जितको पर्खाईमा चितवन र पोखरा, सहज छैन बिराटनगर र काठमाडौँको यात्रा

  • विकेटनेपाल, मङ्सिर २७ – बिहिबार

काठमाण्डौमा जारी एभरेष्ट प्रिमियर लिग टि-२० ( इपिएल ) क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार हुने खेलहरुमा बिहान ९ बजे विराटनगर वारियर्सले चितवन टाईगर्स तथा दिउसो १२:४५ बजे पोखरा राइनोजले काठमाण्डौ किंग्स ११ को सामना गर्दैछन्। बुधबार कुनै खेलहरु थिएनन्।

टिमहरुको हालसम्मको प्रदर्शन

सिंगल राउण्ड-रोबिन फर्म्याट अन्तर्गत जारि प्रतियोगिता अन्तर्गत शीर्ष स्थानमा रहेको ललितपुर प्याट्रीयट्सले ४ वटा तथा काठमाण्डौ किंग्स ११ ले २ वटा बाहेक अन्य सबै टोलीले समान ३-३ खेल खेलेका छन्। ललितपुरले ४ खेलमा ३ जित र १ हार बेहोरेको छ र ६ अंक सहित शिर्ष स्थानमा रहेको छ।

यस्तै अहिलेसम्म खेलेका ३ वटै खेलमा अपराजित रहेको भैरहवा ग्लाडीएटर्स ६ अंक भए पनि ललितपुरसंग नेट रन रेटमा पछि गर्दै दोस्रो स्थानमा रहेको छ। ३ खेलमा २ जित र १ हार सहित विराटनगर वारियर्स ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। २ खेलमा १ जित र १ हार सहित २ अंक भएको काठमाण्डौ किंग्स ११ चौथो स्थानमा रहँदा अंक बिहिन चितवन टाईगर्स र पोखरा राइनोज क्रमश पाँचौ र छैठौं स्थानमा रहेका छन्।

अंकतालिका 

प्रतियोगितामा शीर्ष ४ टोलि दोस्रो चरण अर्थात प्लेअफमा प्रवेश गर्ने नियम रहेको छ। अंकतालिकाको शीर्ष दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् जसको बिजेता टोलि फाइनल प्रवेश गर्नेछ। पहिलो क्वालिफायरमा पराजित बन्ने टोलीले भने अंकतालिकामा तेस्रो र चौथो स्थानको दुई टोलि बिच खेलिने एलिमिनेटरको बिजेतासँग दोश्रो क्वालीफायर खेल्ने छ जो फाइनल प्रवेश गर्नेछ।

चितवनको अझै छ आशा ( बिराटनगर वारियर्स Vs चितवन टाइगर्स ) 

ललितपुर प्याट्रीएट्स, काठमाडौँ किंग्स ११ तथा भैरहवा ग्ल्याडीएटर्ससंग पराजित भए पनि चितवन निकै कमजोर टिमको रुपमा भने देखिएको छैन। ललिपुरसंग ११ रनले तथा भैरहवासंग १२ रनले पराजित भएको चितवनले काठमाडौँ संग १६० रनको योगफल बनाउदा पनि पराजित भएको थियो। राम्रो खेलको बाबजुत पराजित भएको चितवन अब गल्ति नदोहोर्याउने पक्षमा रहेको छ।

चितवनले यदी बिराटनगरलाई पराजित गर्न सक्यो र अन्तिम खेलमा पोखरा राइनोजलाई पनि पराजित गर्यो भने अन्तिम ४ पुग्ने सम्भावना जिवितै रहेको छ। पल स्टरलिङ्ग र दिपेन्द्र ऐरि जस्ता खेलाडीहरु ठिक-ठाक लयमा छन् जसले एक्लो दममा खेल जिताउने क्षमता राख्छन्। स्टरलिङ्गले भैरहवासंग ३८ रन र काठमाडौँसंग ३४ रन बनाएका छन् तर ठुलो योगफल परिणत गर्न सकेका छैनन् भने बलिङ्गमा पनि उनले ३ वटै खेलमा १ विकेट लिएका छन्। उता दिपेन्द्र ऐरिले ललितपुरसंग ४१ र काठमाडौँसंग ४५ रन बनाएर आफ्नो लय देखाएका छन्।

