पहिलो संस्करणको यूरो टि-२० स्ल्याम रद्द

३० अगस्ट देखि आयोजना हुने घोषणा गरिएको ‘युरो टि-२० स्ल्याम’ प्रतियोगिता यो वर्ष आयोजना नहुने घोषणा आयोजकले बुधबार ( अगस्ट १४ ) गरेको छ।

आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्डको क्रिकेट बोर्डले संयुक्तरुपमा आयोजना गर्न लागेको प्रतियोगिता सारेर आगामी वर्ष गर्ने आयोजकले बिज्ञप्ति जारि गर्दै बताएको छ।

योसंगै यो वर्ष आयोजना रद्द हुने र सर्ने टि-२० फ़्रेन्चाइज् लिगको संख्या ३ पुगेको छ। यस अघि युएईले आयोजना गर्न लागेको युएई टि-२० एक्स तथा हंगकंग टि-२० ब्लिट्ज समेत रद्द गरिएको थियो।

लिगमा राशिद खान, ओएन मोर्गन, शेन वाटसन, शहिद अफ्रिदी, ब्रेण्डन म्याकलम जस्ता ठुला खेलाडीहरु खेल्ने पक्का भएको थियो। यस्तै डेल स्टेन, कोलिन इन्ग्राम, सिकन्दर राजा, टाईमल मिल्स, कोरे एण्डरसन जस्ता खेलाडीहरु पनि लण्डनमा गत महिना सपन्न ड्राफ्टबाट छनौट भएका थिए।

बेलफास्ट टाईटन टिममा अफ्रिदी, डुप्लेसिस, डुमिनि, इन्ग्राम जस्ता ठुला नामहरु थिए 

“यो अवस्थामा यो निर्णय गर्न निकै कठिन रहेको थियो। हामि विश्वास गर्छौं आगामी वर्ष आयोजना भव्य गर्नेछौँ”  क्रिकेट स्कटल्याण्डका सीइओ मालकल्म क्यानोनले क्रिक्बजलाई बताएका छन्।

गत साता क्यानडामा सम्पन्न ग्लोबल टि-२० लिगमा खेलाडीले पैसा नपाएकोमा ठुलो विवाद भएको थियो। खेलाडीहरुले पैसा नपाउदा मैदानमा जान नमानेपछि लज्जास्पद परिस्थिति सिर्जित भएको थियो। युरो टि-२० लिगको लगानीकर्ता पनि ग्लोबल टि-२० लिगकै मर्करी एण्ड बम्बे स्पोर्ट्स लिमिटेड हो।

क्रिक्बजका अनुसार क्यानडा ग्लोबल टि-२० लिगमा खेलाडीहरुले समयमा पैसा नपाउदा असन्तुष्टि बढेको थियो। मोन्टरियल र टोरोन्टो बीचको खेल यही कारणले ३ घण्टा ढिला सुरु भएको थियो। त्यो घटना पछि यूरोप बोर्डहरुले आपसमा छलफल गरेको क्रिकवजले लेखेको छ।

प्रतियोगिता सर्नुको कारण भने हालसम्म बताईएको छैन। ग्लोबल टि-२० लिग क्यानडाले पहिलो सिजन आयोजना गर्दा १० मिलियन डलर नोक्सान बेहोरेको थियो।

युरो लिगमा ६ टिम रहेका थिए जसमा बेलफास्ट, एम्स्टरड्याम, रोट्टरड्याम, ग्लासगो, एडिनबर्ग रहेका थिए। ३ हफ्तासम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल ३१ अगस्टमा एम्स्टरड्याममा आयोजना हुने तालिका थियो।

“हामि यो निर्णयबाट निकै दुखि भएका छौँ। यूरो टि२० स्ल्याम प्रतियोगिता आयोजना हुने खबरले आयरल्याण्ड दर्शकहरु विश्वस्तरीय क्रिकेट हेर्न निकै उत्साहित थिए। आशा गर्छु यही उत्साह २०२० मा पनि जारि रहनेछ।” आयरल्याण्ड क्रिकेटका सीइओ वारेन डेउट्रोमले बताए।

( क्रिकबजको सहयोगमा )





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]