आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क

२०७७ आश्विन १८, आईतवार १०:०७

युएईमा जारि आईपीएल २०२० तेश्रो सातामा प्रवेश गर्दै गर्दा लिगमा एक सट्टेबाजले एक खेलाडीलाई सम्पर्क गरेका छन्।

भारतीय मिडियाहरुका अनुसार लिगमा सहभागी एक टिमका खेलाडीले आफुलाई सट्टेबाजले सम्पर्क गरेको सूचना दिएका छन्। उक्त खेलाडीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( BCCI ) लाई उक्त कुराको सूचना दिएको बताईएको छ।

कोभिड-१९ महामारीका कारण लिग जैव सुरक्षित माहोलमा ( Bio Bubble ) आयोजना भैरहेको छ। यस्तोमा खेलाडीहरुले अन्य व्यक्तिहरुसंग भेट्ने मौका असम्भव जस्तो छ। तर अनलाइन सम्पर्कका कारण फिक्सिंगको खतरा भने हुने गर्छ।

बिसीसीआईका भ्रस्टाचार बिरोधि युनिटका ( ACU )  प्रमुख अजित सिंहले खेलाडीलाई सट्टेबाजले सम्पर्क गरेको स्वीकार गरेका छन् -“हो एक खेलाडीले सम्पर्क गरेको सूचना दिएका हुन्।”

“हामि उनलाई ट्रयाकिंग गरिरहेका छौ जसमा केहि समय लाग्नेछ।” सिंहका अनुसार भ्रस्टाचार निरोधि प्रोटोकल अनुसार गोपनियताका कारण उक्त खेलाडीको नाम र फ़्रेन्चाइज्को नाम सार्वजनिक गरिएको छैन।

बिसीसीआईका भ्रस्टाचार बिरोधि युनिटका ( ACU )  प्रमुख अजित सिंह अजित सिंह

यो वर्ष आईपीएलमा खेलाडीहरु तथा सहयोगी स्टाफहरु जैव सुरक्षित माहोलमा रहेको हुँदा भ्रस्टाचार निरोधि युनिटले अनलाइन भ्रस्टाचार माध्यममा विशेष ध्यान दिईरहेका छन्। धेरै जसो खेलाडीहरु खासगरि युवाहरु इन्स्टाग्राम र ट्वीटर जस्ता सोचल मिडियामा सक्रिय छन् जहाँ अपरिचितहरु प्रशंशकको रुपमा खेलाडीहरुसंग दोस्ती गर्ने कोशिसमा रहने गर्छन।

बिसीसीआईका एक वरिस्ठ अठिकारीले बताएका छन् कि आईपीएलमा सहभागी सबै खेलाडीहरु चाहे विदेशी या भारतीय सबै भ्रस्टाचार बिरुद्धको सचेतनामूलक कार्यक्रमहरुमा सहभागी भएका छन्।

उनले बताए – “सबै भन्दा राम्रो कुरा यो हो कि जुन खेलाडीले सम्पर्क गरे उनलाई तुरुन्त महसुस भयको कि केहि गडबड छ। उसलाई शंका हुने बित्तिकै तुरुन्त एसियुलाई उक्त घटना बारे बताएका थिए। सबै खेलाडीलाई, यु-१९ स्तर देखिनै भ्रस्टाचार निरोधि प्रोटोकलको बारे थाहा छ।”

कोरोनालाई मध्यनजर राख्दै एसीयुले सबै ८ टिमलाई अनलाइनबाटै अनिवार्य काउन्सिलिंग सेसनहरु आयोजना गरेको छ।

आईपीएलमा हुने भ्रस्टाचारको अनुसन्धानको लागि भारतीय क्रिकेट बोर्डले बेलायकको कम्पनि ‘स्पोर्ट्सराडार’ सग सहकार्य गरिरहेको छ। उक्त टिमको नेतृत्व सिंहले गरिरहेका छन्।

कुनै पनि खेलाडीले यदी सट्टेबाजले गरेको सम्पर्क प्रयासलाई जानकारी नगराएको थाहा भएको खण्डमा उक्त खेलाडीलाई प्रतिबन्ध लाग्ने गर्छ।बंगलादेशका स्टार खेलाडी शकिब अल हसन सोहि सजायमा आईसीसीले २ वर्ष क्रिकेट खेल्न प्रतिबन्ध गरेको थियो जसलाई पछि घटाएर १ वर्ष बनाइएको थियो। उनको प्रतिबन्ध सकीसकेको छ। सट्टेबाजहरुले खेलाडीलाई बिभिन्न प्रलोभन देखाएर तथा फसाएर खेलको नतिजा परिवर्तन गर्ने तथा रन, विकेट, छक्का, नो बल जस्ता बिभिन्न कुराहरु आफूले भनेको जस्तो गर्न लगाउने गर्छन्। पाकिस्तानका क्रिकेटरहरु मोहम्मद आमिर, सलमान बट तथा मोहम्मद आसिफ जस्ता क्रिकेटरहरु २०१० मा स्पट फिक्सिंगमा दोषी पाइएपछि प्रतिबन्ध लगाइएको थियो। आमिर र बटले खेलमा जानाजान नो बल गरेका थिए। आमिर ५ वर्षे प्रतिबन्ध पछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किए पनि बट र आसिफ १० र ७ वर्षे प्रतिबन्ध पछि खेलमा फर्केनन्।

संबन्धित 

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

क्रिकेटको हरेक म्याच फिक्स हुनेगर्छ : सट्टेबाज संजिव चावला

फिक्सिंग आरोपमा हंगकंग क्रिकेटर इरफान र नदीमलाई आजीवन प्रतिबन्ध

दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष

लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy