३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा

२०१८ आईपीएलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई दिल्ली डेयर-डेभिल्सले ( हाल दिल्ली क्यापीटल्स ) अक्सन मार्फत टिममा भित्र्याउदा जति खुसि नेपालीहरु भएका थिए त्यतिनै खिन्न उक्त सिजन सन्दिपले बेन्चमा बिताउनु पर्दा भएका थिए। ११ खेलसम्म बेन्चमा बसेपछि नेपाली फ्यानहरुले सन्दिपको पहिलो सिजन बेन्चमै बित्ने आंकलन गर्न थालीसकेका थिए। अन्ततः १२ औं खेलमा बिराट कोहली कप्तानीको बैंगलोर बिरुद्ध सन्दिप र नेपाली फ्यानहरुको प्रतिक्षा समाप्त भयो। पहिलो खेलमा २५ रन खर्चेर पर्थिभ पटेलको विकेट लिएपछि लगातार अर्को २ खेलमा पनि उनले मौका पाए र ३ खेलमा ५ विकेट लिए।

गत वर्ष दोश्रो सिजन खेल्नु अघि सन्दिप विश्व क्रिकेटमा छाइसकेका थिए जुन क्रममा विश्वभरका ठूला टि-२० लिग चाहरीसकेका थिए। त्यसैले त्यसपटक सन्दिपले अन्तिम-११ मौका पाउन कठिन नहुने अनुमान गरिएको थियो। तर पुनः नेपाली फ्यानहरुले सन्दिपलाई अधिकांश खेलमा बेन्चमै देख्नु पर्यो। दिल्लीले दोश्रो क्वालिफायरको यात्रा गर्दा खेलेको कुल १६ खेल मध्ये सन्दिपले ६ खेलमा मौका पाए। दोश्रो सिजन उनले ८ विकेट लिए।

आईपीएलमा सन्दिपको तेश्रो सिजन शनिवारबाट सुरु हुँदैछ। नेपाली स्पिनर यसैसाता सिपिएल टि-२० मा सहभागि भएर मंगलबार युएई पुगीसकेका छन्। क्वारेन्टाइनमा ६ दिन अनिवार्य बिताउनु पर्ने हुनाले सन्दिपले सेप्टेम्बर २० तारिखमा दिल्लीले पन्जाब बिरुद्ध खेल्ने खेल गुमाउने निश्चित छ। पहिलो खेल गुम्ने भएता पनि यो सिजन नेपाली खेलाडीले बिगत भन्दा धेरै मौका पाउने अनुमान गरिएको छ। लगातार विदेशी लिग खेलेका सन्दिपको अनुभव, सिपिएल टि-२० मा राम्रो प्रदर्शन, उनमा आएको परिपक्वता, प्रदर्शनमा एकरुपता तथा युएईको स्पिन मद्दत गर्ने पिच त्यसतो दावीको पछाडीको कारणहरु हो। टिममा भेट्रान लेग स्पिनर अमित मिश्रा, अनुभवी अफ स्पिनर रभीचन्द्रन आश्विन र देब्रे हाते स्पिनर अक्षर पटेलको उपस्थिति रहेता पनि नेपाली गुग्ली ब्वाइले अन्तिम-११ मा पर्न पुरानै संघर्ष दोहोर्याउनु नपर्ने अनुमान खेल पण्डितहरुले गरेका छन्।

३ पूर्व भारतीय क्रिकेटरहरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा

सन्दिप लामिछानेले यो सिजन मौका पाउनेछन् या छैनन् भन्ने बहस चल्दै गर्दा उनका शुभचिन्तकहरुलाई खुसिको खबर छ। विश्चचर्चित क्रिकेट वेबसाइट EspnCricinfo ले लिग अघि गरेको टिम विश्लेषण कार्यक्रममा ३ जना पूर्व भारतीय क्रिकेटरहरुले दिल्लीको अन्तिम-११ मा समाबेश हुने विदेशी खेलाडीको रुपमा चुनेको ४ जना खेलाडी मध्ये सन्दिपलाई पनि समाबेश गरेका छन्।

वेबसाइटले दिल्लीको प्रदर्शन विश्लेषण गर्न पूर्व भारतीय क्रिकेटरहरु अजित अगरकर, गौतम गम्भीर, आकाश चोपडा र दिप दाशगुप्तालाई दिल्ली टिमसंग सम्बन्धित बिभिन्न प्रश्नहरु सोधेको थियो। ४ पूर्व क्रिकेटरहरु बाहेक क्रिकेट पत्रकार डस्टिन सिल्गार्डो र रौनक कपुर गरि कुल ६ जनालाई समावेश गरिएको थियो। सहभागीहरुलाई प्रश्न राख्दै सबैको उनीहरुको धारणा राख्न भनिएको थियो।

