिजन अघिल्लो पटकभन्दा फरक बनावटको बनाइएको छ।

९ तस्बिरमा हेर्नुहोस् एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक कार्यक्रम :- 

पारस खड्का ( विराटनगर वारियर्स )
पारस खड्का ( विराटनगर वारियर्स )
ज्ञानेन्द्र मल्ल ( ललितपुर प्याट्रीयट्स )
ज्ञानेन्द्र मल्ल ( ललितपुर प्याट्रीयट्स )
पृथु बाँस्कोटा ( चितवन टाइगर्स )
पृथु बाँस्कोटा ( चितवन टाइगर्स )
शरद भेसावाकर ( भैरहवा ग्लाडीएटर्स )
शरद भेसावाकर ( भैरहवा ग्लाडीएटर्स )
सोमपाल कामी ( काठमाडौं किंग्स ११ )
सोमपाल कामी ( काठमाडौं किंग्स ११ )
कायल कोट्जर ( पोखरा राइनोज )
कायल कोट्जर ( पोखरा राइनोज )

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

अन्तर्राष्ट्रिय स्टार खेलाडीहरु समेत सहभागी हुनेभएपछि इपिएलको चर्चा पछिल्लो समय थप चुलिएको छ। लिगमा एउटा टिमले प्लेयिंग-११ मा ३ जना बिदेशी खेलाडी राख्नैपर्ने र ३ जना खेलाडीलाई अन्तिम ११ मा पनि समाबेस गर्नुपर्ने नियम रहेको छ। त्यसै अनुरुप सम्पूर्ण टिमले बिदेशी खेलाडीहरुको नाम घोषणा गरिसकेका छन्।

एभरेस्ट प्रिमियर लिग खेल्ने बिदेशी खेलाडीहरु – 

केभिन ओ ब्रायन र रोहन मुस्तफा, प्रदिप शाहु (काठमाडौं किंग्स एघार) ,  रायन टेन डोस्काटे, मोहम्मद नाबिद र रबि इन्दर सिंह (भैरहवा ग्लाडीएटर्स) , सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स ) , पल स्टरलिङ्ग, जर्ज स्कट र जन सिम्प्सन ( चितवन टाइगर्स ) , रिचर्ड लेभी, कायल कोट्जर, पल कोग्लिन, सन्नी भिमसारिया ( पोखरा राइनोज ) , बाबर हयात, रोल्फ भान डर मर्वे र पल भान मिकिरिन ( बिराटनगर वारियर्स )

प्रतियोगितामा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ। इपिएलको अघिल्लो संस्करणको उपाधि पारस खड्काको टिम बिराटनगर वारियर्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्लाडीएटर्सलाई पराजित गरे जितेको थियो।

 





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]