इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि कोशीबाट आस्था कलेज छनोट

आगामि माघ २३ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पिनसीपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ।

इटहरीस्थित जनता क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा आस्था कलेजले सुष्मा गोदावरीलाई ७ विकेटले पराजित गरेको हो। फाइनलमा सुष्मा गोदावरीले दिएको ६३ रनको लक्ष्य आस्थाले ५. ४ ओभरमा ३ विकेट मात्र गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा आस्थाको लागि भुपाल दंगालले मात्र १२ बलमा ३२ रन बनाए भने सौजन घिमिरेले ११ बलमा १४ रन बनाए। गोदावरीका नाजिर आलमले २ विकेट लिए।

टस जितेर ब्याटिंग गरको सुष्मा गोदावरीले निर्धारित १० ओभरमा ६२ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि नजिर आलमले २० तथा अन्जुल मेहताले १६ रन बनाए। आस्थाको बलिंगमा प्लेयर अफ द फाइनल घोषित सौजन घिमिरेले ३ विकेट लिए।

छनोटको उपाधि सहित आस्थाले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।

कोशी प्रदेश छनोट प्रतियोगितामा कुल छ टिम सहभागी थिए। सुष्मा गोदावरी, कस्तुरी कलेज, आस्था कलेज, इटहरी नमुना, नवादिप एकेडेमी, मेरील्याण्ड कलेज सहभागी थिए।

यस अघि सम्पन्न बागमती प्रदेश छनोटबाट अर्किड कलेजले काठमाडौँ यात्रा तय गरिसकेको छ। प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ। त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुष २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुष २६ गतेबाट, दोश्रो बागमती प्रदेश छनोट काठमाडौँमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ। माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]