अगरकरले सन्दिपलाई विदेशी खेलाडीको रुपमा अन्तिम-११ मा राख्नु पर्ने बताए जसलाई आकाश चोपडा र दिप दाश गुप्ताले पनि समर्थन गरे

सबैभन्दा पहिलो प्रश्न दिल्लीको अन्तिम-११ मा कुन-कुन ४ विदेशी खेलाडीहरु तपाईको पहिलो रोजाइमा पर्नेछन् ? सोधिएको थियो। आईपीएलमा टिमले अन्तिम-११ मा ४ जना विदेशी खेलाडी मात्रै खेलाउन पाउने नियम रहेको छ।

उक्त प्रश्नको जवाफ दिने क्रममा भारतीय टिमका पूर्व फास्ट बलर अजित अगरकरले सन्दिप लामिछाने, कागीसो रबाडा, शिमरन हेटमायर र ड्यानियल स्याम्स आफ्नो पहिलो रोजाईको विदेशी खेलाडीहरु रहेको बताएका थिए। भारतको लागि २६ टेस्ट, १९१ वानडे र ४ टि-२० खेल्दै कुल ३४९ अन्तर्राष्ट्रिय विकेट लिएका अगरकरले यस क्रममा सन्दिपको तारिफ पनि गरे।

“म लामिछानेलाई चुन्न चाहन्छु। उनिसंग धेरै गुणहरु रहेको छ जसले टिममा धेरै फरक पार्नेछ।” दिल्लीको लागि आईपीएल खेलीसकेका अगरकरले बताए।

अगरकरको रोजाईलाई समर्थन गर्दै अर्का पूर्व भारतीय क्रिकेटर तथा वर्तमान चर्चित कमेन्टेटर आकाश चोपडाले पनि सन्दिपलाई अन्तिम-११ मा मौका दिए। भारतको लागि १० टेस्ट खेलेका चोपडाले नेपाली स्पिनर सहित एलेक्स केरी, शिमरन हेटमायर र कागीसो रबाडालाई आफ्नो पहिलो रोजाइमा राखे।

अगरकर र चोपडा पछि अर्का पूर्व भारतीय क्रिकेटर दिप दाशगुप्ताले पनि सन्दिपलाईनै रोजे। ८ टेस्ट र ५ वानडे खेलेका दाशगुप्ताले सन्दिप पछि मार्कस स्टोइनिस, किमो पौल र कागीसो रबाडालाई स्थान दिए।

तर सन्दिपकै टिम दिल्ली क्यापीटल्सका पूर्व कप्तान तथा साथि खेलाडी समेत रहीसकेका गौतम गम्भीरले भने नेपाली स्पिनरलाई ४ विदेशी खेलाडीको कोटामा समाबेश गरेनन्। २०११ र १४ मा कोलकातालाई आईपीएल उपाधि जिताएका कप्तान गम्भीरले एनरिक नोर्किया, कागीसो रबाडा, शिमरन हेटमायर, मार्कस स्टोइनिसलाई समाबेश गरे।

सहभागी २ जना पत्रकार मध्ये डस्टिन सिलगार्डोले सन्दिपलाई रोजेनन् तर रौनक कपुरले भने सन्दिपलाई रोजे। दुवैले नव प्रवेशी ड्यानियल स्याम्सलाई टिममा स्थान दिए।

दोश्रो प्रश्नमा यो सिजन कुन खेलाडी चम्किनेछन् सोधिएको थियो। जसको जवाफमा अगरकरले सन्दिप लामिछानेलाई चुनेका थिए। सो प्रश्नमा गम्भीरले अक्षर पटेल, चोपडाले श्रेयस ऐयर, दाशगुप्ताले आवेश खान र तुषार देशपाण्डे, सिलगार्डोले ड्यानियल स्याम्स तथा कपुरले रिशभ पन्तको नाम लिए।

दिल्ली टिमले यो सिजन कुन बिभागमा संघर्ष गर्नेछ भन्ने तेश्रो प्रश्नमा मिश्रित जवाफ आएको थियो। अगरकर र कपुरले डेथ ओभर बलिंग, गम्भीर र दाशगुप्ताले ब्याटिंग, चोपडाले फास्ट बलिंग तथा सिलगार्डोले मिडल अर्डरमा ठूलो सट खेल्न सक्ने ब्याट्सम्यान बताए।

चौथो प्रश्न टिमले यो सिजन चाल्नुपर्ने चलाख चाल के हुनुपर्छ सोधिएको थियो। त्यसको जवाफमा पत्रकार सिलगार्डोले स्पिन मद्दत गर्ने पिच भए सन्दिप सहित ३ देखि ४ जना स्पिनर पनि खेलाउनु पर्ने बताए। अगरकरले रिशभ पन्तलाई स्वतन्त्रता दिने, गम्भीरले पृथ्वी शालाई ओपनिंग ब्याटिंग दिने, चोपडाले दायाँ र बायाँ हाते ब्याटिंग कम्बीनेसन सधै कायम राख्ने, दाशगुप्ताले रिशभलाई माथि खेलाउने तथा कपुरले सबै स्पिनरलाई खेलाउने बताए।

