EPL : आज दुईवटा खेल हुँदै, बिराटनगरलाई गर या मरको अवस्था

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग ( ईपीएल टि-२० ) अन्तर्गत शनिवार दुई खेल हुँदैछन्।

दिनको पहिलो खेलमा ९:३० बजे बिहान शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ तथा दोश्रो खेलमा दिउसो १:३० बजे करन केसी कप्तानीको बिराटनगर वारियर्स र बिनोद भण्डारी कप्तानीको पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन्।

३ खेलमा ४ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा रहेको भैरहवा आज जित दर्ता गर्दै अंकअलिकामा शिर्ष स्थानमा रहेर प्लेअफ प्रवेश सुनिस्चित गर्न चाहन्छ। पछिल्लो खेलमा ललितपुरसंग ‘टाई’ नतिजा ल्याएको भैरहवा जस्तो सुकै परिस्थितिमा जित्न सक्ने आत्मविश्वास बोकेको छ। अर्कोतर्फ २ खेलमा १ जित र १ हार पछि २ अंक रहेको काठमाडौँ पनि दोश्रो जित दर्ता गर्दै उत्कृस्ट-४ मा प्रवेश चाहन्छ। डिफेन्डिङ च्याम्पियन ललितपुर बिरुद्ध शानदार जित दर्ता गर्दै प्रतियोगिता सुरु गरेको काठमाडौँ चितवनसंगको ३ विकेटको हार पछि पुनः लय चाहन्छ।

अंकतालिका

लिग अंकतालिकामा तिन वटै खेलमा हार पछि अंकविहिन एक मात्र टोलिको रुपमा रहेको बिराटनगर वारियर्सले प्ले अफ सम्भावना जीवित राख्न आज जित्नै पर्ने आवस्यकता छ। जित्न बिर्सेका कप्तान करनले आज सुत्र पत्ता लगाउनु पर्नेछ। ३ खेलमा ३ अंक बटुलेको पोखराको भने जितले प्लेअफ यात्रा सहज बन्न सक्छ। चितवनसंग सहज पराजय पछि कमजोर देखिएको ब्याटिंगमा सुधार गर्नुपर्ने आवस्यकता भण्डारी कप्तानीको टिमको रहेको छ।

मौसम पूर्वानुमान अनुसार आजको दिन घमाइलो नरहेता पनि वर्षाको सम्भावना कम रहेको छ त्यसैले दुवै खेल पुरा हुने आशा छ। दिउँसो हल्का वर्षा हुने सम्भावना भनेछ। हिजोको जस्तै विहान बाँदल र बेलुका आकाश खुल्दै जान सक्ने अनुमान छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy