पीएनजीद्वारा नेपाललाई सामान्य लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।

शारजाह मैदानमा जारी खेलमा टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले निर्धारित ५० ओभरमा ८ विकेट क्षेतीमा २०४ रन बनाउदै नेपाललाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पपुवा न्यु गिनीको लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ८२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। चाड सोपरले ३५, टोनी उराले २७, लेगा सियाकाले २५,  नोर्अमन भानुवाले २३ तथा असद भालाले १९ रन बनाए। हेर्नुस स्कोरकार्ड 

पपुवा न्यु गिनीका ओपनर टोनी उरा र लेगा सियाकाले अर्धशतकीय साझेदारी गरे। दशौँ ओभरमा आरिफ शेखले उरालाई विकेटपछाडी क्याच आउट पारे। तेह्रौं ओभरमा कप्तान सन्दिपले सियाकालाई बोल्ड गरे। तेश्रो विकेटको लागि कप्तान असद भाला र चार्ल्स अमिनीले ३५ रन जोडे। चौबिसौं ओभरमा भालालाई ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय विकेट लिंदै क्याच आउट पारे। लगत्तै ओभरमा खाता नखोली हिरी मल्लबाट रन आउट भए।

९१/४ को अवस्थामा पुगेको पपुवा न्यु गिनीको इनिंग्स अमिनी र चाड सोपरले अर्धशतकीय साझेदारी गर्दै उकासे। दुवैले ७४ रनको साझेदारी गरे जसलाई पैतालीसौं ओभरमा सोमपाल कामिले अमिनीलाई क्याच आउट पार्दै तोडे। त्यसपछि केहि आक्रामक सट खेलेका भानुवा अड्चालीसौं ओभरमा रन आउट भए। ४९ औं ओभरमा सोमपालले चाड सोपर सहित दुई विकेट लिए। अन्तिम ५ ओभरमा उसले

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ४८ रन खर्चिए। आरिफ शेख ( ६-०-१६-१ )  सन्दीप लामिछाने ( १०-०-३०-१ ) र ज्ञानेन्द्र मल्ल ( २-०-६-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्यु गिनी युएईसंग पराजित भैसकेको छ।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]