टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि 

काठमाडौँ।

टिप टप इन्डो नेपाल एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ।

मुलपानी ( तल्लो ) मैदानमा सम्पन्न फाइनलमा टिपटप डीएभी क्रिकेट एकेडमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गर्यो।

दोश्रो इनिंग्समा १४० रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले १९ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।

ग्रेट हिमालयका सुप्रिम सुनारले सर्वाधिक ६१ रन बनाए जुन क्रममा उनले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अभि थपलियाले ११ तथा प्रवल श्रेष्ठले १० रन बनाए।

डीएभीको बलिंगमा प्रसिद्ध जैसीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। केशव अग्रवाल र तनिश्क कुमार शाहले समान २ विकेट लिए। कमल शाही र प्रसंग पौडेलले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको टिपटप डीएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।

डीएभीको ब्याटिंगमा ओपनर श्रेयश अग्रवालले सर्वाधिक ३९ रन बनाए। प्रसंग पौडेलले ३३, प्रसिद्ध जैसीले ३१ रन बनाए। कमल शाहीले अविजित १३ रन तथा कप्तान आरुष झाले ११ रन योगदान दिए।

ग्रेट हिमालयको बलिंगमा वंश क्षेत्री र सामिप्य सापकोटाले समान २ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका डीएभीका प्रसिद्ध जैसी फाइनलको प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी तथा उत्कृस्ट ब्याटर ग्रेट हिमालय क्रिकेट एकेडेमीका वंश क्षेत्री घोषित भए। उत्कृस्ट बलर ग्रेट हिमालय क्रिकेट एकेडेमीका सामिप्य सापकोटा तथा उदयमान खेलाडी अभिषेक कडायत घोशिती भए। यस्तै उत्कृस्ट विकेटकिपर बोलपुर युथ टाउन क्लब, बङ्गाल भारतका अत्रिजो रोय घोषित भए।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गर्नु भयो।

डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा माघ १६ गते देखि सुरु भएको प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका थिए। टिपटपको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १६ वर्ष मुनिका र  कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाए।





थप समाचार

नेपाल र हङकङबीचको रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]