टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि 

२०८१ माघ १८, शुक्रबार १७:३४

काठमाडौँ।

टिप टप इन्डो नेपाल एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ।

मुलपानी ( तल्लो ) मैदानमा सम्पन्न फाइनलमा टिपटप डीएभी क्रिकेट एकेडमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गर्यो।

दोश्रो इनिंग्समा १४० रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले १९ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।

ग्रेट हिमालयका सुप्रिम सुनारले सर्वाधिक ६१ रन बनाए जुन क्रममा उनले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अभि थपलियाले ११ तथा प्रवल श्रेष्ठले १० रन बनाए।

डीएभीको बलिंगमा प्रसिद्ध जैसीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। केशव अग्रवाल र तनिश्क कुमार शाहले समान २ विकेट लिए। कमल शाही र प्रसंग पौडेलले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको टिपटप डीएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।

डीएभीको ब्याटिंगमा ओपनर श्रेयश अग्रवालले सर्वाधिक ३९ रन बनाए। प्रसंग पौडेलले ३३, प्रसिद्ध जैसीले ३१ रन बनाए। कमल शाहीले अविजित १३ रन तथा कप्तान आरुष झाले ११ रन योगदान दिए।

ग्रेट हिमालयको बलिंगमा वंश क्षेत्री र सामिप्य सापकोटाले समान २ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका डीएभीका प्रसिद्ध जैसी फाइनलको प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी तथा उत्कृस्ट ब्याटर ग्रेट हिमालय क्रिकेट एकेडेमीका वंश क्षेत्री घोषित भए। उत्कृस्ट बलर ग्रेट हिमालय क्रिकेट एकेडेमीका सामिप्य सापकोटा तथा उदयमान खेलाडी अभिषेक कडायत घोशिती भए। यस्तै उत्कृस्ट विकेटकिपर बोलपुर युथ टाउन क्लब, बङ्गाल भारतका अत्रिजो रोय घोषित भए।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गर्नु भयो।

डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा माघ १६ गते देखि सुरु भएको प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका थिए। टिपटपको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १६ वर्ष मुनिका र  कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy