पाकिस्तानको २० सदस्यीय टेस्ट टिममा फवाद आलमको कम्ब्याक

इंग्ल्यान्ड बिरुद्ध टेस्ट सिरिजको लागि २० सदस्यीय टिममा स्थान बनाए पछि पाकिस्तानी ब्याट्सम्यान फवाद आलमले ११ वर्ष पछि पाकिस्तानको टेस्ट टिममा कम्ब्याक गर्ने सम्भावना बढेको छ।

इंग्ल्यान्ड भ्रमणको सेलेक्सन कमिटिका प्रमुख मिस्बाह उल हक द्वारा घोषित टिममा इफ्तिकार एहमद, खुश्दिल शाह, फखार जमान, हैदर अलि जस्ता खेलाडीलाई बाहिर राखिएको छ जसले गर्दा आलमको सम्भावना बढेको हो। पछिल्लो पटक देब्रे हाते ब्याट्सम्यान आलमले न्युजिल्यान्ड बिरुद्ध २००९ मा टेस्ट खेलेका थिए।

२० सदस्यीय टिममा दुइ विशेषज्ञ स्पिनर काशिफ भट्टी र यासिर शाह तथा अल-राउण्डर फहीम अशरफ र शदाब खान पनि टिमको हिस्सा रहेका छन्।


यस अघि इंग्ल्यान्ड भ्रमणको लागि २९ सदस्यीय टिमको घोषा गरिएको थियो। कोरोना संक्रमित भएका कारण पटक पटक गरि खेलाडीहरु इंग्ल्यान्ड पुगेका थिए। छनौटकर्ताहरुले आफु-आफु बीच ४ वटा खेल खेलीसकेपछि २० सदस्यीय टिम छानेको हो।

टिममा विकेटकिपर ब्याट्सम्यान तथा पुर्व कप्तान सरफराज एहमदलाई पनि बोलाइएको छ जसले सिरिजमा कम्ब्याक गर्ने सम्भावना प्रवल रहेको छ।

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन वटा टेस्टको सिरिज अगस्ट ५ देखि म्यानचेस्टरमा सुरु हुनेछ। टेस्ट सिरिज पछि दुइ देशले तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्ने तालिका रहेको छ। त्यस अघि इंग्ल्यान्डले आयरल्याण्डसंग तिन वटा एकदिवसीयको सिरिज खेल्नेछ। पढ्नुसENGvIRE : इंग्ल्यान्डद्वारा १४ सदस्यीय टिमको घोषणा

यस्तो छ २० सदस्यीय पाकिस्तानी टिम :- 

अजहर अलि ( कप्तान ) , बाबर आजम ( उप कप्तान ) , अबिद अलि, असद शफिक, फाहिम अशरफ, फवाद आलम , इमाम उल हक, इमरान खान , काशिफ भट्टी, मोहम्मद अब्बास, मोहम्मद रिजवान नसिम शाह, सरफराज एहमद, शदाब खान, शाहिन अफ्रिदी, शान मसुद, सोहेल खान, उस्मान शिनवारि, वहाव रियाज, यासिर शाह

इंग्ल्यान्ड-पाकिस्तान : टेस्ट र टि-२० सिरिजको खेल तालिका 

पहिलो टेस्ट : अगस्ट ५ ( ओल्ड ट्राफोर्ड, म्यानचेस्टर )

दोश्रो टेस्ट : अगस्ट १३ ( द रोज बल, साउथाम्पटन )

तेश्रो टेस्ट : अगस्ट २१ ( द रोज बल, साउथाम्पटन )

पहिलो टि-२० : अगस्ट २८ ( ओल्ड ट्राफोर्ड, म्यानचेस्टर )

दोश्रो टि-२० : अगस्ट ३० ( ओल्ड ट्राफोर्ड, म्यानचेस्टर )

तेश्रो टि-२० : सेप्टेम्बर १ ( ओल्ड ट्राफोर्ड, म्यानचेस्टर )

धेरैले पढेको :- 

– ऐतिहासिक किर्तिमानबाट ब्रड मात्र १ विकेट टाढा

– सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]