इंग्ल्याण्डका क्रिकेटर जर्ज स्कटले बलिङ्गमा राम्रो लय देखाएका छन् भने सागर ढकाल र शाहब आलमले मध्यम प्रदर्शन गर्दा ललित सिंह भण्डारी र कमल ऐरिको फर्म टिमको चिन्ता बनेको छ।

बिराटनगरको चिन्ता ब्याटिंग 

उता पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले भने ३ खेल मध्ये २ जित र १ हार बेहोरे पनि टिमले सोचे अनुरुप प्रदर्शन भने गर्न सकेको छैन। ३ वटै खेलमा बिराटनगरको ब्याटिंग पक्ष कमजोर देखिएको छ।

पहिलो खेलमा बिराटनगरले ललितपुरले दिएको १०५ रनको लक्ष्य पछ्याउन १९.५ ओभरमा ७ विकेट गुमाएको थियो भने दोश्रो खेलमा पोखरा राइनोजले दिएको ८५ रन पछ्याउने क्रममा ८४ रनमा अलआउट हुँदै सुपर ओभरमा खेल जितेको थियो। त्यसपछि भैरहवासंग पराजित हुँदा पनि बिराटनगरले पहिलो इनिंगमा ९१ रन मात्रै बनाउन सकेको थियो जसपछि ९२ रन भैरहवाले ६ विकेट गुमाएर १९.४ ओभरमा पछ्याएको थियो।

Sumit Maharjan
Sumit Maharjan

बिराटनगरको लागि करन केसीले बलिङ्ग र ब्याटिंगमा योगदान दिंदै जितमा अहम योगदान दिएका छन् भने कप्तान पारस खड्का, अनिल साह, आसिफ शेखको फर्म चिन्ताको बिषय रहेको छ। हंगकंग खेलाडी तथा गत बर्ष प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका बाबर हायातको आगमनले बिराटनगरले ब्याटिंगमा मजबुतीको आशा गरेको छ तथापी भैरहवासंगको खेलमा बाबर ६ रनमै आउट भएका थिए।

बलिङ्ग पक्षमा भने बिदेशी खेलाडीहरु रोल्फ भान डर मर्वे र पल भान मिकीरनले राम्रो प्रदर्शन गरिरहंदा बसन्त रेग्मी र करन केसीले पनि उतिकै राम्रो साथ दिईरहेका छन्। ब्याटिंग पक्षमा सुधार गर्ने हो भने बिराटनगर प्रतियोगितामा निकै बलियो टिम भएर आउने स्वाभाविक रहेको छ।

पोखरा भाग्य फर्किने आशामा, सजिलो छैन काठमाडौँलाई 

 

प्रतियोगिताको पहिलो खेलमा भैरहवासंग २१५ रनको योगफल बनाउदा पनि पराजित हुन परेको पोखराले त्यसपछि दोश्रो खेलमा ललितपुरसंग पनि १६६ रनको योगफल बचाउन सकेन। तेश्रो खेलमा ब्याटिंग नचल्दा ८४ रन मात्रै बनाए पनि बिराटनगर बिरुद्ध राम्रो बलिङ्ग गरेको राइनोजले सुपर ओभरमा खेल गुमाउनु परेको थियो।

अब बाँकी रहेको २ खेलमा काठमाडौँ र चितवनको सामना गर्ने पोखराले दुवै जितको कामना गर्नेछ र प्ले अफ सम्भावना जीवित राख्न चाहन्छ।

Richard Levi ( Photo - Pokhara Rhinos )
Richard Levi ( Photo – Pokhara Rhinos )

