यसरी हराएको थियो नेपालले भारतलाई यु-१९ एसिया कपमा

  • विकेटनेपाल, असोज १२ 

यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत शनिबार नेपाल पहिलो खेलमा भारतसंग खेल्दैछ। नेपाली समय अनुसार ८:४५ बजे बिहान खेल सुरु हुनेछ।

भारत यु-१९ संग पुनः एक पटक खेल्दै गर्दा नेपालले प्रतियोगिताकै अघिल्लो संस्करणमा भारतलाई पराजित गरेको याद पक्कै नेपाली समर्थकहरुले गरिरहेका छन्। त्यो जित नेपाली क्रिकेट इतिहासकै ठुलो जित मध्येको एक मानिने गर्छ।

हजुर, मलेसियामा सम्पन्न यु-१९ एसिया कपको समुह चरणको खेलमा भारतलाई पराजित मात्रै गरेको थिएन पहिलो पटक यु-१९ एसिया कपको सेमीफाइनलमा समेत प्रवेश गरेको थियो। सेमीफाइनलमा नेपाल अफगानिस्तानसंग पराजित भएको थियो।

कुनै पनि स्तरको क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको त्योनै पहिलो पटक थियो। त्यस जित पछि नेपाली युवा टिमको चर्चा बिश्वभर भएको थियो भने नेपाली मिडिया र भारतीय मिडियाहरुले लगातार नेपालको जित र भारतको हारको कथा बताएका थिए।

 

नेपालको जित पछि तत्कालिन प्रधानमन्त्रि शेर बहादुर देउबा देखि केपीवली अनि भारतीय चर्चित कमेन्टेटर हर्षा भोगलेले समेत नेपाली युवा टिमको तारिफ गरेका थिए। जितले खुसि समर्थकहरुले देशको बिभिन्न भागहरुमा दिप प्रज्वल गर्दै खुसीयाली समेत मनाएको थियो।

आउनुस फेरी सम्झौ नेपालको उक्त ऐतिहासिक जित कसरि सम्भब भएको थियो

यु-१९ एसिया कपको दोश्रो खेलमा नेपालको भेट भारतसंग हुँदै थियो। समुह ‘ए’ अन्तर्गतको पहिलो खेलमा बंगलादेशसंग मात्र २ विकेटले पराजित हुन पुगेको नेपाललाई सेमीफाइनल पुग्न भारतसंग गर या मरको स्थिति थियो। भारतलाई पराजित गरे समुहको अर्को टिम मलेसियालाई पराजित गरे नेपाल सेमीफाइनल पुग्न सक्थ्यो।

दीपेन्द्रको उत्कृस्ट ब्याटिंग 

क्वालालम्पुरको बायुमास ओभल मैदानमा नेपालले टस हार्यो जसपछि पहिलो ब्याटिंग गर्नु पर्यो।

नेपालले खराब सुरुवात गर्यो। आसिफ शेख ३, अनिल साह ६ रन बनाएर आउट भएपछि नेपालले पहिलो २ विकेट २८ रनको स्कोरमा गुमाउन पुग्यो। त्यसपछि ब्याटिंग गर्न आएका कप्तान दिपेन्द्र ऐरीले ओपनर जितेन्द्र सिंह ठकुरीसंग तेश्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै नेपालको इनिंग अघि बढाए। जितेन्द्र ३६ रन बनाएर २८ औं ओभरमा आउट भए जसले ९५ बलमा ३ चौका प्रहार गरेका थिए।

Dipendra Airee after completing his half century
Dipendra Airee after scoring half century

त्यसपछि दिपेन्द्र ऐरीले एउटा किनार सम्हालीरहे। रोहित पौडेल ६ , भिम शार्की १५ तथा पवन सर्राफ १ रन बनाएर आउट भए।

शतक बनाउन १२ रनले चुके पनि दिपेन्द्रले ८८ रनको उत्कृस्ट इनिंग खेलेपछि नेपालले पुरै ५० ओभर ब्याटिंग गर्न सक्यो र ८ विकेट गुमाएर १८५ रनको योगफल तयार गर्यो। १०१ बलमा ऐरिले ६ चौका र २ छक्का प्रहार गरे। भारतको लागि बलर अभिषेक शर्मा र आदित्य ठाकरेले २/२ विकेट दिलाएका थिए।

बलिङ्गमा पनि दिपेन्द्र चम्किए 

१८६ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर ब्याट्सम्यान हिमांशु रानाले ४६ तथा अर्का ओपनर मन्जोत कालराले ३५ रन बनाउदै राम्रो सुरुवात दिलाए। पहिलो विकेटको लागि ६५ रन जोडेपछि हिमांशुलाई पहिलो विकेटको रुपमा कमल सिंह ऐरीले पेभेलियन फर्काएपछि भारतको विकेट पतन सुरु भएको थियो।

६५-१ को अवस्थाबाट निरन्तर अन्तरालमा विकेट गुमाउन सुरु गरेको भारत १२६/५ को अवस्थामा पुग्यो। माथिल्लो अर्डर पेभेलियन फर्किंदा मध्ये क्रममा अभिशेख शर्माले २७ र अनुज रावतले १८ रन बनाएपछि तल्लो क्रमका ब्याट्सम्यानहरुले तासको पत्ता झैँ विकेट गुमाउन पुगेका थिए। १२६/५ बाट ४० रन जोड्दा भारतले बाँकी ५ विकेट गुमाउन पुग्यो र खेल १९ रनले नेपाललाई सुम्पियो।

नेपालको लागि सर्वाधिक विकेट लिने क्रममा दिपेन्द्र ऐरिले ४ विकेट हात पारे जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३९ रन खर्चिए। यस्तै पवन सर्राफ ( १०-१-२४-२ ) र शाहब आलम ( ४.१-०-११-२ ) ले समान २/२ विकेट हात पारे। सन्दिप लामिछाने ( १०-१-३०-१ ) १ तथा कमल सिंह ऐरिले ( ८-१-२८-१ ) १/१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच दिपेन्द्र ऐरि चुनिए। स्कोरकार्ड 

खेलमा नेपालको अन्तिम ११ – जितेन्द्र ठकुरी, आसिफ शेख, अनिल साह, दिपेन्द्र ऐरि, रोहित पौडेल, भिम शार्की , पवन सर्राफ, कमल सिंह ऐरि, किशोर महतो, सन्दिप लामिछाने, शाहब आलम

फोटोहरुमा हेर्नुस नेपालको ऐतिहासिक जित 

Dipendra Airee
Dipendra Airee

 

Kamal Singh Airee
Kamal Singh Airee

 

Bhim Sharki
Bhim Sharki

sandeep lamichhane
sandeep lamichhane
Nepal U19 Cricket Team after beating India U19 cricket team
Nepal U19 Cricket Team after beating India U19 cricket team
Dipendra Airee Man of the match
Dipendra Airee Man of the match
Nepal U19 Cricket Team after beating India U19 cricket team
Nepal U19 Cricket Team after beating India U19 cricket team




थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]