मेहबुब भन्छन् ‘आईपीएल खेलेका खेलाडीसंगै खेल्न पाउदा उत्साहित छु’

  • विकेटनेपाल , २५ साउन

सिंगापुरमा शुक्रबार ( ११ अगस्ट ) देखि सुरु हुने पाँचौ सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० क्रिकेट प्रतियोगिता खेल्न आफु निकै उत्साहित रहेको मेहबुब आलमले बताएका छन् l

आज सिंगापुर प्रस्थान गर्नुअघि विकेटनेपालसंगको कुराकानीमा आलमले आफ्नो मित्र समेत रहेका सिंगापुर रास्ट्रिय क्रिकेटर धार्मिचन्द मुलेवाको निमन्त्रणामा टि-२० प्रतियोगिता खेल्न बोलाएको बताएका छन् l

मेहबुबसंगै पारस खड्का प्रतियोगितामा सिंगापुर इमर्जिंग स्टार टिमबाट खेल्नेछन् l इमर्जिंग स्टार टिममा आईपीएल खेलीसकेका शदाब जकाती र बालचन्द्र अखिल पनि छन् l

“आईपीएल खेलीसकेका खेलाडी पनि मेरै टिमबाट खेल्दैछन् त्यसले झन् उत्साह थपेको छ” आलमले बताए l

जेठ महिनामा सम्पन्न प्रधानमन्त्री कप पछि आलम पहिलो पटक क्रिकेट मैदानमा उत्रनेछन् l मार्चमा केन्यासंग बिश्व क्रिकेट लिग च्याम्पियनसिप र त्यसपछि एसीसी इमर्जिंग टिम्स कपमा नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि खेलेका आलमको लागि प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउने अवसर रहेको छ l

“आईपीएल खेलीसकेका खेलाडी पनि मेरै टिमबाट खेल्दैछन् त्यसले झन् उत्साह थपेको छ”

इमर्जिंग स्टार टिमले आफुलाई ओपनिंग ब्याट्सम्यानको रुपमा खेलाउने योजना बनाएको समेत आलमले खुलासा गरेका छन् –

“प्रतियोगितामा मलाई ओपनिंग ब्याटिंग गर्न आग्रह गरिएको छ जुन मैले स्विकारीसकेको छु”

प्रतियोगिता खेल्न जानु अघि अभ्यास गर्न नपाएकोले भने आलमले चिन्ता ब्यक्त गरेका छन् l राजविराजमा लगातार वर्षाको कारण अभ्यास तथा फिटनेसमा मेहनत गर्ने अवसर नपाएको विकेटनेपाललाई बताए l

अगस्ट ११ देखि १३ सम्म सिंगापुर क्रिकेट क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिंगापुर इमर्जिंग स्टार टिम सहित अस्ट्रेलियाबाट सिड्नी क्रिकेट क्लब र मेलबर्न क्रिकेट क्लब, दक्षिण अफ्रीकाको रोलिन क्रिकेट क्लब, श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लब, हंगकंगको काउलुन क्रिकेट क्लब, भारतको  मद्रास क्रिकेट क्लब तथा सिंगापुरको सिंगापुर क्रिकेट क्लब खेल्ने छन् l

आईपीएल खेलीसकेका शदाब जकाती र बालचन्द्र अखिल पनि पारस र मेहबुब संगै सिंगापुर इमर्जिंग स्टार टिमबाट खेल्ने छन्

श्रीलंकन कीर्तिमानी बलर मुथैया मुरलीधरन पनि स्थानीय टिम सिंगापुर क्रिकेट क्लबबाट प्रतियोगिता खेल्ने छन् l सोहि टोलिबाट अर्का श्रीलंका क्रिकेटर फर्बेज महरुफ तथा अस्ट्रेलियन क्रिकेटर एड कोवान पनि खेल्ने निश्चित भइसकेको छ l

नेपालको समुहमा सिंहालिज स्पोर्ट्स क्लब,  मेर्लबर्न क्रिकेट क्लब, र काउलुन क्रिकेट क्लब रहेका छन् l सिंहालिज स्पोर्ट्स क्लबमा श्रीलंकाको लागि खेलीसकेका दासुन शानाका, थिलिना कान्दामबे, जेफ्रे भान्डर्से, धम्मीका प्रसाद, सचित्रा सेनानायके लगायत खेलाडी खेल्ने पक्का भइसकेको छ l यस्तै हंगकंगको काउलुन क्रिकेट क्लबमा हंगकंग रास्ट्रिय क्रिकेट टिमका सदस्यहरुको बाहुल्यता रहेको छ l

सिंगापुर इमर्जिंग स्टार टिमले आफ्नो पहिलो खेल ११ अगस्ट शुक्रबार सिंहालिज स्पोर्ट्स क्लबसंग खेल्ने छ l अगस्ट १२ मा टिमले मर्लबर्न क्रिकेट क्लब र काउलुन क्रिकेट क्लबसंग एकै दिन २ वटा खेल खेल्नेछ l

( फिचर फोटो : फाइल )





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]