रिचर्ड लेभी जस्ता एक्लो दममा खेल जिताउन सक्ने खेलाडी पोखराको बलियो पक्ष हो भने अन्य २ बिदेशी खेलाडी कप्तान कायल कोट्जर र पल कोग्लिनको प्रदर्शनले टिमलाई मजबुत बनाउने गर्छ। लेभीले पहिलो खेलमा भैरहवासंग ७९ रन तथा दोश्रो खेलमा ललितपुरसंग ८४ रन बनाएका थिए।

अर्का भरपर्दा खेलाडी सुनिल धमला अस्वस्थ रहनु टिमको लागि तेश्रो खेलमा घातक बन्यो जो खेल्नु आगामी खेलमा महत्वपूर्ण रहनेछ। बलिङ्गमा भने शक्ति गौचन फर्ममा नरहनु टिमको चिन्ताको बिषय बनेको छ भने सुशन भारि र बिक्रम सोब र बिपिन खत्रीले राम्रो प्रदर्शन गर्नु सुखद पक्ष हो।

Kevin O Brian
Kevin O Brian

उता सोमपाल कामि कप्तानीको काठमाडौँले पहिलो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो भने दोश्रो खेलमा ललितपुरसंग भने १० विकेटको पराजय बेहोरेको थियो।

आईपीएल खेलीसकेका लेग स्पिनर प्रदिप साहु, आयरल्याण्ड स्टार खेलाडी केभिन ओ ब्रायन, युएई कप्तान रोहन मुस्तफा तथा भारतीय खेलाडी सुब्रमन्यन आनन्द जस्ता बिदेशी खेलाडीको उपस्थितिले टिम बलियो बनेको छ। साहुले चितवनलाई पराजित गर्दा ३ विकेट लिएका थिए भने सोहि खेलमा आनन्दले विस्फोटक इनिंग खेल्दै ४३ रन बनाएर प्लेयर अफ द म्याच भएका थिए। उता केभिन ओ ब्रायनले ललितपुरसंग हारेको खेलमा ४२ रन बनाएका थिए।

टिममा अर्का बिदेशी खेलाडी रोहन मुस्तफाको आगमनले पोखरासंगको खेलमा प्रदिप साहु र सुब्रमन्यन आनन्द मध्ये १ खेलाडी बाहिर राख्नु पर्ने निश्चित छ।

टिमको ब्याटिंगमा अमित श्रेष्ठ, सागर पुन, नरेश बुढायर, राजु रिजाल जस्ता ब्याट्सम्यानहरुको फर्मले आगामी दिनमा टिमको सफलतामा धेरै निर्भर गर्नेछ। यस्तै बलिङ्ग पक्ष रोहन मुस्तफाको आगमनले अझ मजबुत गर्नेछ। कप्तान सोमपाल कामि, सागर पुन, रोहन मुस्तफा, केभिन ओ ब्रायन, अमर सिंह रौटेला, सुब्रमन्यन आनन्द जस्ता अलराउण्डरहरु हुनुले टिमलाई बलियो बनाएको छ।

आउँदो खेलहरु :

शुक्रवार: बिराटनगर वारियर्स बिरुद्ध चितवन टाइगर्स ( बिहान ९ बजे )  पोखरा राइनोज बिरुद्ध काठमाण्डौ किंग्स ११ ( दिउँसो १ बजे )
शनिवार: भैरहवा ग्लाडीएटर्स बिरुद्ध काठमाण्डौ किंग्स ११ ( बिहान ९ बजे ) , चितवन टाइगर्स बिरुद्ध पोखरा राइनोज ( दिउँसो १ बजे )
आइतबार : ललिपुर प्याट्रीयट्स बिरुद्ध भैरहवा ग्लाडीएटर्स ( दिउँसो १ बजे )
सोमबार : काठमाण्डौ किंग्स ११ बिरुद्ध बिराटनगर वारियर्स ( दिउँसो १ बजे )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]