इक्वालिटि कप : सिरहा र मोरङ विजयी

२०८१ चैत्र १९, बुधबार १९:२६

ग्रासरुट तथा महिला सहभागिता अभिबृद्धिको लागि नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको चौथोँ संस्करणको ‘प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न खेलहरुमा सिरहा र मोरङ विजयी भएका छन्। यो संगै प्रतियोगिताको लिग चरणको खेलहरु पनि समाप्त भएका छन्।

अंकतालिकामा सबै तिन खेलमा जित दर्ता गरेको मोरङ ६ अंक सहित शिर्ष स्थानमा रहेर फाइनल यात्रा तय गर्न सफल भयो। यस्तै ३ खेलमा २ जित र १ हार बेहोरेको सप्तरी ४ अंक सहित दोश्रो स्थानमा रहेर फाइनल पुग्यो। सिरहाले १ जित दर्ता गर्दै २ अंक बटुल्न सक्यो भने इलाम तिनवटै खेलमा जितविहिन रह्यो। बिहिबार उपाधिको लागि मोरङ र सप्तरी प्रतिस्पर्धा गर्नेछन्।

विराटनगर-६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज सम्पन्न पहिलो खेलमा सिरहाले सान्त्वना जित दर्ता गर्ने क्रममा इलामलाई १३३ रनको विशाल अन्तरले पराजित गर्यो।

१९६ रनको लक्ष्य पछ्याएको इलामले १६. ४ ओभरमा ६२ रनमा सबै विकेट गुमायो। इलामको लागि दिपा लिम्बुले सर्वाधिक ११ रन योगदान दिईन्। सिरहाको बलिंगतर्फ प्रसिद्धिका खड्का र अनु यादवले समान ३ विकेट हात पार्दा मिना महतोले २ तथा कप्तान सरस्वती चौधरीले १ विकेट हात पारिन्।

प्लेयर अफ द म्याच सरस्वति चौधरी

यस अघि पहिले ब्याटिंग गरेको सिरहाले २० ओभरमा ४ विकेट क्षेतीमा १९५ रनको विशाल योगफल तयार गर्यो।

सिरहाको लागि प्लेयर अफ द म्याच समेत घोषित कप्तान सरस्वति चौधरीले अविजित ७८ रन योगदान दिईन् जुन क्रममा ६२ बलमा १० चौका प्रहार गरिन्। मिना महतोले २६, निलम महतोले १८, अस्नेहा दासले १० रन बनाईन्। इलामको बलिंगमा मुना राई, टीकामाया तामांग, प्रियंका राई र रन्जना लिम्बुले समान १ विकेट हात पारिन्। अतिरिक्तको रुपमा इलामले ५२ रन खर्चियो।

मोरङद्वारा सप्तरी पराजित 

आजको दोश्रो खेलमा मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्यो। ८२ रनको लक्ष्य पाएको मोरंगले १०. ५ ओभरमा मात्र ३ विकेट क्षेतीमा लक्ष्य पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा मोरंगको लागि टिका शाहले सरवाधिक ४१ रन योगदान दिईन् जुन क्रममा ३० बलमा ६ चौका प्रहार गरिन्। प्रिन्सा राना मगरले अविजित १५ रन योगदान दिईन्। सप्तरीको बलिंगमा दिपा रामले २ तथा सुस्मिता यादवले १ विकेट लिईन्।

यस अघि पहिले ब्याटिंग गरेको सप्तरीले २० ओभरमा ४ विकेट गुमाएर ८१ रन बनाएको थियो। उसको लागि साक्षी यादवले अविजित ४२ रनको योगदान दिईन्। मोरङको बलिंगमा निरु राजवंशी, क्रितिशा धामी, बन्धना राजवंशी र फूलकुमारी राजवंशीले समान १ विकेट हात पारिन्।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता मेरीलेबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विदाउट बाउन्ड्रीजको सहयोग रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy