EPL : आज उद्घाटन, सन्दिप र कुशलको ईपीएल कप्तानी डेब्यु, अफ्रिदी मैदान उत्रने

एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) टि-ट्वान्टीको चौंथो संस्करण आज सुरु हुँदैछ। दिउसो १२:१५ बजे सुरु हुने उद्घाटन खेलमा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ र कुशल भुर्तेल कप्तानीको डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गर्दैछन्।

ललितपुर पेट्रिएट्स : गत सिजनको प्रदर्शन, कमजोर र बलियो पक्ष 

ललितपुर पेट्रिएट्स टिम : कुशल भुर्तेल( कप्तान ),सुर्य तामांग, पवन सर्राफ, सन्दिप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई(✈️), ओशाडा फर्नान्डो(✈️), शनदुन विराक्कोडी (✈️)र मिक्यो दोर्जी (✈️)

गत सिजन : गत सिजनको लिग विजेता टिम ललितपुर लिग चरणमा पनि ५ खेलमा ४ जित र १ हार व्यहोर्दै शिर्ष स्थानमा रहेर प्लेअफ प्रवेश गरेको थियो। पहिलो खेलमा बिराटनगरसंग ३ विकेटले पराजित भए पछि उत्कृस्ट पुनरागमन गर्ने क्रममा उसले लगातार ४ खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको थियो। पहिलो क्वालीफायरमा काठमाडौं किंग्स-११ लाई १ विकेटले पराजित गर्दै फाइनल पुगेको उसले उपाधि जित्ने क्रममा भैरहवालाई १४ रनले पराजित गरेको थियो।

कस्तो छ टिम : डिफेन्डिङ च्याम्पियन ललितपुर टिम यो पटक पनि सन्तुलित देखिएको छ। टिमको माथिल्लो क्रमको ब्याटिंगमा कुशल भुर्तेल, ओशाडा फर्नान्डो, शन्दुन विराक्कोडी, शंकर राना, बिभत्सु थापा जस्ता खेलाडीहरु छन्। अर्कोतर्फ मध्यक्रममा तथा फिनिसरको रुपमा सन्दिप जोरा, पवन सर्राफ, योगेन्द्र सिंह कार्की, सोनु तामांग जस्ता खेलाडीहरु ठूलो सट खेल्न सक्षम छन्। टिमको फास्ट बलरको रुपमा अफगानिस्तानका ओमरजाई , राशिद खान, नारायण जोशी, कमल खत्री, नागराज सिंह जस्ता बलर छन्। योगेन्द्र र सोनुले मिडियम पेसरको भूमिका निभाउन सक्छन्। ललित राजबंशी, सुर्य तामांग र अरियो पौडेल स्पिन पक्ष सम्हाल्न सक्छन्।

बलियो पक्ष : टिमको ब्याटिंग यो सिजन पनि बलियो देखिएको छ। दुई श्रीलंकन ब्याट्सम्यान ओशाडा फर्नान्डो र शन्दुन विराक्कोडीले श्रीलंकाको लागि खेलीसकेको अनुभव छ जसले टिमको माथिल्लो क्रमलाई बलियो बनाउनेछन्। अर्कोतर्फ कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल पनि माथिल्लो क्रममा बिपक्षी टिमका बलरहरुले खेल जित्न ललितपुरको माथिल्लो क्रमलाई तोड्न जरुरि हुन्छ। त्यस्तै मध्यक्रममा सन्दिप जोरा र योगेन्द्र सिंह कार्की भरपर्दो नाम हो भने पवन सर्राफ र सोनु तामांग तल्लो मध्येक्रममा आक्रामक सट खेल्न सक्छन छन्। राशिद खान र ओमरजाई पनि तल्लो क्रममा लामो सट खेल्न सक्षम छन्। यसैले ललितपुरले यो सिजन सफलतामा ब्याटिंगले महत्वपूर्ण भूमिका निभाउन सक्नेछ।

