फर्केर हेर्दा २०१५ को डिभिजन-२

  • विकेटनेपाल – २२ माघ, सोमबार

आईसीसी विश्व क्रिकेट लिग डिभीजन-२ फेब्रुअरी ८ देखि नामिबियामा सुरु हुँदैछ।

सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं स्थानमा रहँदै नेपाल डिभिजन-२ मा घटुवा भएको हो। नेपाल सहित च्याम्पियनसिप तालिकामा पाँचौ स्थानमा रहेको केन्या, छैठौं स्थानमा रहेको युएई तथा  आठौं स्थानमा रहेको नामिबिया तथा डिभिजन-३ बाट उत्कृस्ट २ हुँदै उक्लिएका क्यानडा र ओमान डिभिजन-२ खेल्दै छन्।

डिभिजन-२ मा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिमले २०१९ एकदिवसीय बिश्वकप छनौट खेल्न पाउनेछ। नेपालले डिभिजन-२ खेलेको यो पहिलो पटक भने हैन। सन् २०१५ को जनवरीमा नामिबियामानै सम्पन्न डिभिजन-२ मा नेपालले सहभागिता जनाएको थियो। नेपाल पुनः डिभिजन-२ मा रेलिगेट हुँदा ३ बर्ष अघि यही प्रतियोगितामा नेपालले कस्तो प्रदर्शन गरेको थियो जान्न रोचक हुनेछ- 

नेपाली टिम 

१. पारस खड्का (कप्तान) २. ज्ञानेन्द्र मल्ल (उपकप्तान) ३. वसन्त रेग्मी  ४. शक्ति प्रसाद गौचन ५. सागर पुन ६. सोमपाल कामी ७. सुवास खकुरेल ८. विनोद भण्डारी ९. नरेश बुढाऐर १०. शरद भेषावकर ११. अमृत भट्टराई १२. आरिफ शेख १३. करन के.सी. १४. भुवन कार्की

पहिलो गाँसमै ढुंगा 

युगान्डा बिरुद्धको खेलबाट नेपालले सन् २०१५ को डिभीजन-२ को सुरुवात गरेको थियो। यद्यपी नेपालको लागि सुरुवात सुखद भने हुन सकेन। रोमान्चक खेलमा युगान्डासंग नेपाल २ रनले पराजित हुन पुग्यो। टस जित्दै पहिले ब्याटिंग गरेको युगान्डाले ४९.५ ओभरमा सबै विकेट गुमाउनु अघि १४६ रन मात्र जोडेको थियो। तथापि नेपालको लागि यहि लक्ष्य पर्याप्त हुनपुग्यो। पुरै ५० ओभर ब्याटिंग गर्दै नेपालले सबै विकेट गुमाएर १४४ रनमात्र जोड्न सक्यो। ज्ञानेन्द्र मल्लले ३४ रननै नेपाली ब्याट्सम्यानको सर्वाधिक स्कोर थियो। सुबास खकुरेल, नरेश बुढायर र करन केसीले यसै खेलमा लिस्ट ‘ए’ डेब्यु गरेका थिए।

संघर्षपूर्ण जित

बलियो प्रतिस्पर्धी नेदरल्याण्ड बिरुद्ध नेपालले दोस्रो खेल खेल्दै थियो। शिर्ष २ मा पर्दै डिभिजन-२ बाट माथि उक्लन नेपाललाई पहिलो हार पछि जित्ने दबाब बढेको थियो।

युगान्डा बिरुद्धको हारबाट पाठ सिक्दै दोस्रो खेलमा भने नेपालले २ विकेटको संघर्षपूर्ण जित हात पार्यो। टस जितेर पहिले ब्याटिंग गरेको डच टोलिले १ बल बाकीं छदाँ सबै विकेट गुमाएर १५८ रन जोडेको थियो। बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी र पारस खड्काले समान २-२ विकेट चट्काए। जवाफी ब्याटिंगमा उत्रिएको नेपालले खेल सकिन ३ बल अघि ८ विकेट गुमाउँदा लक्ष्य भेट्टाएको थियो। ११३/७ को अवस्थामा पुगेको नेपाली इनिंगलाई आठौँ विकेटको लागि सोमपाल कामि र शरद भेसावकरले ३३ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ लगेका थिए। शरद भेसावकरले अविजित २४ रन तथा सोमपालले पनि समान २४ रननै बनाएका थिए। बिनोद भण्डारीले नेपालको लागि सर्बाधिक ३५ रन योगदान दिएका थिए।