अन्तिम प्रश्न गत सिजन दोश्रो क्वालिफायर पुग्न सफल दिल्लीले यो सिजन लिगमा कुन स्थान हाँसिल गर्नेछ भन्ने थियो। त्यसको जवाफमा गम्भीर, चोपडा, कपुर, सिलगार्डोले उत्कृस्ट-४ भित्र पर्ने बताएका थिए। चोपडाले त टिमले उत्कृस्ट २ तथा लिगनै जिते पनि आश्चर्य मान्नु नपर्ने बताए। यस्तै अगरकर र कपुरले थोरैले क्वालीफायर पुग्न चुक्ने बताए। गम्भीरले उत्कृस्ट-४ भित्र पर्ने तर त्यसको लागि टिमका खेलाडीहरुले भारतको लागि खेल्न सोच्नु भन्दा दिल्लीको लागि खेल्न सोच्नुपर्ने बताएका थिए।

यस अघि Espncricinfo ले प्रकाशित गरेको एक लेखमा सन्दिपलाई अन्तिम-११ मा मौका दिईएको थिएन। उक्त लेखमा रभीचन्द्रन आश्विन पछि अक्षर पटेल र अमित मिश्रा पछि एक जनाले मौका पाउने बताईएको थियो। लेखमा दिल्लीको स्पिन पक्षमा रहेको विविधताको तारिफ गरिएको थियो – “रभीचन्द्रन आश्विनले बायाँ हाते ब्याट्सम्यानबाट बाहिर निकाल्ने गर्छन् भने अमित मिश्रा, अक्षर पटेल र सन्दिप लामिछानेले दायाँ हाते ब्याट्सम्यानबाट बल बाहिर निकाल्ने गर्छन। आश्विनसंग अनुभव छ, मिश्रासंग न्यून स्ट्राइक-रेट छ भने पटेल ब्याटिंग पनि गर्न सक्छन्। त्यसैले टिममा स्थान बनाउन प्रतिस्पर्धा छ। २ जना भन्दा बढी स्पिनर खेलाउनको लागि परिस्थिति अनुकूल हुनुपर्नेछ।”

आईपीएल २०२० मा दिल्लीको बलिंग युनिट 

गत सिजन दिल्लीले सन्दिप सहित ३ स्पिनर लिएर खेलेको थियो 

गत सिजन सन्दिप अन्तिम-११ मा हुँदा दिल्लीले एकै पटक ३ जना स्पिनरलाई मौका दिएको थियो। अक्षर पटेल, अमित मिश्रा र सन्दिप गरि ३ जना स्पिनर लिएर दिल्लीले उक्त सिजन २ वटा तथा पटेल, सन्दिप र राहुल तेवतियालाई लिएर २ खेल खेलेको थियो। दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा त्यस मध्ये ३ वटा खेल भएको थियो। तिन जना स्पिनर लिएर खेलेको ४ खेल मध्ये ३ वटामा दिल्ली विजयी भएको थियो। त्यस क्रममा सन्दिपले पन्जाब बिरुद्ध ३ विकेट पनि लिएका थिए। सन्दिप खेलेको अन्य २ खेल मध्ये एक खेलमा पन्जाब बिरुद्ध सन्दिप मात्रै स्पिनरको रुपमा अन्तिम-११ मा थिए। यस्तै अर्को खेलमा कोलकाता बिरुद्ध सन्दिप र अमित मिश्राले मौका पाएका थिए।

आईपीएल २०२० मा दिल्ली टिम :- 

ब्याट्सम्यान – अजिंके रहाने, पृथ्वी शा, शिखर धवन, शिमरन हेटमायर, श्रेयस ऐयर , अलराउण्डर – अक्षर पटेल, ड्यानीयल स्याम्स, किमो पौल, मार्कस स्टोइनिस ललित यादव, विकेटकिपर – एलेक्स केरी, रिशभ पन्त , बलर – रभीचन्द्रन आश्विन, अमित मिश्रा, एनरिक नोर्किया, सन्दिप लामिछाने, आभेस खान, हर्षल पटेल, इशान्त शर्मा, कागीसो रबाडा, मोहित शर्मा,तुषार देशपान्डे

सम्बन्धित :- 

IPL : यस्तो छ क्रिक्इन्फोले चुनेको दिल्लीको सम्भावित अन्तिम-११

IPL : गावस्करले बताए चेन्नाईलाई उपाधि जित्न मुस्किल हुने कारण

IPL 2020 : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति

IPL : युएईको पिच र दिल्ली टिमबारे के भन्छन् भेट्रान लेग स्पिनर मिश्रा





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]