कमजोर पक्ष : पहिलो पटक कप्तानी गर्ने क्रममा कुशल भुर्तेलसंग अनुभव कम रहेको छ जसलाई कप्तानको रुपमा जम्न समय लाग्न सक्छ। टिमको फास्ट बलिंग पक्ष थोरै कमजोर छ भने अनुभवको कमि छ। अफगानिस्तानका ओमरजाईले अफगानिस्तानको लागि मात्र एक खेल खेलेका छन् भने उनको पछिल्लो खेलहरुको प्रदर्शन हेर्दा विकेट निकाल्न सकीरहेका छैनन्। २१ वर्षीय खेलाडीको टि-२० बलिंग औशत ३१.८७ रहेको छ भने १० खेलमा मात्र ८ विकेट लिन सकेका छन्। अर्कोतर्फ नेपालको लागि एउटा मात्र टि-२० अन्तर्राष्ट्रिय खेलेका दायाँ हाते पेसर राशिद खान पनि पछिल्लो समय लयमा छैनन् र विकट निकाल्न संघर्ष गरिरहेका छन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत उनि अटाउन असफल थिए। मिडियम पेसर योगेन्द्र सिंह कार्की तेश्रो पेसरको रुपमा हुनेछन् जो सुरुवातमा विकेट निकाल्न भन्दा मध्यम ओभरमा कसिलो बलिंग गर्न सक्षम छन्।  पेसर कमल खत्री या नारायण जोशी संग कम अनुभव छ। टियु मैदानको पछिल्लो समय विकेट स्पिनरलाई मद्दत गर्ने खालको नहुँदा राम्रो पेसर टिममा हुनु अत्यावश्यक छ जसले सुरुवाती स्पेलमै विकेट निकालेर दिन सकुन्। राष्ट्रिय क्रिकेटर सर्राफ र राजबंशीले स्पिन पक्षको नेत्रित्व सम्हाल्नेछन्। सुर्य तामांग, अरियो पौडेल कम अनुभवी स्पिनर हुन्।

सम्भावित ११ : कुशल भुर्तेल(कप्तान ), शन्दुन विराक्कोडी (✈️), ओशाडा फर्नान्डो (✈️), सन्दिप जोरा, योगेन्द्र सिंह कार्की, पवन सर्राफ, सुर्य तामांग, नारायण जोशी/कमल खत्री,सुर्य तामांग, अज्मतुल्लाह ओमरजाई (✈️), ललित राजबंशी, राशिद खान

काठमाडौं किंग्स-११ : गत सिजनको प्रदर्शन, कमजोर र बलियो पक्ष 

काठमाडौं किंग्स-११ टिम : सन्दिप लामिछाने ( कप्तान ) , अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी(✈️), जनक प्रकाश(✈️), रायन बर्ल(✈️), रहमनुल्लाह गुर्बज (✈️)

गत सिजन : पछिल्लो सिजन २०१८ मा काठमाडौँ किंग्स-११ लिग अंक तालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्न सफल रहेको थियो। पहिलो र दोश्रो क्वालिफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदै टिमको यात्रा समाप्त भएको थियो। ईपिएलमा ६ वटा टोलिको सहभागिता रहनेछ।

कस्तो छ टिम : स्टार क्रिकेटर सन्दिपको टिममा विश्वप्रसिद्ध पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी छन् जसले लिगको सुरुवाती २ खेल खेल्नेछन्। टिममा ब्याट्सम्यानको रुपमा सुबास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी छन्। टिमका अन्य तिन विदेशी खेलाडी अफगानिस्तानका रहमनुल्लाह गुर्बज, जिम्बाब्वेका रायन बर्ल र सिंगापुरका जनक प्रकाशको उपस्थितिले टिमलाई सन्तुलन प्रदान गर्छ। गुर्बज विकेटकिपर ब्याट्सम्यान हुन् जो ओपनिंग ब्याटिंग गर्ने गर्छन्। बर्ल र प्रकाश तल्लो क्रममा आक्रामक ब्याटिंग गर्न सक्छन् भने बर्ल लेग स्पिन तथा प्रकाश राम्रो मिडियम पेसर हुन्। बलिंग पक्ष हेर्दा टिममा कप्तान सन्दिप पछि अफ्रिदीको उपस्थितिले सुरुवात दुई खेलमा बिपक्षी ब्याट्सम्यानलाई सहज पक्कै हुनेछन्। यस्तै राष्ट्रिय टिमका उदयमान पेसर गुल्सन झा, आकाश चन्द, मिस्ट्रि स्पिनर शेर मल्ल तथा देब्रे हाते स्पिनर संसाद शेख र दिपेन्द्र रावत टिममा छन्। अलराउण्डर अमर सिंह रौटेला मिडियम पेस बलिंग र ब्याटिंग दुवैमा राम्रो योगदान दिन सक्षम छन्।

