नेपाल टी–२० क्रिकेट : शाहिदीको अलराउण्ड प्रदर्शनमा फार वेस्ट विजयी

फार पेस्ट युनाइटेडले नेपाल टी–२० क्रिकेट लिगमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हरायो । ९९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । स्कोरकार्ड

फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रन बनाए । देव खनालले १७ र भीम सार्कीले ११ रन बनाए । बलिङमा काठमाडौंका लागि अनिल खरेलले दुई अजमतुल्लाह उमरजाई, अविनाश बोहरा, रायन वर्ल र बसिर अहमदले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९८ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोस कार्कीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा फार वेस्टका लागि उमर अलिले तीन तथा हजमतुल्लाह शाहिदी, भुवन कार्कीले दुई दुई तथा शेर मल्लले एक विकेट लिए । दुई खेल सकेको फार वेस्टले पहिलो जितसँगै दुई अङ्क बनाएको छ ।

पहिलो हार खेपेको काठमाडौंको पनि समान दुई अङ्क छ । आजै अर्को खेलमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता छ । लिगमा विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]