एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। फाइनल खेल शनिवार हुनेछ।

आज सम्पन्न पहिलो सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्यो।घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्यो। स्कोरकार्ड 

धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान बमले सर्वाधिक २५ रन बनाए। प्रनित थापाले २१ तथा सुनिल धमलाले १८ रन बनाए।

घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले २/२ विकेट तथा हरिश बस्नेत र भुपेश जोशी १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १६.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो।

घोडाघोडीको ब्याटिंगमा नवयुग बस्नेतले सर्वाधिक २५ रन, बिपिन बिक्रम शाहीले १७, दिनेश रावतले १७ तथा संजय बोहराले १२ रन योगदान दिए।

धनगढी स्पोर्ट्स क्लबको बलिंगमा अमर सिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित रौटेलाले ४ ओभरमा २१ रन खर्चिए। दिपक चन्द ठकुरीले ३ तथा भोज राज भट्ट, भुवन कार्की र विकास आग्रीले १/१ विकेट लिए।

दोश्रो सेमीफाइनलमा सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्यो। स्कोरकार्ड 

युथ अफ टिकापुरले दिएको १११ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्यो।

सत्यवतीको ब्याटिंगमा ओपनर इमरान शेखले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सन्दिप रजालीले २३, सन्दिप क्षेत्रीले २१ तथा सन्तोष कार्कीले १२ रन बनाए। युथ अफ टिकापुरका बलर सोलुप चौधरीले २ तथा गौतम केसी र प्रेम शाहले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको युथ अफ टिकापुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो।

टिकापुरको ब्याटिंगमा प्रकाश जैसीले सर्वाधिक ३२ रन, सुमित महर्जनले २० तथा प्रदिप ऐरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सत्यवती एकेडेमीको बलिंगमा सन्तोष कार्कीले सर्वाधिक ३ विकेट लिए। फिर्दोश अन्सारी र अभिषेक कोइरालाले २/२ विकेट तथा त्रित दास र रंजित कुमारले १/१ विकेट लिए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]