EPL : पोखरा बिरुद्ध इतिहासकै विशाल जित दर्ता गर्दै चितवन फाइनलमा

पोखरा राइनोज बिरुद्ध एभरेष्ट प्रिमियर लिग इतिहासकै ठूलो जित दर्ता गर्दै चितवन टाइगर्स पहिलो पटक एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टीको फाइनलमा प्रवेश गरेको छ। हार पछि पोखराले फाइनल पुग्ने दोश्रो मौका पाउनेछ। पोखराले बुधबार खेलिने दोश्रो इलिमीनेटरमा बिहिबार आजको काठमाडौँ किंग्स-११ र भैरहवा ग्ल्याडीएटर्स बीचको पहिलो इलिमीनेटरको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ। शनिवार हुने फाइनलमा चितवन टाइगर्सले दोश्रो इलिमीनेटरको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न लिगको पहिलो क्वालीफायरमा चितवन टाइगर्सले ९ विकेटको सहज जित दर्ता गर्यो। पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले मात्र ७.५ ओभरमा भेटायो। ७३ बल बाँकी रहँदै हात पारेको जित लिग इतिहासकै बल बाँकी रहेको आधारमा सबैभन्दा विशाल जित हो। यस अघि यो रेकर्ड ललितपुर पेट्रिएट्सको नाममा रहेको थियो जसले २०१८ मा काठमाडौँ किंग्स-११ ले दिएको ११० रनको लक्ष्य ५७ बल बाँकी रहँदै जितेको थियो।

६७ रनको लक्ष्य पछ्याउने क्रममा चितवन टाइगर्सका ओपनर मोहम्मद शहजादले सर्वाधिक ४८ रन बनाए जुन क्रममा २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। चितवनबाट डेब्यु गरेका हसिम अन्सारीले अविजित १४ तथा करिम जनतले अविजित ४ रन बनाए। शहजाद र अन्सारीले ६३ रनको ओपनिंग साझेदारी गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको पोखरा १५ ओभरमा ६६ रनमै समेटिन पुगेको थियो। लिग इतिहासकै यो सबैभन्दा कम योगफल हो। यस अघि सबैभन्दा कम योगफलको रेकर्ड पोखरा राइनोज र बिराटनगर वारियर्सको नाममा थियो। गत सिजन २०१८ मा पोखराले ८४ रन मात्र बनाएको थियो भने लक्ष्य पछ्याउने क्रममा बिराटनगर पनि ८४ रनमै समेटिए पछि खेल टाई भएको थियो।

काठमाडौँको ब्याटिंगमा ओपनर रिचर्ड लेभीले सर्वाधिक १९, सुनिल धमलाले १८ तथा सुशन भारिले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो विकेटको लागि लेभी र धमलाले ३३ रनको साझेदारी गरेका थिए। पाँचौ ओभरमा लेभीलाई सोमपालले बोल्ड गरेपछि लगातार विकेट गुमाएको पोखराले ३३/१ बाट थप ३३ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुयो।

चितवन टाइगर्सको बलिंगमा देब्रे हाते स्पिनरद्वय सागर ढकाल र शाहब आलमले समान ४ विकेट तथा सोमपाल कामि र करिम जनतले समान १ विकेट लिए। ढकालले ४ ओभरमा १४ रन तथा प्लेयर अफ द म्याच चुनिएका आलमले ४ ओभरमा मात्र १० रन खर्चिए।

खेलमा ४ विकेट लिएसंगै सागर ढकाल ईपीएल इतिहासमा एकै सिजन सर्वाधिक विकेट लिने बलर बनेका छन्। यस अघि एकै सिजन सर्वाधिक विकेट लिने रेकर्ड संयुक्त रुपमा सुशील कंडेल, बसन्त रेग्मी, इस्राउल्लाह र मोहम्मद नभिदको नाममा रहेको थियो जसले एकै सिजन समान १२ विकेट लिएका थिए।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]