CPL : डिफेन्डिङ च्याम्पियन ट्रिनबागोलाई हराउदै सेन्ट लुसिया फाइनलमा

२०७८ भाद्र ३०, बुधबार ०७:५३

सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स र सेन्ट लुसिया किंग्स करेबियन प्रिमियर लिग टि-२० को फाइनलमा प्रवेश गरेका छन्।  गय राति सम्पन्न खेलमा सेन्ट किट्सले गायना अमेजन वारियर्सलाई ७ विकेटले तथा सेन्ट लुसियाले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सलाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। उपाधिको लागी किंग्स र पेट्रिएट्स बुधबार राति ७:४५ बजे प्रतिस्पर्धा गर्नेछन्।

सेन्ट किट्सको घरेलु मैदानमा सम्पन्न सेमीफाइनलमा गायनाले दिएको १७९ रनको लक्ष्य सेन्ट किट्सले १७.५ ओभरमै भेटायो। ओपनर इभिन लुइसले मात्र ३९ बलमा ३ चौका र ८ छक्का प्रहार गर्दै अविजित ७७ रन बनाउदै जितमा अहम योगदान दिए। यस्तै अर्का ओपनर क्रिस गेलले २७ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दी ४२ रन बनाए। कप्तान ड्वेन ब्राभोले ३४ तथा शर्फेन रुथरफोर्डले ११ रन बनाए। लुइसले गेलसंग ७६ रनको तथा ब्राभोसंग ८८ रनको साझेदारी गरे।

टस हारेर पहिले ब्याटिंग गरेक गायनाले २० ओभरमा ९ विकेट गुमाएर १७८ रन बनाएको थियो। उसको लागि शिमरन हेटमायरले सर्वाधिक ४५ रन योगदान दिए क्रममा २ चौका र ४ छक्का प्रहार गरे। ब्रेण्डन किंग र चन्द्रपौल हेमराज ले समान २७ तथा कप्तान निकोलस पुरनले २६ रन बनाए।  सेन्ट किट्सको बालिगमा जोन जग्गेसर ( ४-०-१९-२ ) , फवाद आलम ( ४-०-२२-२ ) , डोमिनिक ड्रेक्स ( ३-०-२७-२ ) र नसिम शाह ( ४-०-३४-२ ) ले समान २ विकेट लिए।


गय रातिनै सम्पन्न अर्को सेमीफाइनलमा सेन्ट लुसिया किंग्सले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सलाई २१ रनले पराजित गर्यो। किंग्सले दिएको २०६ रनको लक्ष्य पछ्याउने क्रममा नाइट राइडर्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो।

नाइट राइडर्को लागि ओपनर सुनिल नारायणले ३०, दिनेश रामदिनले २९, कोलिन मुनरोले २८, काइरन पोलार्डले २६, डेरेन ब्राभोले २५ रन योगदान दिएता पनि जितक लागि पर्याप्त रहेन। किंग्सका बलर डेभिड विसले ५ विकेट ( ४-०-३९-५ ) तथा वाहब रियाज र किमो पौलले समान २ विकेट लिंदै नाइट राइडर्सलाई रोके।

यस अघि टस जितेर ब्याटिंग गरेको किंग्सले २० ओभरमा ४ विकेट क्षेतीमा २०५ रन बनाएको थियो। उसको लागि मार्क डेयलले ४४ बलमा ५ चौका र ६ छक्का मद्दतले ७८ रन योगदान दिए। यस्तै टिम डेभिडले ३८, रोस्टन चेजले ३६, डेभिड विसले २४ रन योगदान दिए। विस र डेभिडले पाँचौ विकेटको लागि मात्र ३४ बल मा अविजित ७५ रनको साझेदारी गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy