जेठ १३ देखि हुने प्रदेश स्तरीय प्रधानमन्त्री कपको खेलतालिका सार्वजनिक

(फिचर फोटो: २०७४ को सामुहिक बिजेता आर्मी र पुलिस क्लब)

  • विकेटनेपाल, जेठ ६ – आइतबार

यहि जेठ १३ गतेदेखि २९ गतेसम्म आयोजना हुन लागेको अन्तर प्रदेश स्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । रास्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुन लागेको प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुनेछ ।

प्रत्येक प्रदेशबाट एक/एकवटा प्रदेश टिम र तिनवटा विभागीय टिमहरुको सहभागीता रहेको प्रतियोगिता अन्तर्गत सहभागी टिमहरुलाई २ समूहमा विभाजन गरिएको छ जहाँ प्रत्येक समूहबाट समूह चरणमा उत्कृस्ट हुने २ टिमहरु अर्को चरणमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा प्रदेश १, प्रदेश २, प्रदेश ४, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) रहेका छन् भने समुह ‘बि’ मा प्रदेश ३, प्रदेश ५, प्रदेश ६, प्रदेश ७ र नेपाल पुलिस क्लब रहेका छन् ।

जेठ १३ गते सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश ४ बिचको किर्तिपुर मैदानमा हुने खेलबाट प्रतियोगिताको सुरुवात हुने छ भने सोहि दिन मुलपानी मैदानमा प्रदेश ६ र प्रदेश ७ भिड्ने छन् । प्रत्येक खेलहरु बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएका छन् ।

यस्तै आयोजकका अनुसार किर्तिपुर मैदानमा खेलिने सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण एपीवान टेलिभिजनले गर्नेछ ।

यस्तो छ खेलतालिका

मिति किर्तिपुर मैदानमा हुने खेल मुलपानी मैदानमा हुने खेल
२०७५/०२/१३ गते   एपिएफ बिरुद्द प्रदेश ४   प्रदेश ६ बिरुद्द प्रदेश ७
 १४ गते  नेपाल पुलिस क्लब बिरुद्द प्रदेश ७  प्रदेश २ बिरुद्द प्रदेश ४
 १५ गते   प्रदेश ३ बिरुद्द प्रदेश ६ प्रदेश १ बिरुद्द प्रदेश २
 १६ गते  प्रदेश ४ बिरुद्द प्रदेश १ प्रदेश ७ बिरुद्द प्रदेश ५
 १७ गते त्रिभुवन आर्मी क्लब बिरुद्द प्रदेश २ आराम
 १८ गते त्रिभुवन आर्मी क्लब बिरुद्द प्रदेश १ प्रदेश ६ बिरुद्द नेपाल पुलिस क्लब
 १९ गते  प्रदेश ३ बिरुद्द प्रदेश ७ प्रदेश १ बिरुद्द एपीएफ
 २० गते  प्रदेश ५ बिरुद्द प्रदेश ६ प्रदेश ४ बिरुद्द त्रिभुवन आर्मी क्लब
 २१ गते  प्रदेश २ बिरुद्द एपीएफ प्रदेश ५ बिरुद्द प्रदेश ३
 २२ गते  एपीएफ बिरुद्द त्रिभुवन आर्मी क्लब प्रदेश ३ बिरुद्द नेपाल पुलिस क्लब
 २३ गते नेपाल पुलिस क्लब बिरुद्द प्रदेश ५   सकियो
 २४ गते   आराम
 २५ गते  पहिलो सेमिफाइनल
 २६ गते  दोश्रो सेमिफाइनल
 २७ गते   फाइनल

किर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्ने छ । यस्तै म्यान अफ द सिरिजले १ लाख र उत्कृस्ट ब्याट्सम्यान तथा बलरले   जनही ५० हजार प्राप्त गर्नेछन् ।

२०७४ सालमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा फाइनल खेल बर्षाले प्रभावित भएपछी त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्त रुपमा ट्रफी उचालेका थिए ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]