करनले इतिहास बनाउदा सहज जित

प्रतियोगिताको तेस्रो खेलमा नेपालले क्यानडालाई ७ विकेटले पाखा लगायो। करन केसीले ५ विकेट लिंदा पहिले ब्याटिंग गरेको क्यानडाले ११४ रन मात्र जोडेको थियो। यहि खेलवाट करन केसी “लिस्ट ए” क्रिकेटमा ५ विकेट लिने पहिलो नेपाली बलर बनेका थिए। जवाफमा ११५ रनको लक्ष्य नेपालले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको थियो। म्यान अफ द म्याच घोषित कप्तान पारस खड्काले सर्वाधिक ७७ रन बनाउनुको साथै किफायती बलिंग गर्दै १ विकेट समेत लिएका थिए।

पारसको इनिंगले कठिन जित 

प्रतियोगिताको चौथो खेलमा नेपालले आयोजक नामिबियाको सामना गर्यो। अंकतालिकाको शिर्ष २ भित्र पर्न नेपाललाई जित्न पर्ने दबाब थियो।

नेपालले टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएपछि नामिबिया ब्याटिंगमा उत्रियो। नेपालले नामिबियालाई ४९.१ ओभरमा १४२ रनमा समेट्न सफल भयो। करन केसीले सर्वाधिक ३ विकेट तथा सोमपाल, बसन्त र शक्तिले २/२ विकेट हात पारे। जवाफमा ब्याटिंगमा उत्रिएको नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाउँदा लक्ष्य भेट्न सफल भएको थियो। कप्तान पारस खड्काले सर्वाधिक ६४ रन जोड्दा खेलको नतिजा ३ विकेटले नेपालको पक्षमा रहेको थियो। यहि खेलबाट आरिफ शेखले “लिस्ट ए” क्रिकेटमा डेब्यु गरेका थिए।

दुर्भाग्यपूर्ण नतिजा 

लिग चरणको अन्तिम खेलमा नेपालको प्रतिस्पर्धी थियो केन्या। नेपाल सामु चौथो जित हाँसिल गर्दै अंकतालिकाको शीर्ष स्थानमा रहने वा उत्कृस्ट २ हुने अवसर थियो। प्रतियोगितामा केन्याले ४ खेलमा मात्र १ जित हात पार्न सकेको थियो त्यसैले पनि नेपालको जित्ने सम्भावना ज्यादा मानिएको थियो।

टस जित्दै केन्याले पहिले बलिंग गर्ने निर्णय लिएपछी नेपाल ब्याटिंग उत्रियो। नेपालले ४९.५ ओभरमा अल आउट हुनअघि १९४ रन जोड्न सक्यो। उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित ९१ रन बनाए। जवाफमा केन्याले आक्रामक ब्याटिंग गर्दै ३५ ओभरमा मात्र ५ विकेट गुमाउदै नतिजा आफ्नो पक्षमा सफल भयो।

अंकतालिका 

लिग चरणको खेल सकीएपछि ५ खेलमा ४ जित र १ हार पछि नामिबिया अंकतालिकामा शिर्षस्थानमा रह्यो भने समान ३ जित र २ हार बेहोरेपनि नेपाल नेदरल्याण्डसंग नेट रनरेटमा थोरै अन्तरले पछि पर्दै तेश्रो स्थानमा रहन बाध्य हुनुपर्यो। तेस्रो स्थानका लागि केन्या बिरुद्धनै सम्पन्न खेलमा पराजित हुँदा नेपाल प्रतियोगिता चौथो समाप्त गर्न बाध्य रह्यो। केन्याले दिएको २०९ रनको लक्ष्यको पिछा गरेको नेपालले १९३ रन मात्र जोड्दा खेलको नतिजा १५ रनले केन्याको पक्षमा गएको थियो।

आईसीसीको नयाँ निर्णयले नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा 

डिभिजन-२ सुरु हुनु अघि उत्कृस्ट २ टिम बिश्व क्रिकेट लिग च्याम्पियनसिप र इन्टर कन्टिनेन्टल कपमा छनौट हुने आईसीसीको प्राबधान थियो। तर प्रतियोगिताको अन्त्यमा आईसीसीले तेश्रो र चौथो स्थानमा रहेको केन्या र नेपाललाई पनि बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर प्रदान गरेको थियो। आईसीसीले त्येसबेला डिभिजन १ को शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि छनोट गरेपछि नेपाल र केन्यालाई मौका दिईएको थियो।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]