एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको डेब्यु, सुरुवात हारको साथ

Nepal Cricket Team First ODI
  • विकेटनेपाल,१६ साउन 

नेदरल्याण्डसंग ऐतिहासिक खेल खेल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने नेपाल २७ औं राष्ट्र बन्न पुग्यो।

नेदरल्याण्डको भीआरए मैदानमा नयाँ युगको सुरुवात गरेको नेपालले जित भने हाँसिल गर्न सकेन। टस जितेर ब्याटिंग रोजेको डच टिमले दिइएको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १३४ रन मात्रै बनाउन सकेपछि ५५ रनको हार बेहोर्यो।

नेपाली बलरहरुले राम्रो सरुवात गरेको खेलमा नेदरल्याण्डले सुरुवाती ४ विकेट ७२ रनको योगफलमा गुमाएको थियो। ओपनर ब्राकलाई १ रनको व्यक्तिगत स्कोरमा तेश्रो ओभरको तेश्रो बलमा बोल्ड गर्दै सोमपाल कामि एकदिवसीय अन्तर्राष्ट्रियमा विकेट लिने पहिलो नेपाली बलर बन्न पुगेका थिए। त्यसपछि बेन कुपर ( २० ) , वेसले बारेसी ( १२ ) र स्टेफेन माइबर्ग ( २९ ) ले पनि विकेट गुमाउदा दबाबमा रहेको नेदरल्याण्ड इनिंगलाई पाँचौ विकेटको लिडे र रिप्पनको साझेदारीले उकास्यो।

पाँचौ विकेटको साझेदारीमा ६८ रन जोड्ने क्रममा लिडेलाई सोमपालले ३१ रनको व्यक्तिगत स्कोरमा आउट गर्दै साझेदारी तोडेका थिए। रिप्पन ५१ रन बनाएर पारस खड्काको शिकार भएपछि लगातार विकेट गुम्न पुग्यो र ४७.४ ओभरमा १८९ रन जोड्दा घरेलु टिमको सबै विकेट गुम्न पुग्यो।

कप्तान पारस खड्काले नेदरल्याण्डको मध्येक्रम तहसनहस गर्ने क्रममा सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभर बलिङ्ग गर्दै मात्र २६ रन खर्चिए। खड्का कप्तानको रुपमा डेब्युमा ४ विकेट लिने इतिहाँसकै दोश्रो खेलाडी बनेका छन्। यस अघि सन् १९८३ मा जिम्बाबेका डंकन फ्लेचरले डेब्युमा ४ विकेट लिएका थिए।

सोमपाल कामिले ३ विकेट ( ८.४-१-३४-३ ) तथा करन केसी, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान १ विकेट लिए भने नेपालको लागि अन्तिम विदेश भ्रमण गरिरहेका शक्ति गौचन विकेट बिहिन रहंदा ४ ओभरमा १५ रन खर्चिए।

जवाफमा १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले शानदार सुरुवात गर्यो। पहिलो विकेटको लागि अनिल साह र ज्ञानेन्द्र मल्लले ५८ रनको साझेदारी गरे। साह २१ रन बनाएर आउट भए भने एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बन्नेक्रममा मल्लले ६१ बलमा ८ चौका मदतले ५१ रन बनाए।

नेपालको राम्रो सुरुवातले निरन्तरता भने पाउन सकेन र अनिलको विकेट पछि आएका पारस १२ रन बनाएर आउट भएपछि लगत्तै ज्ञानेन्द्र मल्लले पनि विकेट गुमाउन पुगे। त्यसपछि नेपालको ब्याटिंग धरासायी बन्न पुग्यो। ज्ञानेन्द्रको विकेट गुमाउदा ८७/३ ( १९.१ ओभर ) रहेको नेपालले थप ४७ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो। चौथो नम्बरमा दिपेन्द्र ऐरिले ३३ रन बनाए पनि त्यसपछि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। फलस्वरूप नेपाली टिम ४१.५ ओभरमा १३४ रनमै समेटिन पुग्यो।

ब्याटिंगमा अर्धशतक बनाएका चाइनाम्यान बलर माईकल रिप्पनले बलिङ्गमा पनि ३ विकेट हात पारे र खेलको प्लेयर अफ द म्याच चुनिए। यस्तै अर्का देब्रे हाते बलर पिटर सिलर र तिब्र गति बलर क्लासेनले पनि ३ विकेट लिए।

फिल्डिंग गर्ने क्रममा घाईते भएका शरद भेसावकर दायाँ हातमा समस्याका बाबजुत ११ औं नम्बरमा ब्याटिंग गर्न आउनु पनि नेपालको हारको कारण मानियो। मध्यक्रममा ब्याटिंग गर्ने भेसावकर अन्तिम नम्बरमा ब्याटिंग गर्दै अन्तिम शिकार भए।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका २७ देश मध्ये आफ्नो पहिलो खेलमा अस्ट्रेलिया, न्युजिल्याण्ड, जिम्बाबे, बर्मुडा, अफगानिस्तान र पपुवा न्यु गिनीले मात्र जित हात पार्न सकेका छन्।

नेपालले सिरिज अन्तर्गत दोश्रो र अन्तिम खेल ३ अगस्ट शुक्रबार खेल्नेछ।

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]