बलियो पक्ष : किंग्स-११ को बलियो पक्ष राम्रा अलराउण्डरहरुको उपस्थिति हो जसले टिम सन्तुलनमा सहज बनाउछ। पाकिस्तान स्टार शाहिद अफ्रिदी, जिम्बाब्वेका रायन बर्ल र सिंगापुरका जनक प्रकाशका साथै गुल्सन झा, अमर सिंह रौटेला, शेर मल्ल, सिद्धान्त लोहनी सबै ब्याटिंग र बलिङ्ग दुवैमा राम्रो गर्न सक्छन्। लेग स्पिनर अफ्रिदी ब्याटिंग र बलिंग दुवैबाट खेल परिवर्तन गर्ने क्षमता राख्नेगर्छन। यस्तै ३४ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका बर्ल पनि फिनिसरको भूमिकामा उत्कृस्ट छन्। जनक प्रकाश पनि आक्रामक ब्याटिंग गर्न सक्छन्। देब्रे हाते गुल्सन झाको ब्याटिंग क्षमता नेपालको ओमान भ्रमणमा देखिएको छ जो माथिल्लो क्रममा ब्याटिंग गर्दै आक्रामक सट खेल्दै रन गति बढाउन सक्षम छन्। आक्रामक फिनिसर लोहनिले लेग स्पिन बलिंगबाट पनि विकेट लिने क्षमता राक्छन्। रौटेलाको अलराउण्ड क्षमता परिचित छ जसले किफायती बलिंग र जिम्मेवार ब्याटिंग गर्न सक्छन्।

कमजोर पक्ष : टिममा नेपाली खेलाडीहरु बलिया छैनन्। विदेशी खेलाडीहरुको उपस्थितिले टिम मजबुत देखिएता पनि टिममा राष्ट्रिय टिममा नियमित सन्दिप लामिछाने बाहेक अन्य खेलाडीनै छैनन् जुन टिमको कमजोर पक्ष हो।  घरेलु क्रिकेटका सफल ब्याट्सम्यान अमित श्रेष्ठ राम्रो लयमा छैन्। टि-२० मा सुबास खकुरेल राष्ट्रिय टिमबाट बाहिर हुँदा म्याच अभ्यास छैन भने टि-२० मा उनको प्रदर्शन लोभलाग्दो हुने गर्दैन। राजु रिजालको पनि अवस्था उही छ जसले आफुलाई ब्याटिंगमा ठूलो नाम बनाउन सकेका छैनन्। सिद्धान्त लोहनीले पाएको परिचय विस्फोटक ब्याट्सम्यान आफैले बिर्सीसकेका छन्। शेर मल्ल, गुल्सन झा जस्ता खेलाडीहरुले भरपर्दो खेलाडीको परिचय बनाएका छैनन्। संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द जस्ता खेलाडीहरुसंग ठूलो स्तरमा नकै कम अनुभव छ। टिमको बलिंग पक्ष पनि कमजोर देखिन्छ। गुल्सनसंग अनुभवको कमि छ भने देब्रे हाते स्पिनर संसाद, दिपेन्द्र तथा पेसर आकाश चन्द माथिल्लो स्तरका बलर हैनन्। विदेशी खेलाडीको उपस्थितिले टिम सन्तुलित देखिएता पनि टिमले प्रतियोगिता जित्न नेपाली नामहरुले योगदान दिनै पर्नेहुन्छ।

सम्भावित ११ : रहमनुल्लाह गुर्बज ( विकेटकिपर ) , सुबास खकुरेल, अमित श्रेष्ठ, रायन बर्ल, शाहिद अफ्रिदी, अमर सिंह रौटेला, सिद्धान्त लोहनी, जनक प्रकाश, गुल्सन झा, सन्दिप लामिछाने( कप्तान ), संसाद शेख





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]