इक्युवालिटि कप महिला क्रिकेट सुरु, मोरङ र सिरहा विजयी

दोश्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा शुरु भएको छ ।

महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता शुरु भएको हो ।

नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा मोरङ र सिरहा विजयी भएका छन् ।

पहिलो खेलमा कोशी प्रदेशको मोरङले गण्डकी प्रदेशको एमसिसि महिला–११ लाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित १६ ओभरमा २ विकेट गुमाई १ सय ४९ रनको विशाल स्कोर बनाएको थियो । मोरङकी वुमेन अफ द म्याच सोनु राजवंशीले ३१ रन बनाउँदा टिका साहले अविजित ३० रन, पुर्णीमा राजवंशीले २४ रन र सृजना राजवंशीले अविजित २१ रनको योगदान दिइन् । एमसिसिकी शुसिला तामाङ र एलिना गोतामेले १–१ विकेट लिइन् ।

१ सय ५० रनको विशाल लक्ष्य पछ्याएको एपसिसिले १३ दशमलव १ बलमा ४५ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा खुशी राजवंशी र वेदिका राजवंशी २–२ विकेट लिइन् ।

दोस्रो खेलमा सिरहाले सप्तरीलाई २ रनले पराजित गरेको छ ।टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १२ रनको स्कोर बनाएको थियो । सिरहाकी चन्द्रीका साहले ३१ रन अजमेरी खातुनले १२ रन बनाइन् । सप्तरीकी बन्दना च्बजकले ३ विकेट लिँदा साक्षी यादवले २ विकेट लिइन् ।

१ सय १३ रनको लक्ष्य पछ्याएको सप्तरीले निर्धारितओभरमा ९ विकेट गुमाई १ सय १० रनमा सिमित भयो । सप्तरीकी बन्दना रजकले १३ रन बनाउँदा दिपिका पंिशले अविजित १२ रन, साक्षी यादवले १२ रन र सुस्मीता यादवले पनि १२ रन बनाइन् । सिरहाकी वुमेन अफ म्याच चन्द्रीका साहले ४ लिँदा रोशनी साहले २ विकेट लिइन् ।

फाल्गुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहा तथा गण्डकी प्रदेशबाछ एमसिसि–११ सहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलमा पुग्ने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]