#ENGvPAK ११ वर्षमा बल्ल पाए फवादले टेस्ट टिममा मौका, पाकिस्तान टस जितेर ब्याटिंग गर्दै

पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्तर्गत दोश्रो टेस्ट रोज बल स्टेडियम साउथह्याम्पटनमा सुरु भएको छ। सिरिजमा ०-१ ले पछि परेको पाकिस्तानले दोश्रो टेस्टमा टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ। पहिलो टेस्टमा पाकिस्तान ३ विकेटले पराजित भएको थियो।


इंग्ल्यान्डले भने बेन स्टोक्स र जोफ्रा आर्चरको स्थानमा ज्याक क्रले र स्याम करनलाई अन्तिम-११ मा राखेको छ। बेन स्टोक्स पारिवारिक कारण देखाउदै न्युजिल्यान्ड जानु पर्ने भएपछि उनले सिरिज गुमाउनेछन्।

११ वर्ष पछि बल्ल खेल्ने भए फवादले टेस्ट 

सन् २००९ मा पछिल्लो पटक पाकिस्तानको लागि टेस्ट खेलेका फवाद आलमले ११ वर्ष पछि टेस्ट खेल्ने भएका छन्। उनलाई शदाब खानको सट्टा टिममा स्थान दिईएको छ। पाकिस्तानको लागि दुइ टेस्टमा यो दोश्रो धेरै अन्तर हो। ११ वर्षको अवधिमा पाकिस्तानले ८८ वटा टेस्ट खेलीसकेको छ। सबैभन्दा धेरै युनिस एहमदले १०४ टेस्टको अन्तरमा टेस्ट खेलेका थिए। एहमदले १९६९ बाट १८ वर्षको अन्तरमा टेस्टमा मौका पाएका थिए।

आलमले पाकिस्तानको लागि ३ वटा टेस्ट खेलेका छन् जसमा १ शतक सहित २५० रन बनाएका छन्। यस्तै उनले ३८ वानडे र २४ टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा क्रमशः ९६६ र १९४ रन बनाएका छन्। अन्तिम पटक उनले न्युजिल्यान्ड बिरुद्ध पाकिस्तानमा टेस्ट खेलेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय भने उनले २०१५ मा बंगलादेश बिरुद्ध खेलेका थिए।


पाकिस्तानको अन्तिम ११ :-

शान मसुद, अबिद अलि, अजहर अलि ( कप्तान ) , बाबर आजम , असद शफिक, फवाद आलम, मोहम्मद रिजवान, यासिर शाह, मोहम्मद अब्बास, शाहिन अफ्रिदी, नसिम शाह

इंग्ल्यान्डको अन्तिम ११ :- 

रोरी बर्न्स, डोमिनिक सिबले, ज्याक क्रले, जो रुट ( कप्तान  ) , ओली पोप , जोस बटलर, क्रिस वोक्स, स्याम करन, डोमिनिक बेस, स्टुवार्ट ब्रोड, जेम्स एण्डरसन

सिरिजमा इङ्ग्ल्यान्डलाई १-० को अग्रता

म्यान्चेस्टरमा सम्पन्न पहिलो टेस्टमा घरेलु टोलि इङ्ग्ल्यान्डले ३ विकेटको रोमान्चक जित हात पार्दै सिरिजमा अग्रता हासिल गरेको थियो। पहिलो ब्याटिङ गर्दै शान मसुदको शतकिय पारीमा पाकिस्तानले ३२६ रन बनाएको थियो । पहिलो इनिङमा ब्याटिङ गर्न उत्रेको इङ्ग्ल्यान्ड केवल २१९ रनमा समेटिएको थियो । पहिलो इनिङमा १०७ रनको अग्रता कायम गरेको पाकिस्तानले दोस्रो इनिङमा ब्याटिङ चल्न नसक्दा १६९ रन बनाएपछि २७७ रनको लक्ष्य इंग्ल्यान्डलाई प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्यान्डले सुखद सुरुवात गर्न नसक्दा ११७ रनमा ५ विकेट गुमाएको थियो । तर, मध्य क्रमका ब्याट्सम्यान जोस बटलर र क्रिस वोक्सले छैटौं विकेटको लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इङ्ग्ल्यान्डलाई जिततर्फ अग्रसर गराएका थिए । वोक्सले अविजित ८४ रनको उत्कृष्ट पारी खेल्दा बटलर ७५ रन बनाएर आउट भएका थिए ।

https://wicketnepal.com/akash-chopda-on-dhoni-wn20/

https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/

https://wicketnepal.com/sangakkara-2-fav-batsman-wn20/





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]