राजविराज द किंगलाई सप्तरी प्रिमियर लिगको उपाधि

चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किंगले जितेको छ।

राजविराज स्थित राज रंगशालामा सम्पन्न फाइनलमा द किंगले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्यो।

राजविराज द किंगले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा  तिलाठी कोइलाडीले १७.४ ओभरमा १०९ रनमा सम्पूर्ण विकेट गुमायो।

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। राजविराज द किंगका बलर नन्दन यादव र अनिल यादवले ३/३ विकेट, फिर्दोश अन्सारीले २ तथा रुपेश कुमार सिंहले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले १९.१ ओभरमा १३८ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

द किंगको ब्याटिंगमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ४४ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। रुपेश सिंहले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तिलाठी कोइलाडीको बलिंगमा अविशेक कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १६ रन खर्चिए। जितेन्द्र यादव र योगेन्द्र सिंह कार्कीले २/२ विकेट लिए।

उपाधि सहित राजविराज द किंगले तिन लाख रुपैयाँ तथा उपविजेता तिलाठी कोइलाडीले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी तिलाठी कोइलाडी जायन्ट्सका सुनिल धमला घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। उत्कृस्ट ब्याट्सम्यान राजविराज द किंगका सन्तोष कार्की घोसित भए भने उत्कृस्ट बलर राजविराज द किंग्सका रुपेश कुमार सिंह घोषित भए। उत्कृस्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान खेलाडी तिलाठी कोइलाडीका अभिषेक कार्की घोषित भए जसले १५ हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्राप्त गरे।

विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रशाद यादव तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गर्नु भयो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy