डिपिएल-३: सन्नीको इनिंगले जोगियो अत्तरिया, धनगढीको अनुशासित बलिंग

धनगढी प्रिमियर लिग (डिपिएल) ३ अन्तर्गत दोश्रो दिनको पहिलो खेल अन्तर्गत सिवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको अत्तरियाको लागि जयकिशन कोल्सवालाले २१ रन (२६ बल, १ चौका, १ छक्का) बनाए। पहिलो विकेटको रुपमा आउट हुनुअघि उनले सुबेन्दु पाण्डेसँग २७ रनको साझेदारी गरे। सुबेन्दुले मात्र ३ रन (१५ बल) बनाएर आउट भए।

त्यस्तै कप्तान दिपेन्द्र ऐरी र प्रेम तामांगले साझेदारी बनाउने प्रयास गरेपनि क्रमश: ११ रन (१६ बल) र १२ रन (२५ बल, १ चौका) मा आउट भए। सन्दिप जोरा पनि मात्र २ रन (५ बल) मा पेभेलियन फर्किए। त्यो संगै अत्तरिया ६५/५ को स्थितिमा पुगेको थियो।

छैठौं विकेटको लागि भुवन कार्की र सन्नी पटेलले ३.४ ओभरमा ३० रनको साझेदारी गरे। पटेल अविजित ३५ रन (२८ बल, २ चौका, २ छक्का) तथा भुवन कार्की अविजित ३ रन (५ बल) मा रहे।

बलिंगतर्फ रोहन मुस्तफाले १४ रन खर्चेर २ विकेट (४-०-१-२) लिए। त्यस्तै बिपिन खत्रीले १० रन तथा अमिर हयातले १९ रन दिएर समान १/१ विकेट लिए। सोमपाल महँगो साबित हुँदै २९ रन खर्चेर १ विकेट लिए।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]