फागुन १५ देखि पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिता

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १५ गतेदेखि २२ गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुने जानकारी दिएको छ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका आठ टिमको सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले नगद ७५ हजार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने आयोजकले जनाएको छ ।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिए ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षका लागि तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई ६ महिनाको स्कलरसिप प्रदान गर्ने पनि आयोजकले जनाएको छ ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]