एभरेस्ट प्रिमियर लिग दोश्रो सिजनको घोषणा, बिदेशी खेलाडी समेत खेल्ने

Everest Premier League EPLEverest Premier League EPL
  • विकेटनेपाल, १५ साउन

एभरेस्ट प्रिमियर लिगको दोश्रो सिजन नयाँ स्वरूपमा आयोजना हुने भएको छ l आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिताको दोश्रो सिजनको घोषणा गरिएको हो l

पहिलो ६ वटा कर्पोरेट टिमहरु सहभागी भएको प्रतियोगिताको यो संस्करणमा काठमाडौँ, ललितपुर, भैरहवा, बिराटनगर, बिरगंज र पोखरा गरी ६ वटा टोलीहरु हुनेछन् l डिसेम्बरमा आयोजना हुने बताईएता पनि प्रतियोगिताको अधिकारिक मिति सार्बजनिक भएको छैन l

प्रतियोगितामा प्रत्येक टिममा १५ जना खेलाडी सहभागी हुने छन् जसमध्ये १० जना खेलाडीहरुको चयन अक्सन द्वारा गरिनेछ l यस्तै १ जना खेलाडी ट्यालेन्ट हन्ट मार्फत टिमले आफ्नो सहर बाट चयन गर्नेछ l

प्रत्येक टिममा १ जना आइकोन खेलाडी हुनेछ भने प्रत्येक टिममा ३ जना विदेश खेलाडीहरु अनिबार्य सहभागी हुनेछन् l

प्रतियोगिताको बिजेता टिमले नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी २१ लाख रुपियाँ प्राप्त गर्नेछ l राउण्ड रोबिन लिग फर्म्याटमा आयोजना गरिने प्रतियोगिताको सबै खेलहरु टियु क्रिकेट मैदानमा आयोजना हुनेछ l

आईपीएलको अनुभब 

प्रतियोगिताको आयोजना गर्न इन्डियन प्रिमियर लिग आईपीएलमा सहभागी इभेन्ट म्यानेजरहरुको सहभागिता हुने बताईएकोछ l प्रतियोगितालाई क्रिकेट-मनोरञ्जन को भावले अगाडी बढाउने र टियु मैदानमा उपस्थिति हुने दर्शकहरुले क्रिकेटको साथै मनोरञ्जन समेत लिने आयोजकले बताएका छन् l

धेरैले पढेको :-





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]